श्रावण ०४, २०८३ , Khotang
खेलमैदानमा भकुण्डो गुडिरहँदा करोडौँ मानिसको आशा, विश्वास, प्रेम, पहिचान र सपनाहरू त्यससँगै दौडिरहेका हुन्छन् । नब्बे मिनेटको खेलमा केवल दुई टोलीबीच प्रतिस्पर्धा भइरहँदा संसारभरिका करोडौँ समर्थकका भावना पनि एकअर्कासँग गाँसिएका हुन्छन् । त्यसैले विश्वकप फुटबल संसार भरिएका मानव सभ्यताको साझा उत्सव भन्दा अत्युक्ति नहोला ।



नेपालले अहिलेसम्म विश्वकप खेल्ने अवसर पाएको त छैन । तर विश्वकप सुरु हुनासाथ गाउँघर, सहरबजार , चिया चौतारी, सामाजिक सञ्जाल, विद्यालय, कार्यालय सबै ठाउँमा बहस हुनथालेको छ । मेस्सी कि रोनाल्डो ? अर्जेन्टिना कि पोर्चुगल ? स्पेन कि ब्राजिल ? लगायत देश र खेलाडीको बहस गरिन्छ सबै ठाउँ । समर्थक खेलाडी र देशको जर्सी तथा झण्डाले नेपाली बजारलाई नै रंगीन विरंगी बनाइ रहेका हुन्छन् । केही समयका लागि नेपाली मन विश्व फुटबलसँग एकाकार गरिन्छ । यही सोच र भावन खेलप्रेमी अन्य मुलुकमा पनि छ ।
मेरो आफ्नै घर पनि विभक्त मन हुनबाट अछुतो छैन यो विश्वकपको समयमा । जेठो छोरा अध्ययन अर्जेन्टिनाको कट्टर समर्थक हुन् भने कान्छो छोरा अनुसन्धान स्पेनको । खेलको क्रममा एउटाको अनुहारमा खुसी छाउँदा अर्काको अनुहार निराशाले मलिन बनेको देखिन्छ । गोल पर्दा एउटा हर्षले घर गुञ्जायमान गर्छन् भने अर्को मौन हुन्छन् । बहस, तर्क, ठट्टा र कहिलेकाहीँ सामान्य भनाभन पनि गर्छन् दुई दाजुभाइ । यसैगरी सामाजिक संजाल र भेटघाटमा एक आपसमा आलोचना र कटाक्ष गर्छन् अन्य समर्थकहरू पनि । मेरो घरको जुन व्यथा छ सायद हजारौँ नेपाली घरको साझा कथा यही हुनुपर्छ । विश्वकप विदेशमा खेलिन्छ – तर समर्थकका रूपमा नेपाली मन घर– घरमा विभाजित हुन्छ । पारिवारिक अन्तरद्वन्द्वको कारण कतिपय अभिभावकले त यो विश्वकप छिटो सकियोस् भन्ने कामना गरिरहेको पनि सुनिन्छ ।
नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे सुरु भएको स्पेन र अर्जेन्टिनाबीचको विश्वकप फाइनल पनि यस्तै भावनाले भरिएको थियो । निर्धारित समयमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे । गोलरक्षक एमिलियानो मार्टिनेजको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनालाई धेरै पटक खोल खानबाट जोगाए । तर अतिरिक्त समयमा स्पेनले सामूहिक समन्वयबाट गरेको निर्णायक गोल नै अन्ततः विश्वकप जित्ने आधार बन्यो । लगातार दोस्रो पटक विश्वविजेता बन्ने अर्जेन्टिनाको लक्ष्य भने सपनामा सिमित भयो ।
फुटबलका दुई गौरवशाली राष्ट्र स्पेन र अर्जेन्टिना विश्व फुटबलका दुई विशिष्ट शक्ति हुन् । अर्जेन्टिनाले डिएगो म्याराडोना र लियोनेल मेस्सीजस्ता युगान्तकारी खेलाडी जन्माएर फुटबल इतिहासलाई नयाँ उचाइ दिएको छ । तीन पटक विश्वकप उपाधिको इतिहास बोकेको यो राष्ट्रका लागि फुटबल राष्ट्रिय पहिचान र स्वाभिमानको विषय हो ।
४ साउन २०८३ को विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेर स्पेनले भने आधुनिक फुटबललाई नयाँ दर्शन दिने राष्ट्रका रूपमा आफ्नो परिचय स्थापित गरेको छ । लामो अवधिसम्म बल नियन्त्रण, छोटो दूरीको पास, अनुशासित संरचना, रणनीतिक सोच र सामूहिक रूपमा खेल खेल्ने सोच स्पेनिस फुटबलको पहिचान बनेको छ । यस विश्वकपमा स्पेनले व्यक्तिगत प्रतिभाभन्दा सामूहिक प्रयास नै सफलताको आधार हो भन्ने सन्देश सम्पूर्ण फुटबल जगतलाई दिन सफल भएको छ ।
मेस्सीको विरासत र नयाँ पुस्ताको उदय लियोनेल मेस्सी आधुनिक फुटबलका समकालीन महान् खेलाडीमध्ये एक हुन् । उनको खेल खेल्ने शैलीले करोडौँ मानिसलाई फुटबलसँग प्रेम गर्न सिकाएको छ । विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग र असंख्य व्यक्तिगत उपलब्धिले उनको नाम फुटबलको इतिहासमा अमर बनिसकेको छ । उनको नाममा विश्वभर करोडौं मानिसहरू फिदा बनेका छन् ।
तर समयको नियम नै परिवर्तन हो । हरेक युगले नयाँ पुस्तालाई जन्म दिने गर्छ । यस विश्वकपमा स्पेनका युवा खेलाडीहरूले अनुशासन, गतिशीलता , आत्मविश्वास र सामूहिक समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरे । अनुभवी नेतृत्व र युवा ऊर्जाको संयोजनले स्पेनलाई विश्वविजेता बनायो । यही भावना विकास गर्दै गयो भने लगातार स्पेनले विश्वकपको उपाधि नउठाउला भन्न सकिन्न ।
रणनीति, अनुशासन र सामूहिकता
मध्यरातमा मैले पनि यो पटक छोराहरूसँगै बसेर काठमाडौंमा विश्वकपको फाइनल खेल हेर्ने अवसर पाएं । खेल अवधिको ८० प्रतिशत भन्दा बढी समय स्पेनले भकुण्डो आफ्नो नियन्त्रण लिएर निरन्तर दबाब सिर्जना ग-यो । अर्जेन्टिनाले मेस्सीको अनुभव र रक्षात्मक रणनीतिका माध्यमबाट खेललाई प्रतिस्पर्धात्मक बनाइराख्न प्रयास गरेको देखिन्थ्यो । गोलरक्षक एमिलियानो मार्टिनेजले पटकपटक उत्कृष्ट खेल प्रदर्शन नगरेका भए सायद अर्जेन्टिनाले एक दर्जनभन्दा बढी गोल खान सक्ने अवस्था देखिन्थ्यो । यो प्रत्यक्ष खेल हेर्दाको मेरो व्यक्तिगत मूल्यांकन र अनुभूत हो ।
निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश ग¥यो । थपिएको आधा घण्टाको अन्तिम समयावधिमा अन्ततः स्पेनले अवसरको सही उपयोग गर्दै गोफ हानेर उपाधि आफ्नो पक्षमा पा-यो । यो जित कुनै एउटा खेलाडीको व्यक्तिगत प्रतिभाको श्रेयले भन्दा पनि अनुशासन, धैर्यता, रणनीति र सामूहिक समन्वयको प्रतिफल थियो । फुटबलमा अन्तिम सफलता व्यक्तिगत भूमिकाभन्दा सामूहिक भावनाले हात पार्न सकिन्छ भन्ने तथ्य स्पेनले प्रमाणित गरेको छ ।
विश्वकप र विभाजित नेपाली मन
नेपाल विश्वकप खेल्ने राष्ट्र नभए पनि विश्वकपलाई नजिकबाट प्रेम गर्ने राष्ट्र हो । विश्वकप सुरु भएसँगै नेपाली रातहरू जाग्राममा परिणत हुन्छन् । गाउँका चौतारी, सहरका क्याफे, विद्यालय, कार्यालय र सामाजिक सञ्जालहरू विश्वकप फुटबलको पक्ष– विपक्षका बहसले रंगिन्छन् । यो उत्साह र फुटबल प्रतिको समर्पणले गम्भीर प्रश्न पनि उठ्न थालेको छ । नेपालीहरू विदेशी टोलीलाई धेरै माया गर्छन् तर आफ्नो देशको राष्ट्रिय खेलाडीप्रति समर्पण र समर्थन गर्दैनन् । यदि यही ऊर्जा र हौसला नेपाली फुटबलको विकास, पूर्वाधार निर्माण र प्रतिभा उत्पादनमा लगानी गर्न सकियो भने भविष्यमा नेपाल पनि विश्वकप यात्राको सपना देख्ने र त्यसलाई साकार पार्ने राष्ट्र बन्न सक्छ । यो भाव, जागरण र फुटबलको रणनीतिक विकासमा सरकार तथा सरोकारवालाले घ्यान दिन आवश्यक देखिन्छ ।
खेलबाट हुने पहिचान र राष्ट्र निर्माण
खेल मनोरञ्जनको साधन मात्र होइन , जीवन बाँच्ने पाठशाला पनि हो । खेलले अनुशासन, धैर्यता, हार स्वीकार्ने साहस, जितमा विनम्रता र सामूहिकताको मूल्य सिकाउँछ । राजनीति, समाज र राष्ट्र निर्माताले खेलबाट धेरै कुरा सिक्न सक्छन् । खेलमा प्रतिस्पर्धा हुन्छ तर वैमनश्यता र शत्रुता हुँदैन । नियमको पालना र निष्पक्ष निर्णय स्वीकार गर्दै प्रतिद्वन्द्वीलाई सम्मान गर्ने संस्कृतिको विकास भएको हुन्छ । यही संस्कार राजनीतिक तथा सार्वजनिक जीवनमा पनि अक्षरसः पालना गर्न सकियो भने राष्ट्रिय एकताको भावना सुदृढ बन्छ । यो भावना जागृत भएमा सरकार परिवर्तन हुनेसाथ परराष्ट्र नीति परिवर्तन गरिरहनुपर्ने आवश्यकता पर्दैन । सामुहिक सोच र राष्ट्रियता प्रतिको साझा दृष्टिकोण बन्नेछ । खेलबाट सिक्ने धेरै विधा मध्येका हुन् यी सामान्य तर महत्त्वपूर्ण विषय ।
नेपालसँग क्षमता र प्रतिभाको कमी छैन । अब आवश्यकता छ दीर्घकालीन खेल नीति, गुणस्तरीय प्रशिक्षण, पर्याप्त पूर्वाधार, सक्षम प्रशिक्षक र खेलाडीप्रतिको सम्मानको । जुन दिन नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहरिनेछ त्यो दिन स्पेन, अर्जेन्टिना, ब्राजिल वा पोर्चुगलमा विभाजित नेपाली मन एउटै राष्ट्रिय गौरवमा एकताबद्ध हुनेछ । यो नेपाल र नेपालीको लागि ऐतिहासिक गौरवको दिन हुनेछ । “ देर है लेकिन अन्धेर नही है “ भनिए झैं हामी आशावादी बन्नुपर्छ ढिलो होला तर यो भविष्यमा सम्भव छ ।
निष्कर्ष
अन्ततः विश्वकपको उपाधि स्पेनले चुम्यो । उत्कृष्ट रणनीति, अनुशासित खेल, धैर्यता र सामूहिक समन्वयका आधारमा उसले विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भयो । स्पेनका खेलाडी, प्रशिक्षक, व्यवस्थापन र नेपाल लगायत सम्पूर्ण समर्थकलाई हार्दिक बधाई दिन चाहन्छु।
अर्जेन्टिना पराजित भए पनि त्यसको गौरव र लियोनेल मेस्सीको विरासत एउटा हारले मेटिदैन । महान् खेलाडीहरूको प्रभाव उपाधिभन्दा कैयौं गुना प्रभावशाली हुन्छ । उनीहरूले पुस्तौँसम्म प्रेरणा दिइरहन्छन् । उनिहरूको अन्तर्राष्ट्रिय व्यक्तित्वको लागि विश्वकपको परिणामलाई हार र जितको क्षणिक परिणाम मान्नुपर्छ । विश्वकप प्रतिको भावना, अनुशासन, मानव एकता र प्रेरणा शाश्वत सत्य हुन्छन् । विश्वकप विजेता स्पेनलाई हार्दिक बधाई, उपविजेता अर्जेन्टिनालाई सम्मान र विश्व फुटबललाई नियाल्ने खेलप्रेमी समुदायलाई नमन गर्न चाहन्छु । अब नेपालीको साझा कामना हुनुपर्छ – एक दिन नेपालको राष्ट्रिय गान पनि विश्वकपको उद्घाटन समारोहमा गुञ्जियोस् । त्यसका लागि सरकार, अखिल नेपाल फुटबल संघ (एन्फा), निजी क्षेत्र, प्रशिक्षक, खेलाडी र सम्पूर्ण सरोकारवालाले दीर्घकालीन योजना, पर्याप्त लगानी र स्पष्ट रणनीतिका साथ अघि बढ्न जरुरी छ। त्यो ऐतिहासिक दिन विश्वकपमा विभाजित नेपाली मन एउटै राष्ट्रिय गौरवमा एकाकार हुनेछ ।
(स्तम्भकार–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्-सं.)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक स्थललाई प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त...
हलेसीन्युजडेस्क, खोटाङ साउन २०, बुधवार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट...
व्यक्ति/व्यक्तित्व गजेन्द्र दाहाल ‘निर्मोही’ नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा...
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान