चैत्र १४, २०७९ , Jantedhunga Gaunpalika
कार्यक्रम- मेरो सपनाको जन्तेढुङ्गा ।
सोखोपेडाँडाबाट देखिएको मनोरम दृष्य
यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक महिनामा दुई पटक प्रशारण गरिनेछ । प्रत्येक महिनाको १ गते विहान ६.३० वजे यो कार्यक्रम प्रशारण गरिनेछ र सोही दिन वेलुकी ६.०० वजे पुन प्रशारण गरिनेछ । त्यसैगरी महिनाको १५ गते विहान ६.३० वजे प्रशारण गरिनेछ र सोही दिन वेलुकी ६.०० वजे पुन प्रशारण गरिनेछ । कार्यक्रम मेरो सपनााको जन्तेढुङ्गा खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले उत्पादन तथा प्रशारण गर्नेछ ।
कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गाले जन्तेढुङ्गा गाउँपालिकाको प्रत्येक परिवार र वडा तहबाट सपनाको नक्सांकन बुन्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका शिखरमा पुग्ने अभियानलाई प्रतिविम्वित गरेर कार्यक्रम तयार गर्नेछ ।
श्रोतावृन्द गएको श्रंखलामा हामीले जन्तेढुङ्गा गाउँपालिकाको वडा नं. १ देविस्थानको विषयमा चर्चा गरेका थियौँ । वडा नं. १ देविस्थानको जनसंख्या, भौगोलिक अवस्थिति, त्यहाँको शैक्षिक अवस्था, विकास गतिविधिका साथै त्यहाँका जनप्रतिनिधि र जनताका धारणाहरु पस्केका थियौँ । यसैगरी धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरीको सामान्य चर्चा स्थानीय मोहन थापाको आवाजका प्रस्तुत गरेका थियौा । आज हामी मेरो सपनाको जन्तेढुङ्गा कार्यक्रमको अर्को श्रृंखला लिएर आएको छौँ ।
हो, श्रोतावृन्द ! आज मेरो सपनाको जन्तेढुङ्गा कार्यक्रममा हामी वडागत विषयवस्तु अन्तर्गत वडा नं. २ वोपुङ का सम्बन्धमा सामाग्रीहरु समेटेर तपाईहरुलाई प्रस्तुत गर्नेछौँ । हो, आज हामी वडा नं. २ वोपुङमा पुग्नेछौँ । वोपुङका जनप्रतिनिधि र त्यहाँका जनताले विकास र समृद्धिको कस्तो खाका बुनिरहेछन् । समग्र जन्तेढुङ्गाको विकास र समृद्धिमा वोपुङको तर्फबाट के कस्तो भूमिका र योगदान पुर्याउन कम्मर कसेर लागिरहेका छन् । हामी यिनै विषयहरु आजको कार्यक्रममा पस्कने जमर्को गर्नेछौँ ।
जन्तेढुङ्गा गाउँपालिका साविक ६ वटा गाउँविकास समितिहरुलाई वडामा परिवर्तन गरेर निर्माण भएको छ । हामी यो कार्यक्रममा ति सम्पूर्ण वडाहरुको परिचय, त्यहाँको शैक्षिक, स्वास्थ्य, कृषि, पर्यटन, जनसांख्यिकी अवस्था र विकास निर्माणका वारेमा क्रमशः जानकारी गराउँदै जानेछौँ । आज हामी वडा नं. २ वोपुङका वारेमा जानकारी गराउँनेछौँ ।
जिल्लाहरुको सिमाना हेरफेर गर्ने क्रममा तत्कालिन वोपुङ छिमेकी जिल्ला भोजपुरबाट विक्रम सम्वत २०३२ सालमा खोटाङमा समेटिन आएको हो । भौगोलिक रुपमा खोटाङको दुर दराजमा रहेको वोपुङ स्थानीय तहको पुनसंरचना नभए सम्म सरकारी सेवा सुविधाका लागि त्यहाँका जनताले ठूलो कस्ट मोल्नु परेको थियो । विकास निर्माणका लागि नेतृत्वहरुको आँखा त्यहाँ हत्तपत्त पर्दैनथ्यो । तर २०७४ सालमा स्थानीय पुनसंरचनासँगै तत्कालिन वोपुङ गाविस जन्तेढुङ्गा गाउँपालिकाको वडा नं.२ मा रुपान्तरित हुन पुगेको छ । यसको भौगोलिक क्षेत्रफल ३४.७८ वर्ग किलोमिटर छ । २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या २,५५५ उल्लेख छ । यहाँ राई वान्तावा, क्षेत्री वाहुन लगायत अन्य जातीहरु मिश्रित रुपमा वसोवास गर्दछन् ।
वडा नं. २ वोपुङको पूर्वी सिमाना भोजपुर जिल्लाको आमचोक गाउँपालिका वडा नं. ४ वालंखासँग जोडिएको छ भने पश्चिमी दक्षिणी सिमाना वडानं. १ देविस्थानसँग जोडिएको छ । उत्तरतर्फ भने वडा नं. ३ काहुले पर्दछ, जसलाई वीचमा बग्ने वुवाँखोलाले वोपुङसँग छुट्याएको छ ।
वोपुङ गाउँको नेपाली भाषामा शाव्दिक अर्थ भेटिदैन । तर राई वान्तावा भाषामा वोप्तुुङ भनेको कुइरो वा वादलको परतले ढाकिएको जनाउछ । त्यो गाउँको माथिल्लो भागमा वर्षादको मौसममा अक्सर कुइरो र हुस्सुले ढाकिरहेको हुन्छ । वोपुङ नाम रहनुका पछाडि यही कारण रहेको भन्नुहुन्छ स्थानीय सामाजिक अभियन्ता मणिवान्तावा राई...(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)..।
जल र जंगल प्रसस्त भएको वोपुङ वडामा विभिन्न जातका फलफूल र मकै कोदो प्रसस्त फल्नेगर्छ । गाउँको तल्लो भागमा धान पनि उत्पादन गरिन्छ । नगदे वालीका रुपमा यहाँ प्रसस्त अलैची उत्पादन हुन्छ । पछिल्लो समय किसानहरु किवी फल लगाउन हौसिएका छन् । तर वजारको अभाव र सहज यातायातको अभावमा तिनीहरुले उचित मूल्य पाउन नसकेको स्थानीय बताउछन् ।
प्राकृतिक श्रोत साधानले धनी यो वडामा पर्यटकीय दृष्टिकोणले उच्च लोभलाग्दा डाँडाकाँडाहरु छन् । घना जंगलले ढाकिएको २००० मीटरभन्दा उच्च सोखोपे डाँडा अत्यन्त रमणीय डाँडाका रुपमा लिइन्छ । यहाँबाट केही तल नागवेली बनेर वगिरहेको सुनकोशी नदी, अझ दक्षिणको समथर तराई भूभाग र टाढा टाढाका उच्च पहाडी तथा शुन्दर हिमश्रंखलाहरु हेरेर रमाउन सकिन्छ । यसलाई आन्तरिक पर्यटकीय स्थल बनाउने जमर्को नभएको होइन, तर विविध कारणले भने जस्तो गर्न नसकिएको मणि वान्तावा भन्नुहुन्छ...(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)
यस वडामा एकवटा मावि, एकवटा आधारभूत विध्यालय र ७ वटा प्राथमिक विध्यालयहरु छन् । गाउँकै पुरानो सिंहदेवी माध्यामिक विध्यालय हो । त्यस्तै तिन्हुँमा रहेको जनज्योति आधारभूत विध्यालय पनि यहाँ अर्को पुरानो विध्यालय हो । अन्य प्राविहरुमा क्रमश विजय प्रावि वालिङ, सिर्जनात्मक प्रावि हिउराङ, शारदा प्रावि शोभिङ, चण्डेश्वरी प्रावि खैला, पध्मकन्या प्रावि मेहेलडाँडा, पञ्चकन्या प्रावि आहाल डाँडा र कन्याछाँगा प्रावि खरवानी हुन ।
२०७९ बैशाख ३० गते भएको दोश्रो पटकको स्थानीय तहको निर्वाचनबाट यस वडाका अध्यक्षमा मस्तबहादुर राई निर्वाचित हुनुभएको छ । त्यस्तै महिला सदस्यमा कमला राई निर्वाचित हुनुभएको छ भने दलित महिलामा कुमारी सार्की, र अन्य सदस्यहरुमा सुरेन्द्र राई र कुलबहादुर खड्का निर्वाचित हुनुहभएको छ । उहाँहरु हाल वोपुङको विकास निर्माणमा दिलोज्यान दिएर लागिपर्नुभएको छ । तर श्रोत साधानको कमी, जनताको चाहना र अपेक्षा वढी भएकोले निकै सकस अनुभव भएको उहाँहरुको कथन छ । वडा सदस्य सुरेन्द्र राई भन्नुहुन्छ .(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)..।
लामो समयसम्म शैक्षिक क्षेत्रमा समय व्यतित गरेर हाल शिक्षक पेशाबाट मुक्त भै कृषिमा रमिरहेका विपन राई गाउँको विकासका लागि पनि निकै चिन्तित देखिनुहुन्छ । आफ्नो वारीमा किवी खेती गरेर आम्दानी लिन शुरु गर्नुभएको राईले भन्नु भयो..(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।).
उदयपुर जिल्लाको वेलटारवजार यहाँको सबैभन्दा नजिकको व्यापारिक केन्द्र हो , तर त्यहासम्म पुग्न स्तरीय सडक यातायात नहुदा वोपुङवासीले कष्ट भोग्नु परेको छ । तसर्थ वोपुङ देविस्थान र वंशिलाघाटसम्म यातायात र वंशिलाघाटमा सडक पुल बनाउन सरकारको तर्फबाट पहल हुनुपर्ने वोपुङवासीको चर्को माग छ । यहाँको वर्तमान अवस्थाको वारेमा स्थानीय अगुवा हरि वस्नेत भन्नुहुन्छ...(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)....।
वोपुङको अर्को चुनौति भनेको हिउराङको पहिरो हो । यसले गाउँको दक्षिणी भूभागलाई भूक्षय गराउदै त्यहाँको गाउँ नै जोखिममा पुर्याइरहेको छ , त्यसको रोकथाममा सबैको ध्यान पुग्नुपर्ने बताउनुहुन्छ मणि वान्तावा राई..(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)...।
अन्तमा समग्र वोपुङ वडाको विकास र त्यहाँको वर्तमान अवस्थाका वारेमा अभियन्ता मणि वान्तावा राई हामीसँग पोखिनुहुन्छ ..(उहाँको धारणा फेसबुकपेजको अडियो रेकर्डमा सुन्न सक्नुहुनेछ।)
श्रोतावृन्द आज जन्तेढुङ्गा गाउँपालिकाको सहयोग र सहकार्यमा सामुदायिक रेडियो हलेसी एफएमले तयार पारेको रेडियो कार्यक्रम मेरो सपनाको जन्तेढुङ्गामा वडा नं.२ वोपुङका विषयमा चर्चा ग¥यौँ । त्यहाँ भैरहेको विकास निर्माण, त्यहाँको शैक्षिक अवस्था लगायत अन्य विषयहरुमा केन्द्रित बनेर सामाग्रीहरु पस्केका थियौँ । कार्यक्रमका वारेमा जन्तेढुङा वासीहरुले सुनेर सुझाव सलाह दिनु भएमा आगामी श्र्रंखलाहरु लाई थप परिमार्जन गर्न सजिलो हुनेछ । त्यसका लागि हाम्रो सम्पर्क नम्वर ९८४२१३८५१० वा इमेल ठेगाना [email protected] मा सुझावहरु लिखित रुपमा पठाउन सक्नुहुनेछ । आज भने तपाईहरु सँग छुट्टिने वेला भैसकेको छ । अर्को श्रंखलामा हामी जन्तेढुङ्गा गाउपालिकाका वारेमा थप सामाग्रीहरु लिएर आउनेछौँ । त्यतिन्जेल सम्म हामी तपाइहरुबाट विदा माग्छौँ । नमस्कार ।
हलेसीन्युजडेस्क, खोटाङ / अशोज ११/ खोटाङको साकेला गाउँपालिकाले आउँदै गरेको...
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान