सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ९, २०८१, Khotang

Image

जन्तेढुंगामा फेरि एकचोटी मानवीय सहयोगका हातहरु सलवलाए


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानमा मानवीय सहयोगका हातहरु फेरि एकचोटी जुर्मुराएका छन् । सो वडाको एउटा टोल हो- अर्जुनेडाँडा । त्यहाँको एक विपन्न र असहाय बृद्धका लागि मानवीयताको उदाहरणीय तस्विरका रुपमा सहयोगी हातहरु मिलेर नयाँ घर निर्माणको काम थालिएको छ । यस अगाडि जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङका युवाशक्तिहरु मिलेर एक असहाय वृद्धका लागि बस्ने व्यवस्थित आवासको निर्माण गरिदिएको समाचार हलेसी एफएम अनलाइनमा प्रकाशित भएको थियो । अहिले जन्तेढुंगाकै यस्तै अर्को समाचार प्रकाशित गर्न लागेका छौँ ।

जन्तेढुङगा १ साविक देविस्थान गाविस) अर्जुनेडाँडामा सानो जीर्ण झुपडीमा अत्यन्त कष्टपूर्ण जीवन बिताउदै आएका बृद्ध  धन बहादुर रार्ई (चौतारे)को परिवारका लागि स्थानीयवासीहरु मिलेर आर्थिक सहयोग संकलनबाट उठेको रकम र श्रमदान जुटाएर नयाँ घर निर्माणको काम थालेकोे नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले  हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।

उहाँले चौतारेबाको परिवार र वर्तमान अवस्थाका बारेमा सविस्तार बताउँदै भन्नुहुन्छ–‘बाजेको ३ छोरा/४ छोरी मध्ये छोरीहरु सबैको बिहे भर्ईसकेको छ । जेठा छोरा चेतनाको कमिले घरमा नबस्ने बाहिर-बाहिर डुलेर खाने, मार्ईला छोरा सानै छ । कान्छा छोरा ९ बर्षको छ । ऊ पनि  कालाजार/कुपोषण लागेको कारण स्कुल जान नसक्ने भएको थियो । हामी छेमिकी हौ, दुःख हेर्न सकेनौ । त्यही भएर केही महिना अगाडि मैले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालार्ई यो कुरा राखेँ । उहाँले सहयोगको बचन दिनुभएपछि धन बहादुर रार्ई(चौतारे)को कान्छा छोरालार्ई उपचारको लागि काठमाण्डौँस्थित केएमसी अस्पताल सिनामंगलमा लगेर निःशुल्क  उपचार गराइयो । उनको अहिले स्वास्थ्य अवस्था ठीक छ ।’ 

उहाँ अझ थप्नुहुन्छ-‘ डा. सुनिल शर्माको पहलमा त्योवेला स्वास्थ्योपचार त निःशुल्क भयो तर औँषधीहरु किन्नुपर्ने भएको कारण हामीले आर्थिक संकलन गर्न सबैलार्ई पहल गरेका थियौँ । देशबिदेशबाट आर्थिक सहयोग संकलन पनि भयो । जम्मा रु १ लाख ६९ हजार आर्थिक सहयोग संकलन भएछ । औँषधी, खाना, खाजा खाएर बाँकी रु ६० हजार बच्यो । उहाँहरुको आवासको समेत दयनीय अवस्था देखेर त्यहीँ रकमबाट सहयागी हातहरु समेत जुटाएर नयाँ आवासको जोहो गरिदिने सोँच बनायौँ । वास्तवमै उहाँ सानो जिर्ण झुपडीमा अत्यन्त कष्टपूर्ण जीवन बिताउदै आइरहनु भएको थियो । हामीले स्थानीयहरुसँग श्रमदान जुटाएर त्यही बचेको आर्थिक श्रोतबाट एउटा सामान्य आवासको परिवन्द गरिदिने संकल्प गर्यौ । त्यसपछि नै धमाधम एक तले घर निर्माण भर्ईरहेकोे छ ।’

एक स्थानीय युवाको कथन छ—‘बृद्ध धनबहादुर रार्ई (चौतारे)को जग्गा जमिन प्रसस्त रहेको छ । तर चेतनाको कमीले गर्दा घरमा कसैले काम गर्दैनन् । बिहान बेलुकी के खाउँ भन्दै दिन बितिरहेको छ । उहाँको छिमेकी हामी युवाहरुले सानो सहयोग गर्न खोजेका हौँ । उहाँको परिवारका सदस्यहरुलाई सकेसम्म आफ्नो नाडी चलाउन पनि सुझाउने गरेका छौँ । गाउँघरमा अर्मपर्म ऐँचो पैँचोका सँस्कार भने हट्दै गैरहेको छ । यसलाई पनि बचाएर चै राख्नै पर्छ ।’

[यो पनि-नयाँ घरसँगै नयाँ इतिहास रच्ने वोपुङका युवाहरु ! ]
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes