सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १७, २०८१, खोटाङ

Image

दिक्तेल अल्छेढुंगादेखि अस्पताल चौकसम्म जनश्रमदान मार्फत सरसफाई


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल बजारमा जनश्रमदान जुटाएर सरसफाई गरिएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आज (जेठ १७ गते) दिक्तेलको अल्छेढुङगादेखि हस्पिटल चोकसम्म सरसफाई गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । 

नगरप्रमुख तीर्थराज भट्टराईको संयोजनमा भएको उक्त अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी शिवकिमार कार्की, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीकिमारी आचार्य, नेकपा एमालेका उपाध्यक्ष कुमार आचार्य लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, नगरका प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, १,४ र ५ नं. का वडाका वडाध्यक्षहरु क्रमशः नवराज राई, खगेन्द्र राई, दिनेशकुमार घिमिरे, अन्य जनप्रतिनिधिहरू, खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, सचिव लेखबहादुर खड्का (बिनोद), पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

यसैगरी सरसफाई अभियानमा रणभीम गण मुडे व्यारेकको टोली, जिल्ला प्रहरी कार्यालय खोटाङको टोली, सशस्त्र प्रहरी बल ७ नं. गुल्म हलेसीको टोली, नगरपालिकाका कर्मचारीहरु, आमासमूह, शुभम फाउण्डेसनका निर्देशक सूर्यबहादुर राई लगायतको टोली, एकता टोल सुधार समितिका अध्यक्ष अनुप राई लगायतको टोली, नागरिक समाज, स्थानीय वासिन्दा लगायत अन्य संघसस्थाका पदाधिकारीहरुको सकृय सहभागिता रहेको समाजसेवी गीता बस्नेतले हामीलाई बताउनुभयो ।  

नगरपालिकाको जेसिभी तथा अन्य टोलिले ल्याएको झम्पल, कुटो कोदालो, गैंति आदि प्रयोग गरेर बाटो साथै नालिहरु सरसफाई गरिएको बताइन्छ । नगरपालिकाले बिग्रिएको ठाउँमा तत्कालै गिट्टी, ढुँगा लगाएर मर्मत गरिने नगरप्रमुख भट्टरार्ईले हलेसी एफएमलार्ई बताउनु भएकोछ ।

विगतमा पनि नगरपालिकाले श्रमदान र सरसफाई लगायतको काम गर्दै आएको थियो । 

विहीवार विहान ६.३० वजेदेखि ९ वजेसम्म जुटेको सरसफाई श्रमदान अभियानमा करिब २०० जना हाराहारीको संख्यामा स्वतःस्फूर्त सहभागिता रहेको नगर प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes