सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र ९, २०८०, Khotang

Image

नयाँ वर्षको अवसरमा रावावेशी–१ कुभिण्डेमा खुला वडास्तरीय पुरुष भलिवल प्रतियोगिता हुदै


पुरुष तान डोरी, झाँकी प्रदर्शनका साथ सामूहिक नृत्य प्रतियोगिता पनि हुने

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा खुला वडास्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नयाँवर्ष–२०८१ को अवसर पारेर आगामी चैत्र २९ देखि २०८१ बैशाख २ गतेसम्म खुला वडास्तरीय पुरुष भलिवल प्रतियोगिताका साथ वडा स्तरीय पुरुष तान डोरी प्रतियोगिता, झाँकी प्रदर्शन र वडा स्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना हुने रावावेसी गाउँपालिका–१ कुभिन्डेका वडाध्यक्ष गेहेन्द्रमान रार्ईले हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ ।

“युवाको लागि खेल–खेलका लागि युवा” भन्ने मूल नाराका साथ ‘कुभिन्डे युवा, खेलकुद तथा साँस्कृतिक विकास समिति’द्धारा रावाबेसी गाउँपालिका–१ कुभिन्डेकोे खेलमैदानमा भलिवल प्रतियोगिताका साथ विविध कार्यक्रमको आयोजना गरिन लागिएको समितिका अध्यक्ष योगेस रार्ईले बताउनुभयो । समितिद्धारा खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरिएको पनि बताउनु भयो ।

भलिवल प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले चैत्र २५ गते देखि २८ गते दिउसो १ः०० बजे भित्र रु ४ हजार ५ सय शुल्क बुझाई टिम दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ । यस्तै कुनै खेलाडी तथा टिमलार्ई प्रोटेष्ट गर्नु परेमा सम्बन्धित खेलाडीले खेल खेलिसकेको ३० मिनेट भित्र रु ३ हजार ५ सय नगद धरौटी राखि निवेदन पेश गर्नु पर्ने र प्रमाण नपुगेमा  धरौटी वापतको रकम फिर्ता नहुने आयोजकले जनाएको छ ।

यस्तै नृत्य प्रतियोगिता तर्फ  समूहमा कम्तिमा ६ जना देखि बढीमा १२ जना सम्म हुनुपर्ने, गीत देशभक्ति तथा राष्ट्रियता झल्कने हुनु पर्ने, गीत तथा नाच अनुसारको भेषभुषा अनिवार्य हुनु पर्ने आयोजकले जनाएको छ । 

तान डोरी प्रतियागितातर्फ वडा स्तरीय पुरुष हुनुपर्नेछ भने एक समूहमा ५ जना सम्मिलित हुनुपर्ने जनाइएको छ । तानडोरी प्रतियोगितामा भने रावावेशी गाउँपालिका भित्रका वडाले मात्र सहभागी हुन पाउने भनिएको छ । 

यस्तै झाँकी प्रदर्शन तर्फ विभिन्न जातजातीले आ-आफ्नो मौलिक झाँकी प्रदर्शन गर्नु पर्ने, एक समूहमा कम्तिमा १६ जना देखि २५ जना हुनुपर्ने आयोजकले जनाएकोे छ । झाँकी प्रदर्शनमा रावावेशी गाउँपालिकाभित्रका समुदायलाई मात्र सहभागी गराइने भनिएको छ ।

भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई रु ७० हजार नगदका साथ मेडल र प्रमाणपत्र, द्धितिय लार्ई रु.४५ हजार नगदका साथ मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई रु. ३० हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सान्त्वना हुने टिमलार्ई रु ११ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उत्कृष्ट खेलाडीलार्ई ट्रफिको समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

यस्तै खुल्ला सामूहिक नृत्य तर्फ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलार्ई क्रमश रु. १६ हजार, १२ हजार, ८ हजार र रु. ४ हजारका साथ प्रमाणपत्र दिइनेछ । यसैगरी  पुरुष तानडोरी तर्फ प्रथम, द्धितिय र तृतीय हुने टिमहरुलाई क्रमशः रु. १० हजार बराबरको बोका, ७ हजार मूल्य पर्ने बोका र रु. ५ हजार बराबरको लोकल भालेको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।  

खेल अबधिभर खाने वस्ने व्यवस्था खेलाडी आफैले गर्नुपर्ने भनिएको छ । खेलमा सामान्य चोटपटकका लागि आयोजकले मेडिकलको व्यवस्था गरेको भएपनि गम्भिर चोटपटक लागेमा खेलाडी आफै जिम्मेवारी बन्नुपर्ने समितिले जनाएको छ ।

 

[ खेल-जगतका अन्य खवरहरु---

अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा साकेला-५ मात्तिम प्रथम

१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः दिक्तेलरुपाकोट मझुवागढीको हातमा प्रथम उपाधि

दिक्तेल सोल्मामा यो हप्ताभरि जुनियर खेलाडीहरुको रोचक फुटवल प्रतिस्पर्धा हुदै

छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि साकेला माविलाई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दिरुम नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

लफ्याङमा वडास्तरीय खुला पुरुष भलिवल प्रतियोगिता सम्पन्न

मिलन कसजुको नेतृत्व चयन गर्दै नेपाल कराँते संघ खोटाङको चौथो अधिवेशन सम्पन्न

आईसीसी विश्वकप लिग–२ मा यूएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

दिक्तेल मेयर कप फुटबल प्रतियोगितामा नेर्पाको शानदार विजय }

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes