जेठ ०८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडास्तरमा स्थानीय पाठ्यक्रम परिष्कृत/परिमार्जन गर्ने तयारीलाई अगाडि बढाएको छ । हाल भएको पाठ्यक्रमलाई परिमार्जन गर्दै वडास्तरको अनुकूलतालाई समेट्ने गरी पाठ्यक्रम तयार गर्नका लागि विभिन्न क्लष्टर तोकेर ती ठाउँहरुमा जेष्ठ ७ गतेबाट कार्यशाला शुरु गरिएको हो ।
वडास्तरीय अनुकूलतालाई लक्षित गरी स्थानीय पर्यटन, संस्कृति, धार्मिकस्थल लगायत जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई समेटेर जीवनमूखी पाठ्यक्रम तयार गर्ने कामका लागि नगरपालिकाको ६ स्थानहरुमा क्लष्टर तोकी कार्यशाला भैरहेको जनाइएको छ । तोकिएका क्लष्टरहरुमा जेष्ठ ७ र ८ गते सहजकर्ताहरुलाई पठाएर हरेक विद्यालयका प्रअ, विव्यास अध्यक्ष, स्थानीय विषय पढाउने शिक्षक, जनप्रतिनिधिलाई सहभागी गराई कार्यशालाको आयोजना गरी स्थानीय पाठ्यक्रम परिमार्जन सम्बन्धि व्यापक छलफल शुरु भैरहेको जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १, २ र ६ का लागि शुभम फाउण्डेसन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ र ५ का लागि श्रीमाबि बाँसबोटे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ र १३ का लागि नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७, ८ र ९ का लागि अन्नपूर्ण मावि बुवालुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १०, ११ र १२ का लागि कालिका माबि खार्मी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ र १५ का लागि बुईपामा सोमवार र मंगलवार दुई दिनका लागि कार्यशाला भैरहेको छ ।
शुभम फाउण्डेसनमा कार्यशालाका लागि शिवहरी ढकाल, श्रीमाबि बाँसबोटेमा लक्ष्मीप्रसाद खनाल, नुनथलामा बमबहादुर राई, अन्नपूर्ण माबिमा भवकृष्ण ढकाल, कालिका माबिमा प्रतिमान राई र बुईपामा हुने कार्यशालाका लागि ललितकुमार राईले सहजिकरण गरिरहेको नगरपालिकाले जनाएको छ ।
सहजकर्तालाई जेठ १५ गतेसम्ममा स्थानीय पाठ्यक्रमको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ । यसअघि तयार पारिएको स्थानीय पाठ्यक्रम अन्तरगत कक्षा १ देखि कक्षा ५ सम्मको दिरुम ज्ञानमालाको सट्टामा अव हरेक वडाको आआफ्नै विशिष्टतामा स्थानीय विषयको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने र प्रयोगमा ल्याउनेगरी पाठ्यक्रम परिमार्जनको कार्य अघि बढाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
[ यो पनि-दिरुममा स्थानीय पाठ्यक्रम परिमार्जनको लागि विभिन्न क्लष्टरमा कार्यशाला गरिदै }
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान