भाद्र २८, २०८०, Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपास्थित पञ्चरदोबाटो टोल बिकास समितिद्धारा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा असोज १ गते सोेमवारको दिन खुल्ला लोक दोहोरी प्रतियोगिता सञ्चालन गर्ने भएको छ । उक्त दिन खुल्ला लोकदोहोरी प्रतियोगिता, संगिनीनाच, तिज गितमा खुल्ला लोकनृत्य, साकेला सिलि नेवार समुदायको लाखे, मारुनी आदि प्रतियोगिता गर्न लागिएको पञ्चरदोबाटो टोल बिकास समितिका कार्यक्रम संयोजक धन बाहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले यो कार्यक्रमको सञ्चालन गरिने भएको हो ।
उक्त खुल्ला लोक दोहोरी प्रतियोगिता कार्यक्रममा प्रतियोगीहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएको छ । खुल्ला लोकदोहोरी कार्यक्रममा प्रथम हुनेला्र्ई रु. १० हजार, द्धितिय हुनेलार्ई रु. ८ हजार, तृतिय हुनेलाई रु. ५ हजार र सान्त्वना हुनेलार्ई रु.३ हजार रकम पुरस्कारको ब्यबस्था गरिएको छ । ( लोक दोहारीको शिर्ष भाका खोटाङ जिल्ला बुर्ईपा बजार , सम्झनामा आउछेउ हजार भन्ने रहेको छ )
पन्चरदोबाटो टोल बिकास समितिद्धारा आयोजना गरिन लागिएको तिज बिशेष कार्यक्रममा प्रायोजकहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुर्ईपा वडाकार्यलय, बिजयखर्क मैतृ समाज काठमान्डौ महानगरपालिका १०, समाजसेवीद्धय राजनशेर रार्ई र देबविक्रम रार्ई रहनुभएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनु भयो ।
विशेषतः यो चाडमा माइती(बाबु आमा,दाजुभाइ) ले छोरी/चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ। यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाएर तिज मनाउने गरिन्छ । तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व को रुपमा लिएको छ । आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो।
हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...
२०८० अशोज
असोज महिनामा काम गर्दा आकस्मिक समस्या आइलागे पनि मित्रहरूबाट सहयोग जुट्नेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० भाद्र
वृष राशिको लागि भाद्र महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
असोज महिना मिथुन राशिका लागि मिश्रित रहने देखिन्छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अनावश्यक घुमफिर नगरेकै जाती हुनेछ । महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० अशोज
कर्कट राशिका जातकका लागि अशोज महिनाको सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
२०८० अशोज
असोज महिनामा सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि हुनेछ । पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ , तर आनवास्यक हिँडडुल नगरेकै जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
२०८० अशोज
असोज महिनामा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महिनाको उत्तरार्धबाट कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
२०८० अशोज
अशोज महिना राजनैतिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हात पर्नसक्छ । २० गतेबाट राम्रो गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा धनु राशिका लागि समग्रमा सकारात्मक महिना नै रहेको छ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा मकर राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० अशोज
अशोज महिनामा सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पु¥याउनुहोला । आफ्नो कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता अपनाउनु नै बुद्धिमानि हुनेछ । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
२०८० अशोज
असोज महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । घर ,जग्गाबाट लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।