सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ २, २०८१, खोटाङ

Image

देउराली मा.वि.डुम्रेले विविध कार्यक्रमकासाथ आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउदै


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको रावाबेसी गाउँपालिका–४ डुम्रेस्थित श्री देउराली माध्यामिक बिध्यालय डुम्रेधारापानीले विविध कार्यक्रमका साथ ६७ औँ बार्षिकोत्सव तथा अभिभावक  दिवस  मनाउने भएको छ । विध्यालयले आफ्नो ६७ औँ बार्षिकोत्सव तथा अभिभावक  दिवस  आगामी जेठ १९, २० र २१ गते विविध कार्यक्रमको आयोजना गरेर मनाउन लागेको हो ।

जेठ १९ गते बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटनसँगै देउराली माविका विध्यार्थीहरुले मात्र सहभागी हुने आधारभूत तह (कक्षा १–३)का छात्रहरुवीच चक्लेट दौड, आधारभूत तह (कक्षा१–३)का छात्राहरुवीच बेलुन ब्लास्ट प्रतियोगिता हुने देउराली माध्यामिक बिध्यालयका प्र.अ किशोर के.सीले जानकारी दिनु भएको छ । 

यसैगरी रावाबेसी गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका सबै बिध्यालयहरु तथा ऐसेलुखर्क गाउँपालिका वडा नं.६ अन्तर्गत श्री कालीका आधारभूत बिध्यालय र महांकला आधारभूत बिध्यालयमा अध्ययनरत आधारभूत तह (कक्षा४–५)कावीच छात्र लेफ्ट÷राइट तथा सोही क्षेत्रभित्रका विध्यालयमा अध्ययनरत आधारभूत तह (कक्षा ४–५)का छात्राहरुवीच  हिसाव दौड प्रतियोगिता हुने प्रअ केसी बताउनुहुन्छ ।

उहाँका अनुसार रावाबेसी गाउँपालिका वडा नं. ४ र ५, ऐसेलुखर्क वडा न.६ र आयोजक वीच पुरुष भलिबल प्रतियोगिता पनि खेलाइनेछ । भलिबल खेलमा सहभागी हुन आउदा वडा कार्यालय र आयोजकबाट सिफरिश भर्ई आएको एक टिमलार्ई मात्र सहभागी गरार्ईने सगै श्री युवराज हरिदेवि गुरुङ अक्षयकोष छात्रवृत्ति पनि बितरण गरिने प्र.अ केसीले बताउनु भयो ।

यसै गरी कार्यक्रमको दोस्रो दिन जेठ २० गते रावाबेसी गाउँपालिका वडा नं ४ र ५  अन्तर्गतका  बिध्यालयहरुमा अध्ययनरत आधारभूत तह (कक्षा ६–८) का विध्यार्थीहरु वीच अङग्रेजी हिज्जे प्रतियोगिता हुनेछ । एक टिममा ३ जना सहभागी हुने जनाइएको छ । जसमा १ जना छात्रा अनिवार्य गरिएको छ । सोही दिन रावावेशी गाउँपालिकाभित्रका माविका वीच हाजिरी जवाफ प्रतियोगिता गराइनेछ । जसका लागि विध्यालयका माध्यमिक तह (कक्षा ९–१०) का विध्यार्थीहरु ३ जनाको एक टोलि बनाइनेछ ,जसमा १ जना छात्रा अनिवार्य समावेश हुनुपर्ने भनिएको छ ।

यस्तै माध्यमिक तह (कक्षा११–१२ ) का विध्यार्थीहरु सहभागी रहने गरी बक्तृत्व कला  प्रतियोगिता रावावेशी गाउँपालिकाभित्रका माध्यामिक विध्यालयहरुबिच गराइनेछ । प्रति बिध्यलयका  एक छात्रा वा छात्र हुनुपर्ने र वक्तृत्वको विषय सोही दिन प्रस्तुत गर्नु आधा घण्टा अगाडि दिइने जनाइएको छ । यसै गरि  सामुहिक नृत्य खुल्ला हुने भएको छ ।  नृत्यमा समूहगत चार जना हुनुपर्ने र गीत-देशभक्तिपूर्ण हुनुपर्ने बतार्ईएको छ । 

कार्यक्रमको अन्तिम दिन जेठ २१ गते  पुरुष अभिभावकवीच  छेलो, महिला अभिभावकवीच सचेतनामूलक सडक–नाटक,  शिक्षकहरुवीच कविता प्रतियोगिता,  प्र.अद्धारा प्रतिवेदन प्रस्तुत र अन्तमा पुरुस्कार बितरण तथा गौरिनाथ दमयन्ता  शिक्षाकोष / दिव्यराज आचार्य अक्षयकोष वितरणका साथै साँझमा दिपावली गरिने जनाइएको छ ।

कार्यक्रममा अन्तरवडा  भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलार्ई क्रमश  रु.पन्ध्र हजार, रु. दश हजार र रु.पाँचहजार प्रदान गरिने विध्यालय श्रोतले जनाएको छ । यस्तै खुल्ला नृत्यका प्रथम, दोस्रो, तेस्रो हुने टिमलाई  क्रमशः रु.पाच हजार, रु.तीन हजार र रु.दुर्ई हजार, महिला अभिभावकवीच  सडक–नाटकका प्रथम, दोस्रो र तेस्रो हुने टिमलार्ई रु.तीन हजार, रु.दुर्ई हजार, रु.पन्ध्र सय यसै गरि अङग्रेजी हिज्जे र माध्यमिक तहवीच हाजिरीजवफ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुने टिमलार्ई पन्ध्र/पन्ध्र सय, नौँ/नौ सय र छ/छ सय रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।  

यसै गरि माध्यमिक तह ( ११–१२) वीच वक्तृत्वकला, शिक्षकहरुवीच कविता प्रतियोगिता र पुरुष अभिभावकवीच छेलो हान्ने खेलमा प्रथम, दोस्रो, तेस्रोलार्ई क्रमश रु. एक/एक हजार, सात/सात सय र पाँच/पाँच सय रुपैयाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ । चक्लेट दौड प्रतियोगिता, बेलुन ब्लास्ट प्रतियोगिता, लेफ्ट/राइट प्रतियोगिता र हिसाब दौड प्रतियोगिताका  बिजेता प्रथम, दोस्रो, तेस्रोलार्ई क्रमश रु. पाँच/पाँच सय, तीन/तीन सय र दुई/दुर्ई सय नगद पुरस्कार बितरण गरिने  श्री देउराली माध्यमिक बिध्यालयका प्र.अ. केसीले बताउनुभयो
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes