सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा सामुदायिक रेडियो हलेसी एफ.एम तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

दिपेन्द्र खनाल

फाल्गुन २५, २०७९, Diktelrupakotmajhuwagadi

Image

दिक्तेलमा सञ्चालित दुई दिने मृगौला परिक्षण शिविर सम्पन्न , ११८० जनाले गराए मृगौला परिक्षण

 

हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा दुईदिने निशुल्क मृगौला परिक्षण शिविर सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सदरमुकामस्थित सरस्वती माविको प्राङ्गणमा फागुन २४ गतेदेखि सञ्चालित दुई दिने निशुल्क शिविर आज सम्पन्न भएको हो ।
विश्व मृगौला दिवसको अवसरमा सञ्चालित निशुल्क मृगौला परिक्षण शिविरमा नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलिले मृगौला परिक्षणका लागि टाढाटाढाबाट आएका सेवाग्राहीहरुको मृगौलाको स्किृनिङ, पिसाव र सुगर जाँच गरेर मृगौलाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो ।
डिपिस्टक (Dipstick) विधिबाट मृगौलाको अवस्थाको वारेमा परिक्षण गरिएको रिपोर्टमा जिल्लाको प्रारम्भिक जाँचबाट मृगौलाको अवस्था जानकारी लिने र भविष्यमा भोलिको पुस्तालाई कसरी मृगौला रोगबाट सुरक्षित रहन सक्ने भन्ने अवधारणाबाट शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम सञ्चालन गरिदै
दुई दिने शिविरमा जम्मा ११८० जना सेवाग्राहीले परिक्षण गराएका थिए । जसमा महिला सेवाग्राही ६६१ जना र पुरुष सेवा ग्राही ५१९ जना सहभागी हुनुहुन्थ्यो । १४४ जना ६० वर्ष माथिका उमेरसमूहका जेष्ठनागरिकहरुले परिक्षण गराउनुभएको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।  परिक्षण गराएका मध्ये ९६ जनाको मृगौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका हुँदा थप परिक्षणका लागि जिल्ला अष्पतालसँग समन्वय गरेर जिल्ला अष्पताल रिफर गरिएको जनाइएको छ । परिक्षण गरिएकामध्ये ४२ जनामा पिसावमा चिनिको रोग देखा परेको , २०२ जनामा उच्च रक्तचाप देखा परेको हुँदा उहाँहरुलाई थप परिक्षण र उपचारका लागि अष्पताल जान सल्लाह दिइएको छ ।
फागुन २४ र २५ गते मृगौला परिेक्षण शिविरका साथै स्वास्थ्य र स्वास्थ्य सँग सम्बन्धि विषयहरुमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा विध्यालयका शिक्षक विध्यार्थी, कर्मचारी, पत्रकार, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु सहभागी रहनुभएको थियो । उहाँहरुलाई  वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, सामाजिक अभियन्ता हिम्मतसिंह लेकाली, फेमिली केयर अष्पतालका डा. केके राई, राष्ट्रिय मानव अधिकार आयोग वाग्मती प्रदेशका प्रशासन प्रमुख लोकनाथ घिमिरेले प्रशिक्षण सम्बन्धित विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । 
 

यो कार्यक्रम सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट अब हरेक...

हलेसीन्युजडेस्क, खाटाङ/ जिल्लामा वढ्दो सवारी साधनको चापलाई ध्यानमा राख्दै यसबाट दुर्घटनाको...

—सोनाम सज्जन किराती...

हलेसीन्युजडेस्क, खोटाङ / कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै भएको आन्दोलनमा भएको...

हलेसीन्युजडेस्क, खोटाङ/ ‘यो रेडियो नेपाल हो । अब...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

Horoscopes Icon

All Horoscopes