चैत्र ११, २०७९ , HalesiTuwachung
—सोनाम सज्जन किराती
जब म आउछु
म हिडेको बाटोमा
क्यामेरा अन गरेर
धमाधम धमाधम
तस्बिरहरु खिच्नुहोस
र कति भ्यूज लाईक कमेन्ट
शेयर रियक्ट पाएर
मख्ख हुनुस
अहिलेको टेक्नोलोजीको समयमा
यति नै हो काम
पहिले महाराज हिडि बक्सिनु हुन्थ्यो
रैतीले छाडेर गिडगिडावट
बाटोहरुमा जय जयकार गुन्जन्थ्यो
आज सोही प्रकृया छ
बिल्कुल केही बदलिएको छैन
छ त बोल्न मात्र पाईन्छ
केही क्यामेराहरु थपिएको छ
खिच्न सक्नेले खिच्छ खिचिक्क
खिचिक पारेर
नाटक त उही त हो
जो जहाँ भए पनि पपुलर छु
भन्न भ्याउनु पर्छ
म आउछु
म आएको समय ननिदाउनुस
क्यामेरा अन गरेर
खिचिक खिचिक तस्बिर खिच्नुस
लेख्न मन लागेको लेख्नुस
भन्न मन लागेको भन्नुस
र मन्त्री संग बसेर
खान मन लागेको बन्यजन्तु खानुस
वा टक्र्याउनुस
निकुञ्जहरुको अर्गानिक शिकार
किनभने जो सत्ताको नजिक बस्छ
उसको अपराध सानै हुन्छ
सरकारी पच्छ्याउरोले छोपिन्छ
यस्तो त थियो महाराजको जमानामा
आज पनि कही कतै घटेको छैन
निर्वाध यस्ता हर्कत रोकिएको छैन
किन तिर्नु पर्यो अबैधानिक क्रसरहरुले कर
असंख्य खानी मालिकहरुले
फिरौती डौडाए पुग्छ पार्टी चलाउन
तसर्थ म हिड्ने गोप्य बाटोमा क्यामेरा नतेर्साउनु
यस्तो चाल चरा मुसाले समेत थाहा नपाओस ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !