जेठ १६, २०८३ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि रुपमा कृयाशिल सदस्यता अध्यावधिक कायलाई तिव्रता दिइरहेको छ । गत पौष अन्तिम सातामा भएको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रिय समितिले १५ औँ नियमित महाधिवेशन आगामी अशोज भित्र सम्पन्न गर्ने निर्णय गरेपछि सबै कांग्रेसका कृयाशिल सदस्यहरुलेडिजिटल प्रविधिमार्फत अनिवार्य रुपमा अध्यावधिक गर्नुपर्ने व्यवस्था रहेको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई बताउनुहुन्छ ।
नेपाली कांग्रेस खोटाङका करिव ६ हजार कृयाशिल सदस्यहरु र नयाँ कृयाशिल सदस्यता लिन इच्छुकहरुले समेत अध्यावधिक गर्नुपर्ने सभापति राईको भनाई छ । कृयाशिल अध्यावधिक कार्यलाई विधिवत र व्यवस्थित ढंगबाट अगाडि बढाउन गत जेष्ठ ४ गते बसेको खोटाङ कांग्रेस भेलाले नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङका सचिव समिर राईको संयोजकत्वमा प्रदेश निर्वाचन क्षेत्रीय समिति (क) र (ख) का क्षेत्रीय सभापतिहरु तथा सबै गाउँ÷नगरपालिका सभापतिहरु सदस्य रहने गरी कृयाशिल सदस्य व्यवस्थापन समिति गठन गरिएको थाहा भएको छ ।
यसै सिलसिलामा नेपाली कांग्रेसका सह-महामन्त्री तथा कृयाशिल सदस्यता अध्यावधिक सम्बन्धमा कोशी प्रदेशका लागि अनुगमन कार्यमा तोकिनु भएका डा. डिला संग्रौला पूर्वी जिल्लाहरुको कृयाशिल सदस्यता अध्यावधिक कार्यको अनुगमन गर्दै आज वेलुकी खोटाङको सदरमुकाम दिक्तेल वजार आइपुग्नु भएको कांग्रेस श्रोतले बताएको छ । सह-महामन्त्री डा. संग्रौलाले आइतवार विहान १० वजे नेपाली कांग्रेसको पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरुसँग कृयाशिल सदस्यता अध्यावधिक कार्यका वारेमा छलफल गर्नु हुने जनाईएको छ ।
नयाँ प्रविधिको प्रयोगबाट अध्यावधिक कार्य गर्नुपर्ने भएकोले केही झन्झटिलो प्रकृया जस्तो भए पनि यसबाट देशैभरिका कृयाशिल सदस्यहरुको वास्तविक तथ्यांक अभिलिखित हुने नेपाली कांग्रेस खोटाङका उपसभापति तीर्थराज भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाका सबै वडा सभापतिहरुलाई सम्पर्क गरी आ आफ्ना वडाका कृयाशिल सदस्यहरुको अध्यावधिक कार्यलाई सुचारु राख्न अनुरोध गरिएको छ ।
यही जेष्ठ २१ गतेभित्र सबैले डिजिटल पद्धतिमार्फत अध्यावधिक गरिसक्नुपर्ने केन्द्रिय कार्यालयको ताकेताले पछिल्लो समय खोटाङमा पनि अध्यावधिक कार्यले तिव्रता पाइरहेको नेपाली कांग्रेस खोटाङका सचिव तथा कृयाशिल सदस्यता व्यवस्थापन समिति संयोजक समिर राई बताउनुहुन्छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान