बैशाख २६, २०८० , HalesiTuwachung
----सोनाम सज्जन किराती
नृशंस छन जो लासहरु
मरेका हैनन
जीवित छन
तिनीहरु माथि पो
प्रश्न गर्न थाल्नुपर्छ ।
ओ जिब्रो ! तिमी कहाँ छौ ?
छानबिन हुने यो मौसममा
ओ आँखाहरु !
तिमी कुन चै भ्रष्टको नालीबेलीले छोपिएका छौ ?
ओ कानहरु !
तिमी सुनेर पनि नसुनेको जस्तैः गरेर
फाल्तु तर्कहरुमा किन रुमल्लिदै छौ ?
ओ नाक ! तिमी नाङ्गो भएका मैसापहरुको फिला सुँगेर
किन सुगाले जस्तैः
उसका घमण्ड रटिरहेछौ ?
ओ छाला ! यी सप्पै समस्या छोपेर
कतिन्जेल बाँच्छौ ?
मलाई त हतार छ,
लुटाहाहरुको कहानीमा
नयाँ नयाँ फिलिमहरु देख्न
नयाँ नयाँ तथ्यहरु सुनाउन
र गोबरमा फूलेको बुकी फूलको अत्तर
सुँगी रहन मन छ ।
र, साँच्चै पाईताला देखि उदारेर
उसका हरेक ब्रम्हलुटका चिहान धनको
खन्न मन छ ।
बिग्रेर सक्कली भुटानी हुनेहरु
जाबो पचास लाख बिर्सन्छन
र नागरिकता त्यागेको ईतिहास चै
झन लेखिनै पर्छ ।
यी आँखाहरु
त्यस्ता लाशहरुको शरीर भित्र उम्रिएको
नक्कली देशभक्तमा दौडिनुपर्छ ।
र, पातपातबाट जरासम्म राष्ट्रियता भरिएर
प्राकृतिक मानव उभिनुपर्छ
हो, त्यस्तो शरीर चाहिएको छ
बलजफ्ती गरेर होईन ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान