सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम संवाददाता

जेठ २४, २०८१, खोटाङ

Image

नेपालको प्रतिनिधि पात्रः रामबहादुरको दुःखान्त


हलेसीन्युजडेस्क, खोटाङ /

नेपालमा अझ पनि विपन्न परिवारका नागरिकहरु कतिले उपचारका अभावमा अकालमा मृत्यु वरण गर्नु परेको छ भने कतिपय उपचारका लागि अस्पतालमा गएपछि या त उपचार खर्चको अभावमा अस्पतालभित्रै बन्दि बन्नुपरेको छ या उपचार सम्भव नभएर मृत्यु भएपछि पनि शव निकाल्न नसकेर वेहाल हुनुपरेको छ । यस्तै समस्याबाट खोटाङ वाराहापोखरीका एकजना विरामीका परिवारले विरामीलाई बचाउन त सकेनन् तर अस्पतालमा उपचारवापत लागेको शुल्क तिर्न नसक्दा केही घण्टा शव जिम्मा लिन बाट बञ्चित हुनुपर्यो ।

                     उपचारका क्रममा

वाराहापोखरी गाउँपालिका वडा नं. १ वाराहाका रामबहादुर विक ब्रेन ट्युमरका कारण जीवन मृत्युको दोसाँधमा विराटनगरस्थित नोवल अस्पतालमा उपचारका लागि पुराईए । उनको ब्रेन ट्युमरको शल्य क्रिया सफल पनि भयो । १ महिनासम्म उनलाई त्यही थप उपचारका लागि राखिन्दा उनको उपचार शुल्क वापत रु ४ लाखभन्दा वढी विल उठिसकेको थियो । तर विरामीको उपचार सफल हुने विश्वासमा परिवारका सदस्यहरु आफन्त शुभेच्छुकहरुसँग हार गुहार गर्दै उपचारमा जुटिरहेकै थिए । 

दैवको खटन !! जेष्ठ २३ गते उनको अस्पतालमै निधन भयो । परिवारमा वज्रपात पर्नु त छदैथियो । अस्पतालबाट शव निकाल्ने प्रकृयामा जाँदा आइसियुमा राखेको चार्ज, साधारण वेडचार्ज औषधि लगायत उपचारवापत सबैको वील रु ४ लाख भन्दा माथिको वजेट देखेपछि थप अत्यास र आपत्तिले विरामीको कुरुवा र छिमेकीलाई हतप्रभ बनायो । उक्त वील फछर्योट नगरी शव जिम्मा लिने वातावरण बन्न सक्तैन थियो । यो समयमा स्थानीय जनप्रतिनिधि, चिने जानेसम्मका राजनैतिककर्मीहरु सबैलाई उहाँहरुले गुहार्नुभयो । सहयोगका लागि याचना गर्नुभयो । गरिव विपन्न नागरिकले भोग्नु पर्ने दारुण तस्विर थियो त्यो । राज्य चैँ लम्पट निद्रामा सुतिरहेको झैँ लाग्थ्यो । 

अन्ततः मोरङजिल्ला क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा केएमसी काठमाण्डौ र नोवल हस्पिटल विराटनगरका सञ्चालक समेत रहनुभएको डा. सुनिल शर्माले उहाँहरु प्रति संवेदनशील बनेर उपचारका क्रममा शल्यक्रिया लगायत आइसियु, वेडचार्ज समेतको शुल्क रु. २ लाख ६९ हजार रकम छुट गराएर आफ्नो तर्फबाट गर्न सक्ने मानवीय उदारता देखाइदिनु भयो । अब औषधिवापत लाग्ने रकमका लागि शुभेच्छुकहरुबाट सहयोग जुटाएर त्यो पनि फछर्योट गरी अस्पालबाट शव वाहिर लैजाने क्रममा रहेको स्थानीय समाजसेवी भुवन श्रेष्ठले बताउनुभयो । 

यो एउटा प्रतिनिधिमूलक घटना हो । जुन देशका नेतृत्वहरु आफ्नो देशमा रहेको सुविधासम्पन्न अस्पतालमा विश्वास नलागी विदेशका महँगो अस्पतालहरुमा  आफ्नो उपचार गराउछन् , तर त्यही मुलुकको आम नागरिकहरु आफ्नै मुलुकको अस्पतालहरुमा समेत चित्त बुझ्दो उपचार गराउन नसक्ने  अवस्थामा गरिवी र विपन्नताको रेखामुनि किचिएर बसिरहनु परेको छ । उपचारको क्रममा मृत्यु भएमा उनका परिवारले अस्पतालमा बुझाउनुपर्ने शुल्क बुझाउन नसकेर शवको यथासमयमा संस्कार गर्न सकिरहेका छैनन्, यो संवेदनशीलतालाई सरकारले, सत्ताले, अझ भनौँ राज्यले कहिले महसुस गरेर त्यही अनुकूलको स्वास्थ्य क्षेत्रको व्यवस्थापनमा भूमिका खेल्लान् । 

निःसन्देह डा. शुनिल शर्माको सहयोग उपलव्ध हुन नसकेको भए रामबहादुरको शव नजाने कतिदिन सम्म अस्पताल परिसरमा वेवारिस झैँ लडिरहने थियो र उनका परिवारले थप मानसिक पिडामा आक्रान्त बन्दै सहयोगका लागि सात संसार गुहार माग्दै हिडिरहनुपर्थ्यो ।

यस्तो सम्झिदा के नेपाली दीन दुःखीहरुका लागि राज्य अझपनि  अभिभावक होइन र गरिव विपन्न नेपालीहरु आफ्नै देशमा अभिभावकत्व विहीन नागरिक बन्न बाध्य भैरहने हो ?
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes