जेठ ०८, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पास्थित जाल्पा माध्यामिक बिध्यालय र ज्योती माध्यामिक विद्यालयको संयुक्त पहलमा सप्ताहव्यापि स्वास्थ्य तथा पोषण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुलाई पोषणयुक्त खानाको जानकारी तथा स्वास्थ्य परिक्षण सहित स्वास्थ्य अवस्थाको जानकारीका लागि नेपाल सरकारले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको संयुक्त साझेदारीमा हरेक बर्ष जेठ १ देखि ७ गते सम्म सबै विद्यालयमा पोषण सप्ताह संचालन गदै आए अनुसार जाल्पा माध्यामिक बिध्यालय र ज्योती माध्यामिक विद्यालयमा पनि एक हप्ते स्वास्थ्य तथा पोषणयुक्त कार्यक्रम जेष्ठ १ गतेदेखि शुरु भएर ७ गते सम्पन्न भएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले हलेसी एफएमलार्ई बताउनु भयो ।
नगर स्वास्थ्य शाखाप्रमुख आचार्यका अनुसार जाल्पा माध्यामिक बिध्यालय र ज्योती माध्यामिक विद्यालयमा बालबालिकाहरुलाई पोषणयुक्त खाना प्रयोग गर्ने तरिकाबारे जानकारी, स्वास्थ्य अवस्थाको परिक्षण तथा जानकारी, जुकाको औषधि खुवाउने, विद्यालयको वातावरण सरसफाई लगायत अतिरिक्त क्रियाकलाप गरी विद्यालय पोषण सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाई उपलब्धि वृद्धि गर्नको लागि विद्यार्थी पोषण कार्यक्रम हरेक बर्ष विद्यालयहरुमा सञ्चालन गरिदैँ आएको ्ज्योती माध्यामिक बिध्यालय जाल्पाका प्र.अ. गुणराज श्रेष्ठले बताउनु भयो । यस्तै बिध्यालयमा जङफुटको प्रयोग नगरिने, खाजाहरुमा पौष्टिक तत्व प्राप्त हुने मात्र बिध्यालयले प्रयोग गर्ने गरेको प्र.अ श्रेष्ठले बताउनु भयो ।
पोषण सप्ताह कार्यक्रममा बिधालयका विद्यार्थीहरुले कुन कुन खाने कुरामा कुन कुन पौष्टिक तत्व पार्ईन्छ भन्ने कुरामा बिध्यार्थीहरु आफैले चित्र बनाएर प्रस्तुत गरेका थिए । बिशेष गरी अशिक्षा र गरिबीका कारण बालबालिकामा कुपोषण हुने भएकाले विद्यालयमा नै पोषणयुक्त खानाबारे जानकारी गर्नका लागि नेपाल सरकारले यो कार्यक्रम संचालन गरेको वडा नम्बर १२ जाल्पाका वडाध्यक्ष दानबहादुर रार्ईले बताउनुभयो ।
स्मरणीय छ, यो कार्यक्रम जेष्ठ १ देखि ७ गतेसम्म मुलुकभरिका वालवालिकाहरुलाई लक्षित गरी मनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र ३१ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान