सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • 2025 April 7 Monday
  • 17:4:12
Profile Image

जिवन चाम्लिङ राई

असाड २९, २०८१, Khotang

Image

द्धन्दका कारण विस्थापित भएका उदयबहादुर खड्का २० वर्ष पछि परिवारसँग

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानी खुटा बगैंचा निवासी ५३ वर्षीय उदय बहादुर खड्का (फिस्टे) परिवारबाट सम्पर्कविहीन भएको करिव २० वर्षपछि पुनः परिवारको सम्पर्कमा आउनुभएको छ । तत्कालिन माओवादी द्धन्दको समयमा २०६१ साल मङ्सिर महिनामा गाउँबाट विस्थापित भै परिवारबाट समेत सम्पर्क बिहिन हुनु भएका खड्का २०८१ साल असार १० गते भोजपुरका मिलन राईको सामाजिक संजालमा लेखिएको विवरणका आधारमा खोजि गर्दा भारतको मेघालयको सिलोङ्गमा अलपत्र अवस्थामा भेटिई असार १६ गते मिलन राई र उहाँका साथी बुद्ध राईकै सहयोगबाट खड्कालाई परिवारको जिम्मा लगाइएको हो ।

राईको समाजिक सञ्जाल पढेपछि तत्काल आषाढ ११ गते जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले खोजि कार्यमा सबैलाई सहयोग गर्न अनुरोध गर्दै गाउँपलिकाको तर्फबाट पनि सहयोग गरिने बचनवद्धता जनाउनुभएको थियो ।

खड्का निक्कै अस्वस्थ अवस्थामा भेटिनुभएको थियो । उहाँलाई परिवारले नेपाल ल्याई विराटनगर स्थित कोशी अस्पतालमा असार १८ गते मेडिसिन वार्डमा भर्ना गरि उपचार शुरु गरियो । खड्काको उपचारका क्रममा रिपोर्ट आएसँगै निमोनिया, ग्याष्ट्रीक र हर्नियाबाट उहाँ ग्रसित भएको देखियो । स्वासप्रस्वासमा समस्या भएपछि २१ गते आईसियुमा राखी सघन उपचार गरेपछि खड्काको स्वस्थ्यमा सुधार हुँदै गएको जन्तेढुंगा गाउँपालिकाका कांग्रेस सभापति वाजिन्द्र विष्टले बताउनुभयो । 

उपचारका क्रममा खड्काको स्वास्थ्यमा सुधार भए पछी उहाँलाई २८ गते शुक्रवार डिस्चार्ज गरिएको पालिका सभापति विष्टले जनाउनुभयो ।

उपचारमा खटिएका डाक्टरले उहाँलाई पुनः १५ दिन पछि फलोअपका लागि आउन सल्लाह दिनु भएको बताइन्छ । 

उपचारका लागि जन्तेढुंगा गाउँपालिका तथा आफन्त शुभेच्छुकहरुबाट समेत सहयोग प्राप्त भएको पालिका सभापति विष्ट बताउनुहुन्छ ।
उहाँका अनुसार यतिका लामो समयसम्म खड्काको समय कसरी बित्यो हालसम्म खुलेको छैन । 

अस्पतालबाट डिस्चार्ज भएपछि हाल खड्का उहाँकै धर्मपत्नी पुण्य कुमारी खड्का बस्नेत, बुबा, दाजु भाउजू लगायत परिवारका अन्य सदस्यहरुसँग मोरङ्ग स्थित रङ्गेली २ कर्सियामा रहनुभएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

Horoscopes Icon

All Horoscopes