भदौ १०, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको केपिलासगढीबाट चारजनाको टोली मझुवागढी कालिका देविथानमा आएर दिवंगतका सम्झनामा फूलका विरुवाहरु रोपेर नयाँ सँस्कारको विउ पनि छरेर गए । केपिलासका किशोर राई, दिर्पना राई, सविना राई र सावित्रा राई भाद्र ९ गते मझुवागढी देविथान क्षेत्रमा आएर आफ्ना दिवंगतको सम्झनामा विभिन्न जातका फूलका विरुवाहरु रोपेर फूलै फूलको पहाड बनाउने अभियानमा आफूहरुलाई पनि समाहित गराए ।
दिक्तेलवजारछेउ श्रृष्टिको आदिकालदेखि उभिएको शुन्दर थुम्किलाई मानव सभ्यताको विकास क्रममा विभिन्न नाम र उपमाले पुकारिदै आयो । चारैतिर विभिन्न गढीहरुका वीच अर्को गढी स्थापना भएकोले यसलाई माझगढीका रुपमा चिनिदा चिनिदै मझुवागढी नाम रहेको विश्वास गरिन्छ भने छेवैमा कालिका भगवती देविथानको प्रादुर्भावसँग यस आसपास रहेका किराँत रणवीर हाङ, विरञ्ची र चामु कटवालको नाम जोडिन्छ । पुग नपुग एक शताव्दि अगाडी यी तीन पात्रहरुले रातमा एकैचाटी देवि प्रकट भएर अहिलेको ठाउँ जहाँ घना जंगल थियो, त्यसआसपास आफू रहेको र शुद्ध चित्तले आएर ध्यानपूर्वक खोजी गरिएमा दर्शन पाइने सपना देखेपछि उनीहरुले त्यसै गरे । अहिले जहाँ कालिका देविको मन्दिर छ, त्यही बाघले रखवारी गरिएको अवस्थामा देविको प्रतिमा भेटिए पछि त्यही समयदेखि मन्दिरको स्थापना गरी पुजा अर्चना शुरु भएको मानिन्छ । मझुवागढीमा धेरै पछि सम्म विजयादशमीको पर्वमा फूलपाती चढाउने, वढाई गर्ने प्रचलन रहेको अग्रजहरु बताउनुहुन्छ । अध्यावधि त्यहा उधौली उभौली पर्वमा किराँत सँस्कृति अनुसार साकेला नाँच नाचिन्छ । यहाँबाट टाढा टाढाका शुन्दर भूदृष्यहरु देख्न सकिन्छ ।
समयको गतिसँगै मझुवागढी कालिका देविथानको महिमा र प्रशिद्धि फैलिदै गयो ।
त्यो ठाउँको धार्मिक, ऐतिहासिक–साँस्कृतिक तथा प्राकृतिक महत्वलाई ध्यान दिदै पछिल्लो चरणमा यो थुम्किलाई हरियाली जंगलका रुपमा मात्र होइन,समय अनुसार फुल्ने÷फक्रने मौसमी फूलका विरुवाहरु रोपेर कालान्तरमा फूलैफूलको पहाड बनाउने शुन्दर परिकल्पना अनुसार कार्ययोजना तयार गरिएको छ ।
दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा देविथान सामुदायिक वन उपभोक्ता समिति, मझुवा कालिका भगवती संरक्षण तथा विकास समिति, जिल्ला वन डिभिजन कार्यालयले शुभम फाउण्डेशन, सशस्त्र प्रहरीवल हलेसी गुल्म, जिल्ला प्रहरी कार्यालय, मुढे शैनिक व्यारेकको सहयोग र स्थानीयवासीहरुसँगको सहकार्यमा फूलैफूलको पहाड बनाउने अभियानलाई गत वर्षदेखि अगाडि बढाइएको नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ ।
यो अभियानलाई व्यवस्थित र दीर्घजीवी बनाउन प्रभावकारी कार्यविधि बन्दै गरेको उहाँको भनाई छ । त्यहाँ फूलका विरुवा रोप्न नगरपालिकासँग समन्वय गरेर नगरपालिकाद्धारा तोकिएको प्रजातिका फूल र तोकिएको स्थानमा मात्र रोप्न सकिने नगरप्रमुख भट्टराई बताउनुहुन्छ । यदि यसो गरिएन भने जोजसले पनि जहाँतही लापरवाहीका साथ फूल रोप्ने र त्यसको जगेडा नहुने हुन्छ —उहाँ थप्नुहुन्छ ।
केपिलासगढी ३ बाक्सिला निवासी किशोर राईले पनि पहिले नगरपालिकासँग समन्वय गरेर आफूले देविथान परिसरमा दिवंगत आफन्तको सम्झनामा फूलका विरुवाहरु रोप्न चाहेको बताउनुभयो । यसका लागि नगरप्रमुख भट्टराईले यथोचित सुझाव र सल्लाह दिनुभयो । उहाँहरुका लागि देविथान आसपास सार्वजनिक स्थान तोकियो, जहाँ उनीहरुले दिवंगतका सम्झनामा फूलका विरुवाहरु रोपेका छन् । किशोर राईले २०७५ सालमा निधन भएको आफ्नो छोरो स्वर्गीय स्वर्णिम राईको सम्झनामा फूल रोप्नुभयो । उहाँकी चेलि दिर्पना राईले पनि कान्छी छोरी मेयंमा राईको सम्झनामा, सविना राईले आफ्नी स्वर्गीय आमाको सम्झनामा र सावित्रा राईले आफ्नो स्वर्गवास भएका जेठो छोराको सम्झनामा फूलका विरुवाहरु रोपेर फूलै फूलको पहाड बनाउने महाअभियानमा आफूलाई सहभागी गराउनुभएको छ ।
आफूले रोपेका विरुवाहरु रेखदेख र संरक्षणका लागि वेलावेलामा आफूहरु देविथान मझुवागढीमा आइरहने किशोर राईले बताउनुभयो । यस आसपास नगरपालिकासँग समन्वय गरेर चिल्ड्ेन पार्क , शेल्फि पोष्ट, विसाउने चौतारी या कुनै शुन्दर भौतिक संरचना बनाउन इच्छुक रहेको राई बताउनुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान