कार्तिक ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिप्रुङचुर्ईचुम्मा गाउँपालिका वडा नं.७ टेम्मास्थित काहुले युवा क्लब (KYC) को आयोजनामा सञ्चालन भएको पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद– राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत पुरुष तथा महिला भलिबल प्रतियोगिता कार्तिक ६ गते देखि १० गतेसम्म स्थानीय जन जागृति आधारभुत बिद्यालयको खेल मैदानमा सञ्चालन भएको थियो ।
क्लबका अध्यक्ष दिलिप मगरका अनुसार पुरुष भलिबल प्रतियोगिता तर्फ भोजपुर –२ गोगने प्रथम, दिप्रुचुर्ईचुम्मा गाउँपालिका युवा क्लब द्धितिय र भोजपुर बोया तृतीय भएका छन् । प्रथम, द्धितिय र तृतीय हुने बिजेताहरुलार्ई क्रमशः रु ५० हजार, रु.३५ हजार र रु. २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ । पुरुष भलिबल तर्फ ३८ टिमको सहभागी रहेका थिए ।
यस्तै बिधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी भोजपुर–२ गोगनेका परशुराम खत्री, च्याम्पियन खेलाडी सुदिप रार्ई, र अनुशासित खेलाडी भोजपुर बोयाका मनोज तामाङलार्ई रु १ हजार १ सय एघारका दरले जनही नगद पुरस्कार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
महिला भलिबल प्रतियोगिता तर्फ साकेला गाउँपालिका प्रथम, दिप्रुङचुर्ईचुम्मा गाउँपालिका गोपी द्धितिय र दिप्रुङचुर्ईचुम्मा गाउँपालिका हलहले तृतीय भएका छन् । महिलातर्फ प्रथम, द्धितीय र तृतीय हुने बिजेताहरुलार्ई क्रमशः रु १० हजार, रु.७ हजार र रु.५ हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
महिला भलिबल प्रतियोगिताको बिधागत पुरस्कार तर्फ अनुशासित खेलाडी मेरीना राई हलहले दिप्रुङ, च्याम्पियन खेलाडी ममिता राई दिप्रुङ र उत्कृष्ट खेलाडी अमिता बानिँयालार्ई जनही रु ५ सयका दरले नगद पुरस्कार, साथमा मेडल र प्रमाणप्रत्र प्रदान गरिएको काहुले युवा क्लबका अध्यक्ष मगरले जानकारी गराउनु भएको छ ।
गाउँघरमा रहेका खेलप्रेमी प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपालीहरुको महत्वपूर्ण पर्व दशै र तिहारको वीचमा क्लवले भलिवल प्रतियेगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
[यो पनि-टेम्मा, काहुलेमा साविक वडास्तरीय भलिवल प्रतियोगिता हुँदै ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !