माघ २४, २०८०, Khotang
‘जनताको भरोसा टुट्न दिने छैनौ’ – अध्यक्ष रविप्रकाश राई
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ । गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल जगतलाई माथि उठाउनको लागि सिङ्गो पालिका सरकार लागि पर्ने कुरा बताउनुभएको हो ।
साकेला गाउँपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ताको व्यवस्थापनमा मंगलबारदेखि स्थानीय नौलाखर्क खेलमैदानमा सुरु भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले आजका विद्यार्थी नै भोलिको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । हामीलाई जनताले भरोसा गरि नेतृत्वमा पुर्याउनुभएको छ, हामी तपाईहरुको भरोसालाई निराशामा बद्लिन दिदैनौ, उहाँले भन्नुभयो पालिकाबासी नागरिकले देखेको सपनालाई व्यवहारमा रुपान्तरण गरि पालिकालाई दिगो विकास गर्न प्रयत्नशिल छौं ।
अध्यक्ष राईले साकेलाको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने बताउनुभएको छ । साकेला गाउँपालिका सरकार जनताको सरकार भएको हुँदा जनतानै मालिक बनाउने हाम्रो सपना छ, गाउँपालिकाको हरेक क्षेत्रमा कुनै प्रकारको पनि विभेद नभएको बताउनुहुँदै उहाँले जनताको निर्णय र माग बमोजिम नै पालिका सरकार सञ्चालन हुने उद्घोष गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउनुभयो । पालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाउन पालिका सरकार लागिरहेको बताउनुहुँदै पालिकाले गर्ने हरेक सकारात्मक विकासमा आम नागरिकको सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा गाउँ शिक्षा समिति सदस्य तथा पूर्व सांसद कूल प्रसाद फुयाल, पूर्व गाउँपालिका उपाध्यक्ष सरिता खड्का, १ नम्बर वडा अध्यक्ष हेमन राई, नेकपा एमालेका नेता गोपिकृष्ण खड्का, शिक्षक महासङ्घका अध्यक्ष इन्द्रकुमार तामाङ, साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कुमार राई लगायतले साकेलाको खेलकुदको विकास गर्नका लागि संस्थागत रुपमा लागि पर्नु पर्ने सुझाव दिनुभएको छ । साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी बिहीबार सम्म सञ्चालन हुने जनाईएको छ ।
प्रतियोगितामा भलिवल तर्फ छात्रछात्रा, कब्बडी, हाईजम्प छात्रछात्रा, लङ्गजम्प छात्रछात्रा, सटफुट छात्रछात्रा, रिले दौड छात्रछात्रा, १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर छात्रछात्रा दौड लगायत विभिन्न २६ विधामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिष्पर्धा हुने व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध भएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान तथा अन्य व्यवस्थापन खर्चको व्यवस्थापन समेत पालिकाले गर्नेछ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा खेल्न पाउने शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिनुभयो ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कहिलेबाट शुरु हुने भन्ने बारे टुङ्गो लागेको छैन ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...
२०८१ माघ
माघ महिना मेष राशिका लागि फलदायी रहनेछ । योजना ठूलो बन्नेछ । समय अध्ययन र अनुभवका लागि सकारात्मक देखिन्छ । यध्यपि काममा चुनौती आउनसक्छन् ्। उपव्धि हात पार्न कठिन संघर्ष नै गर्नुपर्ने हुन्छ । तापनि, महत्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ । मेहनतले अवसर प्रदान गर्नेछ र जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । प्रयत्न गर्दा नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । व्यापारमा राम्रै फाइदा हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिए पनि आफ्नाबाट धोका हुन सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ । महिनाको अन्ततिर अकस्मात खर्च बढ्नेछ, सजग हुनु वेश होला ।
२०८१ माघ
माघ महिनामा वृष राशिलाई आंशिक फलदायी रहनेछ । परिस्थिति धेरै अनुकूल नदेखिए पनि मेहनतले काम सम्पादन हुनेछ । अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब होला। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। महिनाको अन्त्यतिर आम्दानी र स्वास्थ्यमा बाधा पर्नेछ।
२०८१ माघ
माघ महिनामा मिथुन राशिलाई केही चुनौति आउन सक्छ । संघर्ष गर्नुपर्ने हुन्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने समय छ । अस्वस्थताका बाबजुद कामको बोझ बढ्न सक्छ। सोचेको लाभांश नउठ्नाले चिताएको काम रोकिन सक्छ। दुर्भावना राख्नेहरूले बिनाकारण दुःख दिनेछन्। सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ। खर्च बढ्नेछ र आयस्रोत पनि अलि कमजोर बन्न सक्छ। नाम चलेका व्यक्तिले समेत धोका दिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपर्ला।मिहिनेतले काम बन्नेछ। शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।
२०८१ माघ
माघ महिनामा कर्कट राशिलाई केही उतारचढाव आउनेछन् । पतिपत्नीबीच मतभेद बढ्नेछ भने प्रेम सम्बन्धमा खटपटि आउन सक्छ । अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ । घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला। तापनि अध्ययनको सफलताले विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। व्यापारबाट आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
२०८१ माघ
माघ महिना सिंह राशिलाई विशेष उपलब्धिमूलक रहनेछ । शत्रुबाधा वा कामका विविध झमेलाहरूको माहोलबाट अघि बढ्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ । आँटले काम लिँदा विभिन्न स्रोत प्राप्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नेछ। भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। खर्च बढे पनि आर्थिक समस्या समाधान हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। ईष्र्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आम्दानी बाहिरिनाले बेलाबेला अर्थ अभाव सामना गर्नुपर्ला। दोस्रो सातादेखि काममा प्रगति हुनेछ। कर्मसाधना गर्नेहरूलाई फाइदा हुने समय छ।
२०८१ माघ
माघ महिना कन्या राशिलाई सामान्य फलदायी रहनेछ । स्वास्थ्यबाधा र पारिवारिक असमझदारीले केही समस्या निम्त्याए पनि पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। चिताएका काममा केही विलम्ब भए पनि सहयोगीहरूको साथ जुट्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ। बौद्धिक क्षमता बढ्नेछ। पढाइलेखाइतर्फ राम्रो नतिजा प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ। पहिले अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
२०८१ माघ
माघ महिनामा तुला राशिलाई घरेलु समस्या सुल्झाउन जुट्नुपर्ने समय छ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। कृषि र व्यापारतर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउन सक्छ।
२०८१ माघ
माघ महिना वृश्चिक राशिलाई केही संघर्षमय रहनेछ। तापनि विभिन्न अवसर जुट्नाले काममा उत्साह जाग्नेछ र प्रशस्त फाइदा उठाउन सकिनेछ। सुरुमा रोकिएका काम दोस्रो सातादेखि सम्पादन हुनेछन्। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। नोकरीमा पदोन्नति वा विशेष लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। पेट र कब्जियतको समस्याले सताउने सम्भावना छ।
२०८१ माघ
माघ महिनामा धनु राशिलाई कामको चाप बढ्ने सम्भावना छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि तपाईंको गन्तव्य लक्ष्य नै हुनेछ। काममा चुनौती देखिए पनि आशा गरिएको फल बिस्तारै प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। मिहिनेतले प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। स्वास्थ्यमा शिर तथा पेटको समस्याले सताउन सक्छ। आवश्यक पर्दा आफन्त र साथीभाइसँगको सहयोग नजुट्न सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। जिम्मेवारी पूरा गरे पनि सम्बन्धमा उतारचढाव आउन सक्छ।
२०८१ माघ
माघ महिना मकर राशिलाई सामान्य फलदायी रहनेछ । अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि सफलताको यश प्राप्त हुनेछ। आँटले पुरुषार्थी काम सम्पादन हुनेछ। परिस्थिति संघर्षमय रहे पनि आर्थिक रूपमा फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले उल्झनहरू हटाउन सफल भइनेछ। प्रतिष्ठाको संघर्षमा विजय प्राप्त हुनेछ। दौडधुपमा खर्च बढे पनि आम्दानी प्रशस्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष विशेष फाइदा हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ । महिनाको मध्यतिर खर्च बढ्नाले अर्थअभाव देखा पर्न सक्छ । स्वास्थ्यमा टाउको दुखाइ तथा आँखाको कमजोरीले सताउने सम्भावना छ ।
२०८१ माघ
माघ महिना कुम्भ राशिलाई केही खर्चिलो रहने देखिन्छ । विवादास्पद काममा हात हाल्नाले अलि दुःख पनि पाइनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। काम बने पनि पूर्वाद्र्धमा खर्च बढी हुनेछ। सहयोगको नाउँमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। अनावश्यक दौडधुपमा पनि समय बित्नेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। वादविवाद र मुद्दा–मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
२०८१ माघ
माघ महिना मीन राशिलाई उपलब्धिमूलक रहनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मानसम्मानका साथ प्रशस्त आम्दानी हुनेछ । समाजमा सम्मानित स्थान प्राप्त हुनेछ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ । पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। सोखले विलासी वस्तुहरू जुटाउन प्रेरित गर्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थीमा मन रमाउनेछ। एकपछि अर्को गर्दै महत्त्वाकांक्षा पूरा गर्न सकिनेछ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। सोखले खर्च बढाए पनि विलासी वस्तुहरू जुटाउने समय छ यो महिना यात्राको सुयोग छ ।