सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ४, २०८०, Khotang

Image

कोशी सरकार र पहिचान पक्षिधरवीच कस्तोे रह्यो पहिलो वार्ता


हलेसीन्युजडेस्क, खोटाङ /

प्रदेशभरि झिनु आशा जगाउँदै कोशी सरकार र प्रदेश नं. १ पुनःनामांकन संघर्ष समितिका वार्ता टोलीवीच पहिलो चरणको वार्ता सम्पन्न भयो । प्रदेशको नामाकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरतः पहिचानवादी र कोशी प्रदेश सरकारबीच आज प्रदेश राजधानी विराटनगरमा पहिलो चरणको वार्ता भएको हो ।

विराटनगरको विग होटेलमा आज बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो । कोशी नामकरणको विरुद्धमा आन्दोलनरत पक्षसँग प्रदेश सरकारले औपचारिक वार्ता आव्हान गरेर वार्तामा बसेको यो पहिलो पटक हो । 

पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक कोशी सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बताउनुभयो ।

सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले प्रतिकृया दिनुभयो ।  चार घण्टाभन्दा बढी चलेको पहिचानवादी र कोशी प्रदेश सरकारबीचको वार्ताले आजै मूर्त सन्देश दिन सकिने विन्दुसम्म पुग्न नसके पनि वार्तालाई निरन्तरता दिने विषयमा भने दुवै पक्षबीच सहमति भएको जनाइएको छ ।

वार्ता टोलीका सदस्य कुमार लिङ्देनले सरकारी वार्ता टोली सकारात्मक देखिएको बताउनुभयो । ‘विश्वासको वातावरण बनाउन आग्रह गरेका छौं,’ उहाँले भन्नुभयोे- ‘मन्त्रीहरूले प्रदेशका सबै सांसदलाई बोलाइदिने आश्वासन पनि दिएका छन् ।’

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए । यसक्रममा प्रदेश राजधानी केन्द्रित आन्दोलन हुँदा झडप भई एक आन्दोलनकारीको मृत्युसमेत भएको थियो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes