जेठ २५, २०८३ , Khotang
हलेसीन्युजडेस्क,खोटाङ/
जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय दिक्तेलको आयोजनामा यही जेठ ३० गते शनिबार चम्पावती माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागिएको हो ।
स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिने शिविरमा काठमाडौंबाट आएका वरिष्ठ चिकित्सक तथा अनुभवी स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा उपचारसम्बन्धी सेवा प्रदान गर्ने आयोजकले जनाएको छ। ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बताइएको छ ।
शिविरमा महिला रोगसम्बन्धी विशेषज्ञ सेवा, हाडजोर्नी तथा नसासम्बन्धी रोगको परीक्षण, साथै जनरल फिजिसियनमार्फत विभिन्न स्वास्थ्य समस्याको जाँच तथा परामर्श प्रदान गरिनेछ। स्वास्थ्य परीक्षणपछि आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको आयोजकको भनाइ छ ।
शिविरबाट बुइँपा तथा आसपासका वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका, नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका तथा विशेषज्ञ चिकित्सकसम्म सहज पहुँच नभएका नागरिकका लागि शिविर फलदायी हुने विश्वास गरिएको छ। यस अवसरमा नागरिकहरूले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै रोगको प्रारम्भिक पहिचान र आवश्यक परामर्श प्राप्त गर्न सक्नेछन्।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गर्न लागिएको जनाएको छ । संस्थाले स्थानीयवासीलाई आफ्नो तथा परिवारका सदस्यहरूको स्वास्थ्य परीक्षण गराई शिविरको अधिकतम लाभ लिन आग्रह गरेको छ । ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वासका साथ आयोजना गरिने उक्त शिविरमा उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण हलेसीन्युजडेस्क, खोटाङ ।...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान