सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २७, २०८१, खोटाङ

Image

इण्द्रेणीपोखरी आधारभूत अस्पतालबाट भिडियो एक्सरे सेवा प्रारम्भ

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको खोटेहाङ गाउँपालिका–६ र्ईन्देणीपोखरीस्थित आधारभुत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । वडा नं. ६ र्ईन्द्रेणी पोखरीका वडाध्यक्ष बसन्त रार्ईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको प्रमुख आथित्यतामा  बैशाख २६ गते एक कार्यक्रमको आयोजना गर्दै भिडियो एक्स–रे सेवा उद्घाटन गरी सेवा सुरु गरिएको वडाध्यक्ष बसन्त रार्ईले  हलेसी एफ एमलार्ई जानकारी दिनुभएको छ । 

वडाध्यक्ष राईका अनुसार ७ शैयाको आधारभूत अस्पताल भए पनि हाल पाँच शैयाबाट सेवा प्रवाह भैरहेको छ । भिडियो एक्स–रे सेवा शुरु भएसंगै खोटेहाङ गाउँपालिकाका सबै वडा, दिपु्रङचुर्ईचुम्मा गाउँपालिकाको केही वडा, बराहापोखरीको केही वडा, जन्तेढुङगाको केही वडावासीहरुले यहाँबाट भिडियो एक्स(रेको सेवा लिनसक्ने वडाध्यक्ष रार्ईको भनार्ई छ ।

भिडियो एक्स–रे गर्नकै लागि यहाँका हजारौँ स्थानीयहरु टाढा टाढा जानुपर्ने बाध्यता रहेको थियो । अब यहाँ एक्स–रे सञ्चालनमा आएपछि हजारौँ रुपैयाँ खर्च र दुःख हुने कार्य सदाका लागि अन्त्य भएको रार्ई बताउनुहुन्छ । अब आफ्नै वडामा प्रभावकारी सेवा पाउदा त्यहाका स्थानीयबासिन्दाहरु खुुशी भएका छन् ।

पाँच शैयाको यस आधारभूत अस्पतालमा  एमबीबीएस डाक्टर एक जना,  हेल्थ असिष्टेट एक जना, अहेव र अनमि २४ घण्टे सहित ४ जना, रेडियोग्राफर १ जना, ल्याव टेक्निसियन १ जना र कार्यालय सहयोगी २ जना रहेका छन् ।

भिडियो एक्स–रे उद्घाटनसँगै बुधवार वडा नं. ६ र्ईन्द्रेणीपोखरीलार्ई  पूर्णखोप सुनिश्चितता वडा पनि घोषणा गरिएको छ । उक्त वडाका १६ महिना देखि ५९ महिना सम्मका  ७३ जना बालबालिकहरुले राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेपबि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई (जापनिज इन्सेफलाइटिस) खोपको मात्रा पूरा गरेको आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको  खोटेहाङ गाउँपालिका ६ र्ईन्द्रेणी पोखरीका वडाध्यक्ष  बसन्त राईले  जानकारी दिनुभयो ।

कार्यक्रममा  गाउँपालिका अध्यक्ष उदिम बहादुर रार्ई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाका जनप्रतिनिधिहरु, पालिका स्वास्थ्य शाखाका कर्मचारी, वडाका कर्मचारी, विभिन्न राजनितिक दलका पदाधिकारी स्वास्थ्य स्वयं सेविका,  आमा समुह, नागरिक समाज, शिक्षक एवम् बिध्यार्थी, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।


 

हलेसीन्यजुडेस्क, खोटाङ / खोटाङमा सञ्चालन भैरहेको वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक,...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा ...

हलेसीन्युजडेस्क, खोटाङ / नेपालका चर्चित कलाकार सुनिल थापा “राते काईंला”ले दिक्तेल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम...

खोटाङका प्रदेश सांसद पाँचकर्ण राई सामाजिक विकास मन्त्रीमा नियुक्त हलेसीन्युजडेस्क,...

Horoscopes Icon

All Horoscopes