आश्विन ११, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार अपरान्ह १ वजेतिर आएको एक कल मोवायल फोनले चिन्ता थपिदिएको छ । प्रदेश खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्रि तिल कुमार मेन्याङ्वोले बुधवार अपरान्ह १ वजेतिर उहाँलाई फोन सम्पर्क गर्दा शुरुमा उहाँ जति उत्साही देखिनुभयो, तर फोनबाट आएको शन्देस सुनेर उहाँ थप चिन्तामा पर्नु भएको हो ।
समन्वय प्रमुख राईलाई भेट्न उहाँकै कार्यकक्षमा पुगेका एक सेवाग्राहीका अनुसार मन्त्रि मेन्याङ्वोको फोन कल आउँदा उहाँको चेहरा निकै प्रफुल्लित देखियो, तर फोनमा कुरा हुँदा हुँदै उहाँको चेहरामा असन्तुष्टि र चिन्ताको भाव स्पष्ट देखिन थाल्यो । उताको आवाज सुन्न नसकिए पनि उहाँ चिन्तित हुदै भनिरहनु भएको थियो–‘पहिले अर्को डाक्टर पठाइदिनुस, अनि मात्र यहाँको डाक्टरलाई हामी रवाना दिनेछौँ । ….. यो त खोटाङवासीलाई धोका हुन्छ मन्त्रिज्यु । ....म अष्पताल व्यवस्थापन समितिको साथीहरुसँग पनि छलफल गर्छु मन्त्रिज्यु ।’
मन्त्रि मेन्याङवो र समन्वय प्रमुखवीच भएको छोटो कुराकानी जिल्ला अस्पताल खोटाङका डाक्टर गौतम मण्डललाई सरुवा गरिएको विषय थियो । गत अशोज ४ गते दिक्तेल आउँदा जिल्ला अस्पतालको अनुगमन तथा निरिक्षण गरी फर्किएपछि जिल्लामा थप डाक्टर उपलव्ध हुने र यहाँको चिकित्सा सेवामा गुणस्तरीयता थपिने जिल्लावासीको अपेक्षा थियो । तर यहाँ कार्यरत छात्रवृत्ति करारका मेडिकल अधिकृत एमवीवीएस(आठौँ) गौतम मण्डललाई जिल्ला अष्पताल तेह्रथुममा सरुवा गरिएको पत्र आएपछि उहाँलाई रवाना दिने कि नदिने अष्पताल द्धिविधामा परेको छ । यही विषयमा मन्त्रिले समन्वय प्रमुखलाई बुधवार फोन सम्पर्क गरी तुरुन्त डा. मण्डललाई रवाना दिन भनेपछि समन्वय प्रमुख राईले मन्त्रिको अनुरोध तत्काल स्विकार्न नसक्ने बताउनुभयो । अर्को राम्रो डाक्टर पठाउने मन्त्रि मेन्वाङ्वोको प्रतिवद्धतामा पनि विश्वास गरिहाल्ने आधार नभएपछि शुक्रवार अष्पताल व्यवस्थापन समितिको बैठक बोलाएर यस सम्बन्धमा निर्णय लिने प्रमुख राईले बताउनुभयो ।
अष्पताल श्रोत भन्छ–‘अष्पतालमा विरामीहरुको चापलाई हेर्दा यहाँ भएका जनशक्तिले समेत भ्याउन सकिरहेका छैनन् । गौतम समेत छात्रवृत्ति करारका एमडिजिपी चतरानन्द यादव, एमविविएस मेडिकल अधिकृत पुस्कल राई, शिद्धार्थ शाह, अर्जुन खतिवडा (डेण्टलतर्फ) र निकसाइमनबाट सुनिल कुमार शाह कार्यरत हुनुहुन्छ ।’
यतिले पनि पर्याप्त सेवा दिन कठिनाई भएर व्यापक जनगुनासो आइरहेको वेला प्रदेशका सम्बन्धित मन्त्रि जिल्ला आउनुहुदा अष्पतालको पनि अनुगमन गर्न भियाउनुभयो । जिल्ला समन्वय प्रमुख, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुबाट यहाँको ;संवेदलनशिल अवस्थाको वारेमा जानकारी गराउदै एक जना पनि स्थायी डाक्टर नहुँदा अस्पताल अस्तब्यस्त रहनुका साथै श्रावण महिनाबाट आर्थिक करोवार ठप्प भएकोे अवस्थाको जानकारी गराउदै स्थायी डाक्टर अविलम्व पठाउन अनुरोध गरिएको थियो । मन्त्रिबाट आश्वासन प्राप्त भयो । तर उहाँ फर्किए लगत्तै अर्को राम्रो डाक्टर पठाइदिने उधारो आश्वासन सँगै यहाँ कार्यरत डाक्टरको समेत सरुवा भैदिदा समन्वय प्रमुख राई थप चिन्तामा पर्नु स्वाभाविक हो । बुधवार मन्त्रिले उहाँलाई सरुवा भएको डाक्टर मण्डललाई तुरुन्त रवाना दिएपछि अर्को राम्रो डाक्टर पठाइदिने फोन आश्वासनले अझ चिन्ता थपिदिएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘रवाना दिएपछि यदि अर्को डाक्टर पाउन सकेनौँ भने जनताको अगाडि मैले के जवाफ दिने ? तसर्थ व्यवस्थापन समितिको बैठकमा गम्भिर छलफल गरेर निर्णयमा पुग्नेछौँ ।’
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !