असार ०४, २०८० , Biratnagar
हलेसीन्युजडेस्क, खोटाङ
प्रदेश सभाबाट गएको फागुन १७ गते प्रदेश नं.१ को नाम कोशी राखिएसँगै पहिचानवादीहरुले शुरु गरेको आन्दोलनले अब वार्ताको चरण प्रवेश गरेको छ । कोशी प्रदेश सरकार र पहिचानवादीबीच आज प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा पहिलो पटक वार्ता प्रारम्भ भएको छ ।
पहिचानवादीहरुको कोशी नाम खारेज गरेर पुनः नाम सच्याउने मागसहित भएको आन्दोलनका क्रममा एकजनाको ज्यान समेत गैसकेको छ । गत चैत्र ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा पदमलिम्वु लाजेहाङ सख्त घाइते भै उपचारकै क्रममा चैत्र १० गते उनको निधन भएको थियो । त्यस्तै कैयौँ घाइते बनेका छन् । सरकारको संरचनामा समेत फेरबदल भएको छ ।
पूर्ववत् गठबन्धनबाट जसपा र माओवादी केन्द्र बाहिरिएसँगै नेकपा एमाले र राप्रपा सम्मिलित सरकार अलपमतमा परेको छ । यही सरकारले पहिचानवादीसँग वार्ता गर्न सरकार पक्षबाट गत जेष्ठ २४ गते सिँचाइ, खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङबोको संयोजकत्वमा उद्योग, कृषि, सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी रहेको वार्ता समिति गठन गरेको थियो ।
यस्तै सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । पहिचान पक्षधरबाट बनाइएको वार्ता समिति सदस्यमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु हुनुहुन्छ । उहाँहरु विभिन्न पार्टी र जातीय संघ संस्थासँग सम्बद्ध हुनुहुन्छ ।
यतिखेर सरकार र पहिचान पक्षिधरवीच पहिलो पटक वार्ता प्रारम्भ भएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !