सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १, २०८०, दिक्तेल रुपाकोट मझुवाढी

Image

पाठेघर सम्बन्धि समस्या भएका महिला दिदीबहिनीहरुलाई मंसिर ३ गतेदेखि निःशुल्क उपचार गराइदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्या भएका करिव १७ महिलाहरुलाई मंसिर २ गते काभ्रेस्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा निशुल्क शल्यक्रिया तथा थप उपचारका लागि लैजाने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराइले हलेसी एफएमलाई जानकारी दिनुभएको छ ।

मंसिर २ गते दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाभित्रका १७ जना पाठेघरसँग सम्बन्धि समस्या भएका महिला दिदीबहिनीहरु र उहाँहरुका लागि एक/एकजना कुरुवा गरी जम्मा ३४ जनालाई मेमोररियल अस्पाताल धुलिखेल लगेर मंसिर ३ गतेदेखि  उपचार शुरु गरिने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय र सहकार्यमा सामुदायिक  सेवा प्रतिष्ठान मध्यपुर ठिमी भक्तपुरको आर्थिक सहयोगबाट  नगरपालिका भित्रका पाठेघर  खस्ने महिलाहरुको  काभ्रेस्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल वनेपामा निःशुल्क अपरेशन  (शल्यक्रिया) तथा स्वास्थ्य परिक्षण हुने भएको हो । 

पहिलो चरणमा १७ जनाको उपचार भएपछि दोश्रो चरणमा अन्यको उपचार हुने समेत जनाइएको छ । यो वर्ष बनेपास्थित शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र भक्तपुर स्थित सामुदायिक सेवा प्रतिष्ठानसँगको सहकार्य एवं सहयोगमा नगरपालिकाले ६० जनासम्म पाठेघर खस्ने समस्याबाट वर्षौँदेखि पीडित आमा दिदी बहिनीको निशुल्क उपचार गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

p
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes