सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

माघ १७, २०८१, Khotang

Image

बाँसुरी बाँदन प्रतियोगितामा कैलास राईको बाँसुरी धुन प्रथम


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ १६ गते शहिद दिवसको अवसर पारेर बाँसुरी वादन प्रतियोगिता सम्पन्न गरेको छ । दिक्तेलवजारस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा बुधवार आयोजित प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कैलास राई प्रथम घोषित हुनुभएको छ ।

आगामी फागुन १५, १६ र १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगपालिकाद्धारा आयोजना हुन गैरहेको राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा बाँसबाट तयार गरिने बाध्य सामाग्री बाँसुरी बादनका लागि प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा १४ जना बाँसुरी बादकहरु सहभागी रहेका थिए ।

वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राई, भलाकाजी राई र नविन संघर्ष राई रहेको निर्णायक मण्डलद्धारा प्रतियोगितामा सहभागीहरुमध्ये कैलास राई प्रथम घोषित हुनुभएको हो । विजयी राईले नगद रु. १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोश्रो, सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेश्रो तथा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो घोषित हुनुहभयो । उहाँहरुले क्रमशः रु.सात हजार, पाँच हजार र तीन हजार सहित प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राईद्धारा प्रस्तुत गरिएको बाँसुरी धुनले आयोजक तथा दर्शकलाई मन्त्र मुग्ध बनाएको थियो । 

यसैबीच, बाँसुरी वादन प्रतियोगिताकै अवसरमा गरिएको विद्यालय स्तरीय गायन र बादन प्रतियोगितामा जालपा मावि जालपा प्रथम, ज्योति मावि जालपा दोश्रो, सरस्वती मावि दिक्तेल तेश्रो, दिक्तेल अंग्रेजी आवासीय विद्यालय चौथो भएका छन् ।

उक्त विद्यालयहरुले क्रमशः रु. २५ हजार, रु.२० हजार, रु.१५ हजार र रु.५ हजार तथा चौथो घोषित जालपा मावि नुनथलाले रु.३ हजार र जगदम्बा मावि बुईपाले रु.२ हजार पुरस्कार पाएका छन् ।

जगदम्बा मावि बुईपाका शिक्षक राजन कुमार बास्तोलाको रचना उत्कृष्ट भएको छ । उहाँले रु.५ हजार तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अनिल कुमार राईको उत्कृष्ट संगीतले रु.५ हजार पुरस्कार प्राप्त गरेको छ ।

विद्यालय स्तरीय गायन र बादन प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएको थियो । केशव कार्की, नरेन्द्र निर्विकार, नविन संघर्ष राई, नगेन्द्र विक्रम राई र भलाकाजी राई गायन र बादन प्रतियोगितामा निर्णायक हुनुहन्थ्यो । विजयी बाँसुरी बादक तथा विजयी विद्यालयहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नुभएको थियो ।
 

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको रावाबेसी गाउँपालिका-२ खार्पामा जन्मनु भएका पूर्व प्रशासक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित महुली सामुदायिक लघुबित्त शाखा कार्यालयले आफ्नो कार्यालयको...

हलेसीन्युडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरप्रमुखसँग विध्यार्थी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes