सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर २, २०८०, दिक्तेल रुपाकोट मझुवागढी

Image

पाठेघर सम्बन्धि समस्या भएको महिला दिदीबहिनीहरुको आजदेखि नै उपचार प्रकृया शुरु


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका पाठेघर खस्ने समस्या भएका  १७ जना महिला दिदी बहिनीहरुलाई काभ्रेस्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल धुलिखेल पुराई उपचार प्रकृया शुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

विरामी तथा उहाँहरुका कुरुवाका साथ नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख वीशन राई र स्वास्थ्यकर्मीहरुको टोली दिक्तेलवजारबाट विहान ७ वजे वनेपा प्रस्थान गरेकोमा वेलुकी ६ वजे वनेपास्थित शीर मेमोरियल अस्पताल पुगेको नगर प्रमुख भट्टराइले बताउनुभयो । अस्पताल पुराउने साथ ५ जना विरामीहरुलाई वेड भर्ना गराई अहिले स्क्रिनिङको काम भैरहेको जनाइएको छ ।

अन्य विरामीहरुलाई भोलि विहान बाट नै उपचारको काम शुरु गरिने बताइएको छ ।

विजयखर्क, वुइपा, नेर्पा, पाथेका, र नुनथलाका १७ जना विरामीहरुलाई एउटा सार्वजनिक वस र नगरपालिकाको गाडीमा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख खेमराज आचार्यको नेर्तत्वमा स्वास्थ्यकर्मीको टीम सहित आज निःशुल्क शल्यक्रिया तथा उपचारका लागि शीर मेमोरियल अस्पताल धुलिखेल पुराइएको हो ।

पहिलो चरणमा १७ जनाको उपचार भएपछि दोश्रो चरणमा अन्यको उपचार हुने समेत जनाइएको छ । यो वर्ष बनेपास्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल र भक्तपुर स्थित सामुदायिक सेवा प्रतिष्ठानसँगको सहकार्य एवं सहयोगमा नगरपालिकाले ६० जनासम्म पाठेघर खस्ने समस्याबाट वर्षौँदेखि पीडित आमा दिदी बहिनीको निःशुल्क उपचार गर्ने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । 

विरामीकासाथ स्वास्थ्यकर्मीको टोलिसँगै  नगरप्रमुख र उपप्रमुख दिक्तेलबाट वनेपा जाँदै


 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes