सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ५, २०८१, Khotang

Image

जन्तेढुंगा गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै बालबालिकाहरुले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिसिजी, दादुरा-रुबेला, पोलियो, जापनिज इन्सेफलाइटिस लगायतका १३ वटा रोगविरुद्धको खोप पाएको सुनिश्चित भएपछि आज जेष्ठ ५ गते बुधवार गाउँपालिकालाई औपचारिकरुपमा पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यबहादुर कार्कीले हलेसी एफएमलाई जानकारी दिनुभए अनुसार गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका ७६८ जना बालबालिकाहरु सबैलार्ई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप उपलव्ध गराएसँगै सबै प्रकारको प्रकृया पुरा गरेपछि पूर्णखोप सुनिश्चितता गाउपालिका घोषणा गरिएको हो । 

गाउँपालिका प्रमुख अरुणादेवी राईको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ राई, गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत विनय निरौला, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो । 

यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ, रावाबेँसी गाउँपालिका र बाराहापोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।

 

[ यो पनि-बाराहापोखरी गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषित }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes