जेठ १५, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा गणतन्त्र दिवस-२०८१ को अवसर पारेर शुभकामना आदन प्रदान साथै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको सहकार्यमा आज (जेष्ठ १५) जिल्ला प्रहरी कार्यालयमा शुभकामना आदन प्रदान साथै बृहत रक्तदान कार्यक्रमका साथ १७ औँ गणतन्त्र दिवस मनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले हलेसी एफएफलार्ई जानकारी दिनुभएको छ ।
सरकारले गणतन्त्र दिवसमा तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार आज गणतन्त्र दिवसको मुख्य दिन जेष्ठ १५ गते जिल्लामा कार्यक्रम गरिएको हो ।
इतिहासलाई कोट्याउने हो भने तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफूले लिएको प्रत्यक्ष शासन सत्ता जनतालाई फिर्ता गर्दै विक्रम सम्वत २०६३ वैशाख ११ गते संसद पुनःस्थापना गर्नुभएको थियो । त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले विक्रम सम्वत २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट देशमा गणतन्त्र स्थापनाको घोषणा गरिएको हुँदा हरेक वर्ष जेष्ठ १५ गते गणतन्त्र दिवस मनाइदै आइएको छ ।
खोटाङमा १७ औँ गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ जना वढी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङको परिसरमा गरिएको रुक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रनाउ खड्का, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रनाउ कृष्णबहादुर बम र रेडक्रस शाखाका मन्त्री छत्रकुमार वजिमयले रक्तदान गरेर शुभारम्भ गर्नुभएसँगै जिल्ला समन्वय समितिका उपप्रमुख शुरेसकुमार तामाङ, जिल्ला न्यायाधिवक्ता टिका भुसन घिमिरे, हिमाल न्यौपाने, ओम मोसमी, हिराधन रार्ई, राजेद्र खड्का, सुनिल कार्की, गोविन्द श्रेष्ठ, ज्ञानेन्द्र कार्की, धनकुमार पासवान, दिपेन्द्र महत, अमन चौधरी, भोजराज फुँयालले रक्तदान गर्नुभएको थाहा भएको छ । संकलन भएको रगत रक्त सञ्चार केन्द्र(व्लड बैँक)मा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशुल्क वितरण गरिने आयोजक जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री बजिमयले यो पटक समेत ५५औँ पटक रक्तदान गरी जिल्लामा सबैभन्दा बढी रक्तदान गरेको सगर्व बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–‘रक्तदानले रक्तप्रणालिलाई अझ सकृय बनाउछ । स्वास्थ्यको लागि पनि फाइदा हुन्छ । विसं २०५९ सालमा मैले पहिलोपटक रक्तदान गरेको थिएँ ! आज गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा रक्तदान गरेसँगै मेरो रक्तदान ५५ औँ पटक पुगेको छ ।”
यसैगरि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक खड्काको २२औँ पटक, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णबहादुर बमले दोश्रो पटक, जिल्ला समन्वय समितिका उपप्रमुख शुरेस कुमार तामाङले दोश्रो पटक रक्तदान गर्नुभएको जिल्ला सञ्चार केन्द्र (व्लड बैँक) का प्रमुख बोलराज आचार्यले बताउनु भयो ।
गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला समन्वय समितिका उपप्रमुख शुरेसकुमार तामाङ, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि डिल्लिकुमारी आचार्य, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कुमार आचार्य, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष दिपक पाण्डे (आकाश), खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमय, स्वास्थ्य अधिकृत प्रविण श्रेष्ठ, लागायत जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
आज गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजानिक विदा पनि दिएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !