बैशाख ३१, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकाम दिक्तेल वजारमा शुरु भएको ‘‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१’’ को पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ । आज बैशाख ३१ गते पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै विजयी प्रतियोगीहरुलाई पुरस्कार तथा सो अवसरमा विश्व किर्तीमानी धावक बैकुण्ठ मानन्धरलाई विशेष सम्मान समेत गरिएको जनाइएको छ ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ-हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत सोमबार आयोजना गरिएको २१ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उपाधि चुम्नुभएको छ । महिला तर्फ प्रथम उपाधि चुम्न सफल बुढाले एक घण्टा २८ मिनेट ४६ सेकेण्ड तथा पुरुष तर्फ राईले एक घण्टा नौँ मिनेट ४८ सेकेण्डमा अरुलाई पछि पार्दै निर्धारित दुरि पार गर्नुभएको थियो ।
हाफ म्याराथन विजयी दुवैलाई जनही नगद पुरस्कार रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै एक घण्टा १० मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुरुषमा त्रिभुवन आर्मी क्लवकै सञ्जय श्रेष्ठ र एक घण्टा २८ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै महिलामा त्रिभुवन आर्मी क्वलकै पूर्णलक्ष्मी न्यौपानेले दोश्रो स्थान सुरक्षित गर्दै रु. ५०/५० हजार राशीको नगद पुरस्कार,ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ । यसैगरी एक घण्टा ११ मिनेट १६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै पुुरुषमा त्रिभुवन आर्मी क्लवका शुशिल कुमार शाही र एक घण्टा ५० मिनेट ६ सेकण्डमा दुरी पार गर्दै महिलामा केपिलासगढी गाउँपालिका-४ बाक्सिलाकी दिर्पा बस्नेतले रु. २५/२५ हजार राशीको तेश्रो पुरस्कार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
१५ वर्ष माथिको खुल्ला महिला÷पुरुष १० किलोमिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका टंक बहादुर कार्की प्रथम, भुपेन्द्र सुनार दोश्रो, देउराज बस्नेत तेश्रो र महिलामा त्रिभुवन आर्मीकै वविता राई प्रथम, सृजना राई दोश्रो र दिक्तेलकी सन्जिला राई तेश्रो स्थान प्राप्त गर्न सफल हुनुभयो । महिला/पुरुषकै प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गरेका छन् ।
३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौडमा काठमाण्डौका धर्मराज महर्जन प्रथम, दिक्तेलका शिव प्रसाद राई दोश्रो र दोलखाका नवराज कार्की तेश्रो हुनुभएको छ । उहाँहरुलाई क्रमशः रु.१५ हजार, रु. १० हजार र रु. ७ हजार नगद पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
छात्रतर्फको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा छात्रमा दिक्तेलका भूमिराज राई प्रथम, दिक्तेलकै सुमन बस्नेत दोश्रो र दिक्तेलका दावा तामाङ तेश्रो र छात्रातर्फ भोजपुरकी बिनिता राई प्रथम, दिक्तेलकी जुहि राई दोश्रो र दिक्तेलकै रेवती राई तेश्रो स्थान प्राप्त गर्न सफल हुनुभयो । उहाँहरुलाई क्रमशः सात हजार, छ हजार र पाँच हजार पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी आमा समुहको तीन किलोमिटर दौडमा दिक्तेलका सम्झना भट्टराई प्रथम, दिक्तेलकै एलिना राई दोश्रो र दिक्तेलकै निर्मला राई तेश्रो हुनुभयो । उहाँहरुहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
६० वर्षमाथि पुरुषको १६सय मिटर दौडमा काठमाण्डौका पुष्पलाल श्रेष्ठ प्रथम, दिक्तेलका बुद्धविर लामा दोश्रो, दिक्तेलकै भुपेन्द्रराज राउत तेश्रो हुनुभयो । उहाँहरुले क्रमशः पाँच हजार, तीन हजार, दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
छात्रछात्रा १२ वर्षमुनिको १६ सय मिटर दौडमा छात्रमा दिक्तेलका आयुष श्रेष्ठ प्रथम, दिक्तेलकै रिवल राई दोश्रो, दिक्तेलकै रिलन नेपाली तेश्रो हुनुभयो भने छात्रामा भोजपुरकी करिना राई प्रथम, खोटाङकी अनिशा श्रेष्ठ दोश्रो र खोटाङकै अस्मिता श्रेष्ठ तेश्रो हुनुभयो । छात्रछात्राले समान रुपमा क्रमशः जनही तीन हजार, दुई हजार र एक हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि म्याराथन धावक बैकुण्ठ मानन्धर, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले पुरस्कार वितरण गर्नुभएको थियो । सोही अवसरमा आजका प्रमुख अतिथि एवं विश्व किर्तीमानी धावक बैकुन्ठ मानन्धरलाई नेपाली खेलकुद क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत दोसल्ला ओढाइ सम्मान गरिएको छ ।
जेष्ठ १० गतेसम्म आयोजना हुने वृहत महोत्सवमा विभिन्न विधागत प्रतियोगिताको आयोजना गरिनेछ ।
दौड प्रतियोगिताका केही झलकहरु
[ यो पनि -आजदेखि वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव शुरु }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !