सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

माघ २५, २०८०, Khotang

Image

फरक तरिकाबाट जन्मदिन मनाउँदै पालिका अध्यक्ष रविप्रकाश राई


हलेसीन्युजडेस्क, खाटाङ /

खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले यस वर्षको जन्मदिन स्थानीय सरकारहरुमध्यकै अरु भन्दा फरक शैलीबाट मनाउनुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई विद्यालयमै पुगेर एलसिडी ट्याबलेट उपलब्ध गराई आफ्नो जन्मदिन मनाउनु भएको हो । 

आफूले पाएको सेवा सुविधाबाट अध्यक्ष राईले पालिकाका भित्रका २२ वटा बालविकास केन्द्रमा अध्ययनरत २२० भन्दा बढी बालबालिकाहरुलाई राईटिङ ट्याब्लेट उपलब्ध गराउनुभएको छ साथै बालबालिकासँग खुशी साटासाट गर्दै आफ्नो जन्मदिन मनाउनुभएको हो । यसरी जन्मदिन मनाउने क्रममा अध्यक्ष राईले बुधबार आफ्नो जन्मस्थल र आफूले प्रारम्भीक शिक्षा सुरु गरेको चण्डेश्वरी आधारभूत विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत बालबालिकालाई एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराउनुभएको छ । 

वडा अध्यक्ष हेमन राई, विद्यालयका प्रअ तथा शिक्षक, अभिभावकहरु समेत उपस्थित कार्यक्रममा अध्यक्ष राईले आफूले पाउने सेवा सुविधाबाटै आफ्नो जन्मस्थलमा अवस्थित जहाँबाट आफूले प्रारम्भीक शिक्षा सुरु गरेको चण्डेश्वरी आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयको बालकक्षा र अन्य भौतिक व्यवस्थापनको मर्मत र व्यवस्थापन गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिक्षा समृद्धिको जग भएको हुँदा शिशु तहबाटनै बालबालिकालाई आधुनिकतासँग जोडेर शिक्षा प्रदान गर्नुपर्ने धारणा अनुरुप बालबालिकालाई उक्त ट्याब्लेट उपलब्ध गराईएको अध्यक्ष राईले बताउनुभयो । शिक्षा समृद्धिको जग हो जग बलियो भएन भने घर पनि बलियो हुँदैन, म सँग पैसा धेर भएर यो समाग्री वितरण गरिएको हैन, बालबालिकालाई शिशु अवस्थाबाट नै शिक्षाप्रतिको भावना उजागर गर्न र बच्चाको भविष्य सुधारको लागि सुरुवात गर्ने उद्देश्यका साथ एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराईएको अध्यक्ष राईले बताउनुभयो । बालबालिकालाई प्रदान गरिएको यो ट्याब्लेट ठूलो हैन, सानो कुराले सकारात्मक कुराको थालनी हुने अपेक्षा सहित बालविकास कक्षामा अध्ययनरत बालबालिकालाई समाग्री प्रदान गरिएको बताउनुभयो । अध्यक्ष राईले प्रविधिमैत्री शिक्षा प्रदानका लागि पालिका प्रयत्नशिल भएको बताउनुभएको छ । अन्य बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई भने शिक्षा शाखा संयोजक कविराज राई मार्फत विद्यालयका प्रधानाध्यापकहरुलाई उक्त एलसिडी राईटिङ ट्याब्लेट उपलब्ध गराईएको छ । 

अपाङ्गलाई ह्वीलचियर हस्तान्तरण

यसैबीच गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर परेर अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर हस्तान्तरण गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुको पुनस्थापनाको लागि साकेला गाउँपालिकामा सहकार्य गरिरहेको करुणा फाउण्डेसनको सहयोगमा साकेला गाउँपालिका २ रतन्छा निवासी चन्द्रकला राईलाई अध्यक्ष राईले घरमै पुगेर ह्वील चियर हस्तान्तरण गर्नुभएको छ । अर्का अपाङ्गता भएका सोही स्थानका सात वर्षिय सृष्टि राईलाई पनि घरमै पुगेर ह्वील चियर हस्तान्तरण गरिने अध्यक्ष राईले बताउनुभयो ।

      पालिका अध्यक्ष राई विध्यार्थी भाइबहिनीहरुसँग आफ्नो जन्मोत्सव  मनाउदैको क्षण

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes