असार १२, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले दिक्तेलस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलले राष्ट्रिय परीक्षा बोर्डको कक्षा–१२ को परीक्षामा जिल्लाभित्र उत्कृष्ट नतिजा हासिल गरेका आफ्ना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । विद्यालय परिसरमा आज आयोजित विशेष सम्मान समारोहमा जिल्लामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई सम्मानपत्र, नगद पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमका केही आकर्षक तस्विरहरु













विद्यालयले उत्कृष्ट नतिजा केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण विद्यालय, अभिभावक र जिल्लाकै गौरवको विषय भएको उल्लेख गर्दै विद्यार्थीको मेहनतको उच्च कदर गरेको जनाएको छ । यस वर्षको कक्षा–१२ परीक्षामा ३.९० जीपीएसहित जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएका अजय पाण्डे, ३.६६ जीपीएसहित दोस्रो स्थान हासिल गरेका प्रतीक राई तथा तेस्रो स्थानमा सफल स्मारिका राईलाई विशेष सम्मान गरिएको विद्यालयका शिक्षक अर्जुन केसीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षासँग सम्बद्ध विभिन्न व्यक्तित्वहरुले सम्मानित विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थराज विक, विद्यालयका पूर्वअध्यक्ष दुर्गाप्रसाद घिमिरे तथा विद्यालयका सदस्य एवं प्रबन्धक समुन्द्रप्रसाद जोशीले सम्मानित विध्यार्थीहरुको उच्च प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख भट्टराईले उत्कृष्ट नतिजा व्यक्तिगत सफलतामा मात्र सीमित नरही विद्यालय, परिवार र जिल्लाको प्रतिष्ठासँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले यस्ता उपलब्धिले अन्य विद्यार्थीमा पनि अध्ययनप्रति उत्साह, अनुशासन र प्रतिस्पर्धी भावना विकास गर्न प्रेरणा दिने उल्लेख गर्नुभयो । गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्य वक्ताहरूले पनि उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्पराले स्वस्थ शैक्षिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै नयाँ पुस्तालाई उत्कृष्टताको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले प्रस्तुत गरेका साँस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुतिले सम्मान समारोहलाई थप जीवन्त र आकर्षक बनाएको थियो ।
विद्यालयका प्रधानाध्यापक झमरलाल चौधरीले आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, नैतिक शिक्षा, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीको सर्वाङ्गीण विकासलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उत्कृष्ट विद्यार्थीको सम्मानमार्फत मेहनत, लगनशीलता र शैक्षिक उत्कृष्टताको कदर गर्ने विद्यालयको यो पहलले जिल्लाभर सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने विश्वास गरिएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान