श्रावण २९, २०८३ , Khotang
आदरणीय पार्टी सभापतिज्यू,
जय नेपाल !
आज यो पत्र लेख्न बस्दा मनमा अनेक कुरा खेलिरहेका छन् । पुराना दिन र राजनीतिक यात्राका आरोह–अवरोह सम्झिरहेको छु । एउटै उद्देश्य बोकेर सँगसँगै हिँडेका साथीहरू, पार्टीका लागि जीवन बिताएका अग्रजहरू र नेपाली कांग्रेसको वर्तमान अवस्थालाई अन्तःस्करणबाट महसुस गरिरहेको छु । यही खुल्दुली, पीडा र सामन्य कार्यकर्ताको जिम्मेवारीबोधबाट अनन्य मित्र तथा नेपाली कांग्रेसका आदरणीय सभापति गगन थापाज्यूलाई केही कुरा लेख्ने जमर्को गर्दैछु ।
पारिवारिक परिवेशले गर्दा मेरो राजनीतिक चेतना बाल्यकालदेखि नै विकास भएको रहेछ । तत्कालीन पञ्चायती व्यवस्थामा अन्याय, असमानता र निरंकुशता विरुद्ध मनभित्र विचारहरू उकुसमुकुस भएको रहेछ । पढाइको सिलसिलामा २०४६ सालताका १६–१७ वर्षको उमेरमा म भारतको गोरखपुर पुगेपछि त्यो चेतनाले संगठित÷राजनीतिक रूप लियो । प्रवासी विद्यार्थीका रूपमा पढाइसँगै नेविसंघको गतिविधिमा जोडिँदै गर्दा मैले विचार, संगठन, त्याग र निरन्तर संघर्षको बाटो रोजेंको रहेछु ।
भारतको गोरखपुरमा नेपाली मूलका आचार्य पूर्णचन्द्र उपाध्याय, पार्वती उपाध्याय र नारायण योगीले गर्नुभएको सहयोग, मार्गदर्शन र आत्मीयता आज पनि मेरो राजनीतिक जीवनको अमूल्य सम्पत्ति हो । अपरिचित परिवेशमा राजनीति सिक्दै गरेको एउटा युवालाई उहाँहरूले दिनुभएको हौसला र विश्वास नपाएको भए सायद मेरो सामाजिक यात्राले आजको स्वरूप पाउने थिएन । राजनीतिक जीवनका हरेक उपलब्धिका पछाडि इतिहासमा ठूलो अक्षरले नलेखिएका यस्ता थुप्रै व्यक्तित्वहरूको योगदान हुन्छ । राजनीतिको कखरा सिकाउँदै मलाई डो¥याउने उहाँहरूप्रति म सधैँ नतमस्तक रहनेछु ।
विद्यार्थी राजनीतिबाट सुरु भएको मेरो यात्रा आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुखको जिम्मेवारीसम्म आइपुगेको छ । यो पद र अवसर मेरो व्यक्तिगत संघर्षको परिणाम मात्रै होइन मभन्दा धेरै अगाडि र भर्खरै राजनीतिक चेतनाबाट उक्सिएका साथीहरूबाट पाएको माया हो । वर्षोंदेखि भोटो फटाएका, अभाव र अपमान सहेर गाउँगाउँमा चारतारे झण्डा बोकेर हिँडेका हजारौँ कांग्रेसजनको त्याग र विश्वासको परिणाम हो यो । उहाँहरूले पार्टीबाट के पाएँ ? भन्दा पार्टीका लागि मैले के दिएँ ? भनेर जीवन बिताउनुभयो । हामीले पाएका हरेक अवसरका पछाडि ती अनगिन्ती अनुहार र त्यागका कथा जीवित छन् ।
हाम्रो पुरानो सहयात्रा
सभापतिज्यू,
तपाईं र मेरो राजनीतिक सम्बन्ध वर्षौँ अघिदेखिको हो । विद्यार्थी राजनीतिदेखिका अनेक स्मृति अझै ताजा छन् । त्यस मध्येको तपाईं , नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, राजेन्द्र रानाभाट र म मैतिदेवीस्थित एनपीटीसी प्रेसमा २०५६ साल साउन ११ गतेदेखि आठ रात आठ दिन त्यही प्रेसमा बसेर नेविसंघको मुखपत्र सक्रान्ति प्रकाशन गरेको घटना तपाईंलाई पनि सम्झना नै होला । मुखपत्र प्रकाशन गर्न नेविसंघको आन्तरिक राजनीतिबाट तत्कालीन अध्यक्ष गोविन्द भट्टराई र हाम्रो समिति माथिको असहजता हामीले व्यहोरेकै थियौं । कागजका थाकमाथि पुस्तकलाई सिरानी बनाएर भोकभोकै सुतेका ती पीडादायी रातहरू आज पनि झलझली सम्झन्छु । प्रेसका मालिक स्वर्गीय मित्रसेन दाहालले दिनुभएको सद्भाव र सहयोग पनि स्मरणीय छ । यसका प्रत्यक्ष साँक्षी यहाँका भाइ तथा नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य प्रत्यक्ष हुनुहुन्छ । यसै आलेखमार्फत आदरणीय स्व.मित्रसेन दाजुप्रति श्रद्धासुमन व्यक्त गर्दछु ।
हामीसँग न स्रोत थियो न आराम । तर हामीसँग वर्षोंदेखि प्रकाशन नभएको नेविसंघको मुखपत्र ‘सक्रान्ति’ प्रकाशन गर्ने दृढ अठोट र सपना थियो । त्यही आत्मा विश्वासले सक्रान्ति प्रकाशन गर्न सफल भयौं । आज समय धेरै बदलिएको छ । हामीमध्ये कोही पार्टी नेतृत्वमा त कोही जनप्रतिनिधिको भूमिकामा छौँ । तपाईं लामो विद्यार्थी राजनीतिक यात्राबाट नेपाली कांग्रेसको सर्बोच्च सभापतिजस्तो गरिमामय जिम्मेवारीमा पुग्नुभएको छ । तपाईंलाई राजनीतिमा औँला समाएर उठाउने र कहिलेकाहीँ माथिबाट लात हानेर तल झार्न खोज्ने पुस्ताले समेत आज तपाईंको नेतृत्व स्वीकार्नुपर्ने अवस्था आएको छ । यो स्वीकारोक्ति वाध्यता हो तपाईंको व्यक्तित्वबाट प्रभावित भएर भने पक्कै नहुन सक्छ । संघर्षशील स्वभाव र अरूभन्दा उच्चो कद बनाउनु तपाईंको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि हो ।
विद्यार्थीकालदेखि नै तपाईंले अन्यायविरुद्ध लड्दै राजनीति गर्ने मानिसले उद्यम गर्नुपर्छ भन्ने विचार थियो । निकै सम्पन्न परिवारमा जन्मिएर पनि बागबजारमा ट्युसन सेन्टर खोल्नुभयो । हिट्स एफएममा कार्यक्रम चलाउँदै पनि आफ्नो विचारका लागि निर्भीकतापूर्वक उभिनुभयो । असहमतिका बीच पनि सम्मान र सहयात्रा कायम राख्न सक्नु लोकतान्त्रिक संस्कार हो । लामो संगतका कारण मैले तपाईंमा त्यो संस्कार र क्षमतालाई नजिकबाट नियाल्ने अवसर पाएको छु ।
एउटा भावनात्मक आग्रह
मैले लेखेको यो खुल्लापत्र आफ्नै मनको भावनात्मक विचार हो । कुनै व्यक्तिगत राजनीतिक हिसाब– किताब वा नाफा नोक्सानबाट लेखिरहेको छैन । मैले दैनिक पार्टीका तल्लो तहका कार्यकर्ता, शुभेच्छुक र जीवनभर कांग्रेसका लागि कुनै व्यक्तिगत स्वार्थ नराखी हिँडेका अग्रजहरूको धारणा नजिकबाट बुझिरहेको छु । खोटाङका गाउँगाउँमा पुग्दा कांग्रेस दुईवटा भएको सुन्न सक्दैनौँ भन्ने आवाज सुनिन्छ काँग्रेस कार्यकर्ताको ।
जसले जीवनभर पार्टीबाट राजनीतिक नियुक्ति र पद मागेन । अवसरको हिसाब नगरी कठिन समयमा पनि चारतारे झण्डा र रूख छोडेनन् । त्यो निस्वार्थी जमात पार्टीलाई एकताबद्ध देख्न चाहन्छन् । उहाँहरूको चिन्ता कुनै व्यक्ति जितोस् वा हारोस् सरोकार छैन तर कांग्रेस नहारोस् भन्ने चिन्ता छ ।
खोटाङका गाउँगाउँबाट आएको आवाज झैं देशका दूरदराजका गाउँ, बस्ती र टोलमा बसेका असंख्य कांग्रेसजनको मनमा पनि पक्कै यस्तै चिन्ता र चाहना हुनुपर्छ । सात समुन्द्र टाढा विदेशमा पसिना बगाउने निस्वार्थी कांग्रेसजन र गाउँको चौतारोमा बसेर चारतारे झण्डा र रूखलाई आदर्श सम्झने नयाँ ÷ पुराना कार्यकर्ता सबैको काँग्रेस नफुटोस् भन्ने चाहना छ ।
अहिले कानुनी र वैधानिक ढंगबाट पार्टी फुटेको नमानिएला । अदालतले आफ्नो संवैधानिक र कानुनी दायराभित्र रहेर फैसला गर्ने नै छ । कानुनको आधिकारिक प्रमाणपत्र त पाइएला तर उच्चमनोवल सहित संगठनमा काम गर्ने जाँगर पाइन्न । अदालतको फैसला आउँदा कागजमा जे लेखिएता पनि कार्यकर्ताको मनमा परेको चोट र पार्टीभित्र जन्मिएको वैमनस्यता कुनै फैसलाले मेटाउन सक्दैन ।
पटकपटक इतर समूह चुकी सक्यो । अक्षम्य कमजोरी पनि गरेका छन् । गगन र विश्वप्रकाशलाई महामन्त्री हुँदा साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेर कत्लेआम पनि ग¥यो । तपाईंहरूबाट पनि कमजोरी भयो । यसलाई दुवै पक्षले आत्मासाथ गरौं । तर अहिलेको प्रश्न को सही र गलत भन्ने भन्दा पनि हामीले हाम्रो पार्टीलाई कसरी जोगाउने ? अहम् विषय यो हो ।
आदरणीय सभापतिज्यू,
पहिले गोल अरूको साथमा थियो तर अहिले गोल तपाईंको साथमा छ । अहिले इतरपक्षका नेताहरूलाई आग्रह र अनुरोध गरेर केही अर्थ छैन । त्यसैले म असल मित्र र पार्टीको इमानदार सिपाहीको हैसियतले यो खुल्ला पत्र लेख्ने आँट गर्दैछु । तपाईंको एउटा निर्णयले इतिहास बदल्न सक्छ । एक कदम पछि हटिदिनुभयो भने तपाईं हार्नुहुन्न बरु सबैले जित्ने बाटो खुल्छ । तपाईंले पार्टी बचाउन आफ्ना समर्थकहरूको तत्कालीन भावनालाई केही समयका लागि दुखाउनुपर्ला । तपाईंलाई साथ दिएका साथीहरूलाई पनि यो निर्णय सहज लाग्दैन । तर पार्टी जोगाउन तपाईंले एक कदम पछि हटेर त्याग गर्नुभयो भने जीवनभर कांग्रेसका लागि हिँडेका ती अग्रजहरूले आफूले बोकेको चारतारे झण्डा रूखले नटुक्रिएको अनुभूति गर्नेछन् । तपाईंलाई पराजित भएको होइन बरु आफ्नो पार्टीलाई फुट्न नदिने सभापति अत्यधिक झुकेको र लम्पसार नै परेको बुझ्नेछन् ।
यदि तपाईंको नेतृत्वमा सबै ल्याउन सक्नुभयो भने इतरपक्ष , तपाईंलाई साथ दिने , गाउँगाउँमा वर्षौँदेखि कांग्रेसको झण्डा बोकेर बसेका कार्यकर्ता र अन्ततः नेपाली कांग्रेसले जित्नेछ र तपाईं स्वयंले पनि जित्नुहुनेछ ।
आज तपाईंले आफ्नो पक्षको मात्रै विजयभन्दा माथि उठेर कांग्रेसको विजय रोज्नुभयो भने त्यो राजनीतिक पराजय नभई नेतृत्वको सर्वोच्च विजय हुनेछ । आफूले केही गुमाएर सबैलाई जिताउनु असाधारण नेतृत्व हो ।
महाधिवेशनभन्दा ठूलो कांग्रेसको एकता
इतरपक्षले उठाएका जायज मागलाई उदारतापूर्वक सम्बोधन गरिदिनुहोस् । उनीहरूले भनेका व्यक्तिहरूलाई समेत समेटेर १५औँ महाधिवेशनमा सबैको हो भन्ने अनुभूति हुने वातावरण निर्माण गर्न एक कदम पछि हट्न म आग्रह गर्दछु । आवश्यक परे विधानका केही प्रावधानलाई अस्थायी रूपमा निलम्बन गर्दै सबै पक्षलाई समेट्ने अधिकारसम्पन्न आयोजक समिति बनाउनु होस् । केन्द्रदेखि प्रदेश, जिल्ला र मातहतका सबै निकायलाई समयमा नै महाधिवेशन सम्पन्न गर्ने साझा उद्देश्यमा केन्द्रित गर्नुपर्छ ।
अहिले कांग्रेसलाई कानुनी फैसलाको विजयभन्दा विश्वासको वातावरण आवश्यक छ । शक्ति प्रदर्शनभन्दा सहमति र एक–अर्कालाई हराउने रणनीति होइन समेट्ने लचकता आवश्यक छ ।
कठिन समयमा नेतृत्वले पार्टी जोगाउन धेरै बोल्नुभन्दा कहिलेकाहीँ मौन बसेर अप्रिय निर्णय गर्ने साहस चाहिन्छ । नेपाली कांग्रेसका नेताहरू केवल चुनाव जितेर वा पदमा बसेर महान् बनेका होइनन् असहज अवस्थामा सही निर्णय गरेर इतिहासमा अमर भएका हुन् । बीपी कोइराला, किसुनजी र गिरिजाबाबुले सभापति भएर पार्टीको नेतृत्व गर्दा गणेशमान सिंह र महेन्द्रनारायण निधिजस्ता महान् नेताले सभापतिको पद नपाए पनि कांग्रेसको इतिहासमा अमिट स्थान बनाउनु भएको छ । त्यसैले पदभन्दा ठूलो योगदान र त्याग देखाउनुपर्छ ।
आदरणीय सभापतिज्यू,
तपाईं अहिले त्यही इतिहास निर्माण गर्ने मोडमा हुनुहुन्छ । एक कदम पछि हट्दा कसैले कमजोरी ग¥यो भन्लान् । कसैले ‘गगनले सकेन’ पनि भन्छन् । तपाईंको उदारतालाई राजनीतिक पराजयका रूपमा व्याख्या गर्ने विद्वानहरू पनि निक्लिन्छन् । तर राजनीतिमा कहिलेकाहीँ हारेर पनि सानदार रूपमा जितिन्छ । इतरपक्षका नेताका घरघरमा पुग्नुहोस् । कुर्सी दिए बस्नुहोस् नदिए मझेरीमा पिरा तानेर बस्दा पनि केही फरक पर्दैन । अन्तिम प्रस्ताव गर्नुहोस् र विगतमा भरिएको सबै कृयाशील सदस्यले १५ महाधिवेशनमा भाग लिन पाउने सहमति गर्नुहोस् । ठूलो छाती र उदारताले निर्धारण गर्नेछ ।
मलाई थहाछ यो खुला पत्र लेख्दा आन्तरिक राजनीतिक शक्ति सन्तुलनमा म कमजोर हुन सक्छु । मेरा कतिपय शुभेच्छुकले गाली गर्न सक्नुहुन्छ । तर पार्टी बलियो हुन्छ भने म कमजोर हुँदा केही फरक पर्दैन भन्ने निष्कर्षमा पुगेको छु । म साधारण सदस्य भएर बस्न तयार छु तर नेपाली कांग्रेस दर्बिलो, एकताबद्ध र जनताको भरोसाको पार्टी बनेको हेर्न चाहन्छु ।
इतिहासले सम्झने निर्णय
आदरणीय सभापतिज्यू,
समयले यस्तो चुनौती र अवसर सबैले पाउँदैनन् । आज तपाईंले आफ्नो मर्यादा र राजनीतिक घटनाक्रमभन्दा माथि उठेर पार्टीको भविष्य रोज्न सक्नुहुन्छ । कालकूट विष नै सेवन गर्नुपरे पनि सबै पक्षलाई समेटेर निर्धारित समयमा १५ औँ महाधिवेशन सम्पन्न हुने बाटो खोल्नुहोस् ।
भोलिका पुस्ताले तपाईंको राजनीतिक जीवनको मूल्यांकन गर्दा चुनाव जित्नुभयो कि हार्नुभयो ? कांग्रेस संकटमा परेको बेला तपाईंले गर्नुभएको त्याग र पार्टी एकताका लागि खेल्नुभएको भूमिका इतिहासले स्वर्ण अक्षरमा लेखिनेछ ।
सायद तपाईंका समर्थकहरूको मन दुख्ला, केहीले आलोचना गर्लान्, कसैले कमजोरी देख्ला । तर हजारौँ कांग्रेसजनको मनमा हाम्रो सभापतिले आफू हारेर पनि कांग्रेसलाई बताउनुभयो भन्नेछन् । त्यो निर्णय कानुनी फैसलाभन्दा ठूलो , पदिय मर्यादा भन्दा माथि र तत्कालीन राजनीतिक जितभन्दा दीर्घकालीन हुनेछ ।
म खोटाङका गाउँगाउँमा त्यही आवाज सुनेर यो खुल्लापत्र लेखिरहेको छु । देशभरका कांग्रेसजनको मनमा पनि आज यही आवाज गुञ्जिरहेको हुनुपर्छ ।
यो खुल्ला पत्र कुनै पदको आकांक्षा, व्यक्तिगत स्वार्थ वा कुनै गुटको आग्रहबाट प्रेरित छैन । यो २०४६ सालको गोरखपुरबाट सुरु भएको मेरो राजनीतिक यात्रा, प्रवासी विद्यार्थी राजनीतिका संघर्षपूर्ण दिन, अग्रजहरूको मार्गदर्शन, विद्यार्थी जीवनका पीडादायी रात र नेपाली कांग्रेसप्रतिको निष्ठाबाट जन्मिएको भावनात्मक धारणा हो । यदि यति गर्दा पनि निकास निक्लिएन भने हलो अड्काएर गोरू चुट्नेको पहिचान इतिहासले गर्नेछ ।
मेरो कुरा स्वीकार्नु वा नस्वीकार्नु तपाईंको अधिकार हो । तपाईंको अन्तिम निर्णयको सम्मान र समर्थन भने अविचलित रूपमा मेरो रहनेछ । तर आज हजारौँ समर्थकको मन दुखाएरै भए पनि कांग्रेसलाई जिताउने साहस गर्नुहोस् । भोलिका पुस्ताले विश्वास गर्नसमेत कठिन हुने एउटा अद्भुत राजनीतिक उदाहरण बनिदिनुहोस् ।
कांग्रेस बचाउन एक कदम पछि हट्नुहोस् । ती अग्रजहरूलाई जितको माला लगाइदिनुहोस् । तपाईंले उनीहरूलाई जिताउँदा अन्ततः कांग्रेस पनि जित्नेछ र तपाईंको राजनीतिक इतिहासले पनि जित्नेछ । अहिलेका कार्यकर्ताले उनीहरूलाई किमार्थ मतदान गर्ने छैनन् । यसो भन्दै गर्दा नेपाली काँग्रेसको गुटगत स्वार्थमा सानो झुण्ड रहनुलाई अस्वभाविक मान्नु हुँदैन । अतः आफूभन्दा ठूलो हाम्रो पार्टी, पार्टीभन्दा ठूलो लोकतन्त्र र त्यो भन्दा देश हो ।
जय नेपाल !
इतिसम्वत् २०८३ साउन २९ शुक्रवार रोज शुभम् ।
( स्तम्भकार तथा उपसभापति, नेपाली कांग्रेस, खोटाङ )
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ / २९ साउन, शुक्रवार । दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ साउन २८, विहीवार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्ना...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त...
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान