सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २५, २०८०, Diktelrupakotmajhuwagadi

Image

दिक्तेलवजारलाई आगलागीको जोखिमबाट बचाउन आगो नियन्त्रण फोहोराकोे व्यवस्था


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको सदरमुकाम दिक्तेलवजारलाई  आगलागीको जोखिमबाट बचाउन फायर हाइड्रेन्ट (आगो नियन्त्रण) को व्यवस्था गरिएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीले विहीवार एक औपचारिक कार्यक्रमका वीच दिक्तेलवजार त्रिवेणीचौकमा फायर हाइड्रेन्टको गेटभल्भ खोली पानीको फोहोरा छाडेर यसको उद्घाटन गर्नु भएको हो ।

रम्वाखोला-माझखोला शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हाल दिक्तेलवजारको त्रिवेणीचौक, सल्लेरीटोल, जिरोप्वाइन्ट, संगमटोल, रत्नपार्क, भानुचोक, हाटडाँडा, जिल्लाअस्पताल चोक, पुरानो बैँकचोक, जिल्ला समन्वय समितिको कार्यालय पछाडि दश स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको छ । वजार आसपास अन्य थप पाँच स्थानमा तत्काल फायर हाइड्रेन्ट जडान गर्ने  योजना रहेको शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयो । फायर हाइड्रेन्ट जडान गरेर त्यसमा ६३ एमएमको पायप ३० मिटर देखि ९० मिटर सम्म जोड्न सकिने र त्यसबाट अरुटाढा लानु परे ३०० मटिर दुरीसम्म पायप जोड्न मिल्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यसका लागि आवश्यक पाइप र फायर हाइड्रेन्ट खरिद गरिसकिएको छ । 

आगलागीका कारण दिक्तेलवजारमा वर्षेनी  वजारवासीले ठूलो क्षति व्यहोर्दै आउनुपरेको छ ।

दिक्तेलवजारभित्र साँघुरो सडक भएको कारण आगलागी भैहालेमा दमकलभन्दा फायर हाइडे«न्ट वढी प्रभावकारी ठानिएकोले बजार क्षेत्र भियाउने गरी यसको व्यवस्थापन गरिएको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा डढेलोका कारण एक वृद्धको ज्यान गएको छ...

Horoscopes Icon

All Horoscopes