असार १३, २०८३ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ ।
आषाढ १३, शनिवार / कृषि उत्पादन वृद्धि, उत्पादन लागत न्यूनीकरण तथा खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित खोटाङको रावाबेँसी गाउँपालिकाले कृषक, कृषि समूह, सहकारी संस्था तथा कृषि उद्यमीलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रको यान्त्रीकिकरणलाई प्राथमिकतामा राख्दै किसानको खेतबारीसम्म आधुनिक उपकरण पु-याएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रमका केही झलकहरु







गाउँपालिकाको कृषि शाखामार्फत सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत ७५ प्रतिशत गाउँपालिकाको र २५ प्रतिशत लाभग्राहीको लागत साझेदारीमा खरिद गरिएका विभिन्न कृषि सामग्री वितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर कृषि पेशालाई व्यावसायिक, उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ बताउनुहुन्छ ।
अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा बढ्दो जनशक्ति अभाव, श्रम लागतमा भएको वृद्धि तथा आधुनिक प्रविधिको आवश्यकतालाई मध्यनजर गर्दै किसानलाई यान्त्रिक उपकरण उपलब्ध गराइएको बताउनुभयो । कृषि पेशालाई सम्मानित, सहज र आम्दानीमुखी बनाउन गाउँपालिकाले कृषि आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँका अनुसार आधुनिक उपकरणको प्रयोगले खेतबारीको काम छिटो, गुणस्तरीय र कम खर्चमा सम्पन्न हुने भएकाले उत्पादन बढ्नुका साथै कृषकको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । आगामी वर्षहरूमा पनि कृषि व्यवसायीकरणलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
यसैगरी कृषि शाखा प्रमुख सयोन हमालका अनुसार गाउँपालिकाले कृषिलाई प्रविधिमैत्री बनाउने नीतिअनुसार आवश्यकताका आधारमा आधुनिक कृषि उपकरण उपलब्ध गराएको हो । उहाँले हलेसी एफएमसँग कुरा गर्दै गाउँपालिकाभित्र सक्रिय कृषि समूह, कृषि सहकारी संस्था तथा कृषि उद्यमीलाई प्राथमिकताका आधारमा सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।
कृषि शाखा प्रमुख हमाल भन्नुहुन्छ—‘सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा प्राप्त आवेदन गाउँपालिकाको कृषि विकास समितिमा पेश गरिएको थियो । समितिले आवश्यक मूल्याङ्कन, छनोट तथा आवश्यकता विश्लेषण गरेपछि वास्तविक कृषक तथा कृषि उद्यमीलाई अनुदान उपलब्ध गराइएको हो । यस प्रक्रियाले अनुदान लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुग्ने र सामग्रीको सदुपयोग सुनिश्चित हुने विश्वास गाउँपालिकाको छ ।’
यस वर्ष गाउँपालिकाले ३३ वटा मिनीटिलर, आठ वटा थ्रेसर, १३ वटा ब्रसकटर, पाँच वटा खाडल खन्ने मेसिन, ५२ वटा इलेक्ट्रिक स्प्रेयर, ४२ वटा सिँचाइ हजारी तथा मौरीपालन प्रवद्र्धनका लागि ११२ वटा आधुनिक मौरीघार कृषकलाई वितरण गरेको जनाएको छ।
अनुदानमा प्राप्त आधुनिक उपकरणले खेतबारीको काम सहज, छरितो र कम खर्चिलो बनाउने विश्वास किसानहरूले व्यक्त गरेका छन्। महँगा कृषि उपकरण सहज रूपमा प्राप्त भएपछि किसान उत्साहित बनेका छन्। उनीहरूका अनुसार यस्ता कार्यक्रमले कृषि पेशाप्रति युवाको आकर्षण बढाउनुका साथै उत्पादन लागत घटाएर आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
रावाबेँसी गाउँपालिका खोटाङ जिल्लाकै कृषि उत्पादनका दृष्टिले अग्रणी स्थानीय तहमध्ये एक हो । यहाँ धान, मकै, गहुँ, कोदो, फापर तथा विभिन्न फलफूलको उल्लेखनीय उत्पादन हुने गरेको छ । विशेषगरी रावाखोला फाँटमा उत्पादन हुने धान जिल्लाभित्र मात्र नभई काठमाडौंलगायत देशका विभिन्न बजारसम्म पुग्ने गरेको छ ।
फलफूल उत्पादनमा समेत छुट्टै पहिचान बनाएको रावाबेँसी विशेषगरी लिची उत्पादनका लागि परिचित छ । यतिबेला गाउँपालिकाभरि लिची टिप्ने र बजार पठाउने चहलपहल बढेको छ । लिची तथा नगदे वालिका साथै तरकारी खतिको प्रवद्र्धनमा जोड दिदै पालिकाले किसानहरुलाई विभिन्न तालिमको समेत प्रबन्ध गर्दै आएको छ ।
गाउँपालिकाले आगामी दिनमा पनि आधुनिक प्रविधिमा आधारित कृषि कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, किसानको आयआर्जनमा सुधार तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउने रणनीति अघि बढाएको जनाएको छ। स्थानीय तहको यस्तो पहलले कृषि क्षेत्रलाई थप आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ १२, शुक्रवार । शैक्षिक उत्कृष्टतालाई सम्मान...
बाँदर आतंक न्युनिकरणका लागि रु.४५ लाख बजेट विनियोजन हलेसीन्युजडेस्क, खोटाङ...
९९ करोडभन्दा बढीको बजेट प्रस्तुतः बाँदर आतंक नियन्त्रणदेखि कृषि आधुनिकीकरणसम्म...
हलेसीन्युजडेस्क, खोटाङ । आषाढ ५, शुक्रवार । खोटाङको दिक्तेलस्थित सरस्वती...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान