आश्वीन ११, २०८०, Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका स्टाटसहरु लेखिन थाले पछि सार्वजनिक चिन्ताको विषय बन्न पुगेको छ । शदियौँ कालदेखि नेपाली समाजमा एकापसमा सद्भाव र एकता कायम रहदै आएकोमा केही समय देखि विभिन्न वहानामा एकता र सामाजिक सद्भाव भड्किने खालका स्टाटसहरु सामाजिक सञ्जालमा लेखिन थाले पछि खोटाङमा चिन्ताको विषय बन्न पुगेको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङको संयोजनमा बुधवार यहीँ विषयमा सर्वदलीय/ सर्वपक्षीय छलफलको आयोजना भएको थियो । अशोज ४ गते कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्य मन्त्रि तिलकुमार मेन्याङ्वो दिक्तेल आउनुहुदा पहिचान पक्षधरहरुले कालोझण्डा देखाएर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीद्धारा बल प्रयोग गरी धरपकड गरिएको भन्दै सामाजिक सञ्जालमा व्यक्तिकेन्द्रित गालिगलौज भइरहेको छ । त्यसलगत्तै गोरु काटिएको तस्विर पोष्ट गरेर विभिन्न स्टाटस लेखिन थालेपछि थप सामाजिक सञ्जालमा पक्ष विपक्षमा कमेन्ट र स्टाटसहरुको लहर नै आए पछि यसबाट सामाजिक सद्भावलाई नै नकारात्मक असर पर्ने चिन्ताले सर्वदलीय छलफल बोलाइएको प्रजिअ सन्तबहादुर सुनारले बताउनुभयो ।
सर्वदलीय/सर्वपक्षीय छलफलमा सबैले समाजलाई सभ्य, मर्यादित, अनुशासित र सद्भावपूर्ण बनाउन विभिन्न कोणबाट विषयवस्तु राखिएका थिए । आफ्नो सँस्कृति, पहिचान र राजनैतिक अधिकारको लागि सबैले सचेत रहन, राज्यसँग माग राख्न पाउनुपर्ने कुरामा सबैको सहमति रहेको तर आन्दोलन शान्तिपूर्ण हुनुपर्ने कुरामा दलहरु वीच एकमत प्रकट भएको छलफलमा सहभागी दलका एक नेताले बताउनुभयो । स्थानीय प्रशासनले पनि निर्दोष व्यक्तिहरुलाई अनुसन्धानका नाममा दुख दिन नहुने, जनताका काम छिटो छरितो सम्पादन गरी जनमैत्री बनाउनुपर्ने जस्ता सुझाव पनि दिइएको उहाँले बताउनुभयो ।
सोही बैठकबाट सबैदलहरुले सामाजिक सद्भाव भड्काउने, आपसमा द्धन्द र झगडा निम्त्याउने खालका स्टाटस नलेख्न/नलेखाउनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकाछन् । त्यस्तै अशोज १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई सफल बनाउन सबैले सहयोग गर्ने, विकास निर्माणमा ढिला सुस्ती र लापरवाही रोक्न सबैले पहल गर्ने समेत निर्णय भएको जनाइएको छ ।
सर्वदलीय बैठकमा जिल्ला समन्वय समतिका प्रमुख सनबहादुर राई, दिक्तेलरुपाकोट मझुवाढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा...
हलेसीन्युजडेस्क, खोटाङ / नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको ...
हलेसीन्यजडेस्क, खोटाङ खोटाङको सदरमुकाम दिक्तेलवजारमा नवौँ उध्योग दिवस मनाइएको छ ।...
हलेसीन्युजडेस्क, खोटाङ / आज विहान पनि काठमाण्डौँवासीले कडा भूकम्पको धक्का महसुस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको बाराहापोखरी गाउँपालिकामा भव्य सास्कृतिक महोत्सव सम्पन्न भएको...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाबाट एक टोलि जाजरकोट केन्द्रविन्दु भएर...
२०८० कात्तिक
कात्तिक महिनामा मेष राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
वृष राशिका लागि कार्तिक महिनामा शुभारम्भको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
कात्तिक महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
२०८० कात्तिक
कात्तिक महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु उचित हुनेछ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
२०८० कात्तिक
सिंह राशिका लागि कार्तिक महिनामा नयाँ कार्यको थालनी हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वाहन लाभ हुने समय छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर मध्य महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति राम्रो नहोला । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
२०८० कात्तिक
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
तुला राशिका लागि कार्तिक महिना राम्रो फल मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
वृश्चिक राशिका लागि कार्तिक महिनामा त्यति राम्रो फल मिल्ने देखिन्न । अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
२०८० कात्तिक
धनु राशिका लागि कार्तिक महिनामा जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
कार्तिक महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवदुर्गालाई आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
२०८० कात्तिक
कुम्भ राशिका लागि कार्तिक महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
२०८० कात्तिक
मीन राशिलाई यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।