सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

मंसिर १२, २०८०, दिक्तेल रुपकोट मझुवागडी

Image

दिक्तेलवजारभित्र अव्यवस्थित टाँगिएका तारका लठ्ठाहरु व्यवस्थित गराउन नगरपालिकाको पहल


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम दिक्तेलबजारलाई शुन्दर र व्यवस्थित बनाउने क्रममा दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाले वजारक्षेत्रमा विभिन्न प्रयोजनका लागि अव्यवस्थित ढंगबाट टाँगिएका तारका लठ्ठाहरु व्यवस्थित गराउन शुरु गरेको छ ।

सदरमुकाम दिक्तेलवजारमा विद्युत, टेलिफोन नेटजस्ता कार्यमा जडान गरिएका तारहरु बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अव्यवस्थित रुपले टाँगिएका हुँदा तिनलाई हटाई व्यवस्थित रुपमा मिलाउन सम्बन्धित कार्यालयहरुलाई नगरपालिकाको तर्फबाट निर्देशन समेत गरिसकिएको छ ।

वजार क्षेत्रमा जथाभावी टागिएका तारहरुका कारण तारका लठ्ठाहरु झुण्डिएर कुरुप देखिनुका साथै करेन्ट लागेर दुर्घटनासमेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनावश्यक तार हटाउनका लागि सोमबार नगरापलिकाको नेतृत्वमा अनुगमन गरिएको छ ।

बजारक्षेत्रमा प्रयोगमा आएका भन्दा नआएका तारका लठ्ठाहरु धेरै भएकाले पनि बजारको सौन्दर्यतामा असर गरेकोले अनावश्यक तारहरु हटाउने र त्यसलाई व्यवस्थित गर्ने कार्यमा नगरपालिकाले प्रक्रिया अघि बढाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

पहिलो चरणमा रत्नपार्कदेखि हाडाँडासम्म अव्यवस्थितरुपमा टागिएका तारहरु हटाइने र क्रमश अस्पताल चौक आसपासका क्षेत्रमा जथाभावी टागिएका तार हटाइने नगरपालिकाले जनाएको छ । सेवाप्रदायकले तत्काल जथाभावी झुण्याइएका तारहरु नटाए नगरपालिकाले हटाउँछ र सो बाट लागेको खर्चसमेत संम्बन्धित पक्षबाट नगरपालिकाले अशुल उपर गरिने नगरपालिका श्रोतले जनाएको छ ।

नगरपालिकाले सम्बन्धित सेवा प्रदायक कम्पनिलाई गत असोज ३० गते अनावश्यक तारहरु हटाउन पत्र लेखी पठाएको थियो । नगरपालिकाको निर्देशन पछि नेपाल टेलिकमको कार्यालयले सोमवारबाट दिक्तेलस्थित भानुचौक देखि त्रिबेणीचौकसम्म अनावश्यक तथा प्रयोगमा नआएका तारहरु हटाउने काम शुरु गरिसकेको छ भने अन्य सेवा प्रदायाकले आज मंगलबारबाट काम शुरु गर्ने बताइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, नगरप्रवक्ता एवम् वडा नंं ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा १ दिक्तेलका वडाध्यक्ष नवराज राई, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्य, नेपाल विद्युत प्रधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख, नेपाल दुरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) शाखा खोटाङका निमित्त प्रमुख, टेकमाइण्ड नेटवर्क र सुबिसु इन्टरनेटका प्रतिनिधि लगयतले रत्नपार्कदेखि हाटडाँडासम्म सोमवार संयुक्त अनुगमन गरेका थिए ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes