सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ५, २०८१, Khotang

Image

चिसापानी खुटास्थित वालोदय आधारभूत विध्यालयको पठन पाठन मैत्री प्रयास


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ५ चिसापानी, खुटास्थित वालोदय आधारभूत विध्यालय नाटेपानीले शैक्षिक वातावरणलाई विध्यार्थीका लागि सहज र पठन पाठनमैत्री बनाउन पोशाकमा समेत एकरुपता ल्याउन आवश्यक ठानेको छ । विध्यार्थीहरुका लागि समान शैक्षिक वातावरण र परिवेश तयार गरी एकापसमा सबैलाई पठन पाठनमा मनोवैज्ञानिक उत्प्रेरणा जगाउन पोशाकमा समेत एक रुपता आवश्यक ठानी सोही अनुसार कार्यान्वयन गरिएको विध्यालयका प्रधानाध्यापक मणिराम कोइरालाले हलेसी एफएमलाई बताउनुभयो । 

प्रधानाध्यापक कोइरालाका अनुसार विक्रम सम्वत २०३० सालमा स्थापित वालोदय आधारभूत विध्यालय नाटेपानीमा हाल २०४ जना विध्यार्थीहरु अध्ययनरतः छन् ।  शुरुमा संस्थापक शिक्षकका रुपमा स्थानीय शैक्षिक अभियन्ता पुण्य प्रसाद अधिकारीले विध्यार्थीहरुलाई पढाउन शुरु गर्नुभएको प्र.अ. कोइराला बताउनुहुन्छ । समयको अन्तरालसँगै विभिन्न उतार चढाव व्यहोर्दै स्थानीय अभिभावक र जनप्रतिनिधि तथा शिक्षकहरुको प्रयासले यो विध्यालयले पठन पाठनमा गति लिइरहेको उहाँको अनुभूति छ । हाल प्रावि तहका शिक्षकहरु ६ जना,  कक्षा ६, ७ र ८ का लागि राहत शिक्षक २ जना, गाउपालिकाको अनुदानबाट  निमावि शिक्षक १ जना, वाल विकास केन्द्रका लागि १ जना र विध्यालय सहयोगी १ जना गरी विध्यालयमा ११ जना कार्यरत रहेको बुझिन्छ ।

विध्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुदेव राईको अध्यक्षतामा बैशाख १८ गते बसेको विध्यालय व्यवस्थापन समितिको बैठकमा स्थानीय अभिभावकहरु समेतलाई आमन्त्रण गरी सबै विध्यार्थीहरुका लागि एकै किसिमका पोशाक अनिवार्य गर्ने निर्णय भएपछि विध्यालयले सबै विध्यार्थीहरुलाई एकै खालको पोशाक उपलव्ध गराएको हो ।

विध्यार्थीहरुका लागि विध्यालयको नाम भएको लोगो अंकित निलो भेस्ट र निलो पेन्ट पोशाकको रुपमा तयार भएपछि जेष्ठ ३ गतेदेखि सबै विध्यार्थीहरुले त्यही पोशाक लगाएर विध्यालयमा उपस्थित हुँदा विध्यालयको वातावरण नै  उत्साहप्रद बनेको विध्यालयका खेलकुद शिक्षक श्यामशुन्दर कार्की बताउनुहुन्छ । 

कक्षागत विध्यार्थीहरुका आधारमा पोशाक शुल्क वापत अभिभावकहरुबाट विध्यालयले रु ६ सय देखि रु. १ हजार सम्म लिइने गरेको विध्यालय श्रोतले जनाएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes