सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड २८, २०८१, Khotang

Image

सभ्यता र सँस्कृतिसूचक कलात्मक द्धार र वोर्डहरु राख्दै/वृक्षारोपण गर्दै साकेला गाउँपालिका


हलेसीन्युजडेस्क, खोटाङ

आ–आफ्नो भूगोल र सिमाना छुट्याउन सबैले परिचयात्मक र साँङ्केतिक तस्विर झल्किने बोर्डहरु राखेको हामीले देख्दै आएका छौं । यात्राको क्रममा भेटिने होर्डिङ वोर्डहरुले केही जानकारी मूलक सन्देश प्रदान गरिरहेको हुन्छ । सबैतिर हुने यस्ता साङ्केतिक कुराहरुले अगाडी हुने वस्तुस्थित, भूगोल र ठाउँको परिचय दिन्छ । कतिपय यस्ता कुराहरु त्यो ठाउँको वास्तविकता, अपरिहार्यता र सभ्यतालाई परिचय दिईरहेको हुन्छ त्यो हामी कतिपयले ख्याल गरिँदैन, तर सोही वोर्डहरुले सहि मार्गदिशा प्रदान गरिरहेको हुन्छ । 


यही मान्यतामा पूर्वी पहाडि जिल्ला खोटाङको साकेला गाउँपालिकाद्धारा अन्तर पालिकाको सिमाना र पालिकाभित्रका दोबाटोहरुमा जानकारीमूलक साङ्केतिक वोर्ड तथा कलात्मक चिन्ह अंकित स्थानीय सामाग्रीहरुद्धारा निर्मित स्वागत द्धारहरु सजाएर राखिन थालिएको छ ा यसले गाउापालिकाभित्र हुर्कदैँ गरेको सँस्कार र सभ्यताको परिचय दिने  मान्यता रहेको बताइन्छ । गाउँपालिकाले आफ्नै गाउँठाउँमा पाईने पात्ले, ढाल्ने र सालको काठबाट होर्डिङ बोर्ड बनाएको छ भने टोल टोल सम्म पुग्ने बाटो र ठाउँको नाम अङ्कित डाईरेक्सन (दिशा) एरो चिन्ह देखाएको छ । 

गाउँपालिकाद्वारा राखिएको होर्डिङ बोर्ड र चिन्हहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिरहेको देख्दा लाग्छ, हामी सँस्कार र सभ्यताले सुसज्जित पालिका प्रवेश गर्दैछौं । हुन त देशको ७५३ स्थानीय तहहरुमध्ये यो पालिका पृथक मान्न सकिन्छ ठाउँठाउँमा देखिने यस्ता डाईरेक्सन वोर्ड तथा स्वागत र विदाईका होर्डिङ वोर्ड देख्दा । अन्य स्थानीय तहहरुले पनि सिमानामा होर्डिङ बोर्ड त राखेकै छन् तर साकेलाले गरेको यो कार्य देशकै नमूना हो । अहिले साकेला गाउँपालिकाले सिमानाक्षेत्रका ८ वटा स्थानमा स्वागत र विदाई बोर्ड राखेको छ भने पालिकाभित्रका हरेक टोल तथा बस्ती सम्म छिर्ने ४० वटा दोबाटोहरुमा डाईरेक्सन बोर्ड राखेको छ ।  

खोटाङ जिल्लाको सबैभन्दा सानो र सुन्दर पालिका साकेलाले सभ्यताको वृक्षारोपण गर्न थालनी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । 

‘हामीले स्थानीय स्तरमा पाईने श्रोतसाधनको उपयोग गरेर होर्डिङ बोर्ड र डाईरेक्सन बोर्ड तयार गरेका हौं, यस कार्यमा स्थानीयले रोजगारी पनि पाउनुभएको छ ।’– अध्यक्ष राईले भन्नुभयो ।

स्थानीय स्तरमा पाईने लेकाली ढाल्ने कटुस र बेँशी क्षेत्रमा पाईने सालको रुखबाट बनाईएको डाईरेक्सन वोर्डहरु फलाम र टिन भन्दा बढी टिकाउ हुन्छ ।

साकेला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बिनियोजन गरेको सात लाख रुपैंया बजेटबाट उक्त कार्य भएको गाउँपालिकाले जनाएको छ ।

त्यसो त गाउँपालिकाले सफा र सुन्दर बनाई वातावरणमैत्री पालिका निर्माण गर्नका लागि वृक्षारोपण र पूर्ण सरसफाईको काम समेत निरन्तर गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा पालिकाका विभिन्न स्थानमा हालसम्म करीव ५० हजार बिरुवा रोपिएको छ भने हरेक टोल तथा बस्ती, सरकारी कार्यालय, विद्यालय, सार्वजनिकस्थल लगायत बढि जनघनत्व हुने पार्क तथा बजार क्षेत्रमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर संकलनका लागि डष्टविनको व्यवस्था गरेको छ । 

गाउँपालिकाले सुरुवात गरेको सरसफाईमैत्री र वातावरणमैत्री पालिका निर्माणको अभियानलाई स्थानीय राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि, नागरिकसमाज, व्यापारी, स्थानीयबासी लगायतले कम्मर कसेर साथ दिएका छन् ।

[यो पनि-‘कृषिमा अनुदान हैन, ऋणको व्यवस्था ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको समग्र विकास निर्माण तथा गत अशोज दोश्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा केन्द्रविन्दु बनाएर गए राती भूकम्प गएको छ...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङका केही युवाहरुले नेपालीहरुको महत्वपूर्ण पर्व दशैँको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / यो वर्षको दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज...

हलेसीन्युजडेस्क, खोटाङ / काठमाण्डौबाट खोटाङ हुँदै भोजपुरका लागि गुडिरहेको यात्रुबाहक बस...

हलेसीन्युजडेस्क, खोटाङ / नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी...

Horoscopes Icon

All Horoscopes