सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २, २०८०, दिक्तेलरुपाकोट मझुवागढी

Image

दिक्तेल हाटडाँडामा लाग्दै आएको हाटवजार अब विहान ७.०० वजेबाट शुरु हुने


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेल वजारस्थित हाट वजारको अनुगमन गरिएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा नियमित शनिवार र बुधवार दुइपटक किसानद्धारा उत्पादित कृषि उपजका साथै अन्य किराना सामाग्रीहरुको क्रय विक्रय गरिने हाटवजारको आज नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ पुरुषोत्तम खड्का, नगर कार्यपालिका सदस्य अन्जना बस्नेत, दिक्तेल उध्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नगरप्रहरी असई प्रभुराम राई लगायतको टोलिद्धारा नियमन/अनुगमन गरिएको हो ।

विगत लामो इतिहास बोकेको यो दिक्तेलजारमा शुरुमा शनिवार हाट वजार लाग्ने भएकोले यो ठाउँको नाम पनि हाटडाँडा रहन गएको स्थानीय बताउँछन् । टाढा टाढा गाउँवस्ति र लेकवेसीका किसानहरुका साथै अन्य उपभोक्ताहरु यही वजारमा आएर आफ्नो कृषि उत्पदित सामाग्रीहरु विक्री गर्ने र आफूलाई आवश्यक सामाग्रीहरु खरिद गर्ने क्रय विक्रयको संगमस्थलका रुपमा यो हाटडाँडा परिचित छ । शनिवारे हाटले मात्र उपभोक्ताहरुलाई समेट्न नसकेपछि बुधवारमा पनि हाट लाग्ने क्रम शुरु भएको पनि धेरै भैसकेको दिक्तेल उध्योग वाणिज्य संघका सचिव  विनोद खड्का बताउनुहुन्छ । सदरमुकामवासीहरु होटल व्यवसायका लागि आवश्यक खाध्य सामाग्रीहरु यही किन्ने गर्दछन् ।

हाटडाँडामा विहान ३.०० वजेदेखि हाट लाग्न शुरु भै विहान ५.३० वजे उठिसक्ने हुँदा टाढाका किसानहरुले बजारमा आफ्ना खाध्य सामाग्रीहरु वेच्न सकस भएको साथै उपभोक्ताहरुले सहज ढंगले किन्न नपाएको गुनासो आउन थालेपछि उपभोक्ता र किसानको भावनालाई सम्मान गर्दै नगरपालिका, उध्योग वाणिज्य संघ र जिल्ला प्रशासनको समझदारीमा आगामी हाटवजार विहान ७.०० वजेबाट लागू गर्ने निर्णय समेत भएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

अनुगमनकै क्रममा नगरप्रमुख भट्टराई तथा दिक्तेल उध्योग वाणिज्य संघका अध्यक्ष आचार्यले दिक्तेलवजारको यो हाटडाँडामा लाग्ने वजारलाई अझ व्यवस्थित र वास्तविक किसान र उपभोक्तामैत्रि बनाउने बताउनुभयो । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes