सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र २९, २०८०, Rawabesi Rum

Image

वडा कार्यलयको आयेजनामा तिज विशेष कार्यक्रम हुँदै

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावाबेसी गाँउपालिक १ कुभिन्डे वडा कार्यलयको आयोजनामा  नेपाली नारीहरुको महान चाड हरितालिकातिजको अवसरमा  असोज १ गते तिज विशेष विभिन्न कार्यक्रम हुने भएको छ । उक्त दिन संगिनी नित्य, हण्डिफोर, म्युजिककल चियर, सामुहिक नृत्य र अन्य बिविध प्रतियोगिता गरिने रावाबेसी गाउँपालिका वडा नं. १ कुभिन्डेका वडा अध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो ।

 मौलिक भेषभुषा र परम्परागत संस्कृतिलाई निरन्तरता दिने हेतुले सो कार्यक्रमको आयोजनागरिएको राईले बताउनु भयो । उक्त कार्यक्रमहरुमा प्रतियोगिहरुलाई सम्मान स्वरुप पुरस्कारहरुको व्यवस्था पनि गरिएकोे वडा सचिब तेजकुमार राउतले जानकारी दिनु भएको छ । उहाँका अनुसार संगिनी नित्यमा  वडा बाट छुट्टयार्ईएको जम्मा रकम रु १२००० मध्येबाट संगिनी नित्यमा सहभागी  टिम सबैलार्ई प्रोत्साहान स्वारुप  बराबर दिने पनि बताउनु भयो ।  

हण्डिफोरतर्फ प्रथम लार्ई  साबुन ४ थान ,सामुहिक नित्यमा प्रथम लार्ई रु ६००० द्धितियहुनेलार्ई ४५००, र तृतिय हुनेलाई ३००० र म्युजिक कलचियर तर्फ प्रथमलार्ई साबुन ४ थान द्धितियलार्ई साबुन ३ थान रतृतियलार्ई साबुन २ थान बितरण गर्ने वडा सचिब  तेजकुमार राउतले बताउनु भयो  । 

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको  छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा–मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।


अहिले एक महिना अगाडिदेखि फेसबुक र युटुबमा नेपाली दिदीबहिनीहरुको तिजमा नाजगान गरेको फोटो र भिडियो देख्न सकिन्छ । बर्षमा एक चोटि मनाइने पर्व अहिले हप्तौ होइन झन्डै एक महिना अघि देखिनै सुरु भएको देखिन्छ जसले गर्दा परिवारिक झगडा र कोलाहल समाजमा वृद्धि भएको पाइन्छ ।चाडलाइ प्रतिस्पर्धाको रुपामा लिएकै कारण अहिले सबैभन्दा बडि हुनेखाने बर्गलाई लागेको छ भने हुँदा खाने बर्गलाई चाडपर्ब पनि अभिषाप बन्दै गएको भान हुन्छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes