सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ९, २०८०, Diktelrupakotmajhuwagadi

Image

राष्ट्रिय कोटीहोम दिव्य रथयात्रा आज दिक्तेलबजारमा (तस्विरहरुका साथ)


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको सदरमुकम दिक्तेलबजारमा राष्ट्रिय कोटीहोम दिव्य रथयात्रा आईपुगेको छ । विश्वहिन्दु महासंघको सहकार्य तथा ओमकार टेलिभिजन र ओमकार फाउण्डेशनको आयोजनामा गत बैशाख २० गतेदेखि शुभारम्भ भएको राष्ट्रिय कोटीहोम रथयात्रा आज अपरान्ह १.३० वजे खोाटाङको दिक्तेलवजारमा आइपुगेको हो ।

नेपालको गौरव भनेकै धार्मिक परम्परा, साँस्कृतिक सम्पदा र प्रकृतिक विविधता रहेकाले यी क्षेत्रको थप प्रचार प्रसार गर्ने उद्देश्यकासाथ राष्ट्रिय कोटीहोम रथयात्राको प्रारम्भ गरिएको कोटीहोम संकल्पकर्ता एवं ओमकार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा हुमागाईले हलेसी एफएमलाई बताउनुभएको छ  । 

     

हुमागाइका अनुसार महायज्ञको लागि नेपालका ७७ वटा जिल्ला मध्ये १४ वटा जिल्लामा रथयात्रा पुगिसकेकोे छ  । अन्य जिल्लाहरुमा यात्रा निरन्तर जारी रहने कोटीहोम संकल्पकर्ता हुमागाईको भनाई छ ।

परम्परागत साँस्कृत बाजागाजाहरुका साथ दिक्तेलबजारमा स्थानीय बासिन्दाहरुसँगै  नेवारी लाखे नाँच सहित राष्ट्रिय कोटीहोम दिव्य रथयात्रालार्ई स्वागत गरिएको थियो । 

ओमकार टेलिभिजन र ओमकार फाउण्डेशन लगायत भक्तजनहरुको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.११ बनथली लड्केश्वर महादेवस्थानमा विश्वको ठुलो १०८ फिट अग्लोे त्रिशुल निर्माण भएको र त्यस स्थानमा भगवान शिवलाई त्रिशुल अर्पण गर्न तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न राष्ट्रिय कोटीहोम रथयात्रा शुरु गरिएको जनाइएको छ । सोही स्थानमा  १०८ धाराको पनि निर्माण भएको जनाइएकोे छ । 

    

 

    

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारमा आज भदौ ९ गते शनिवार बेलुका ६ बजे कर्म मन्दिरमा गंगा आरती हुने र आर्ईतवार ओमकार टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने स्थानीय भक्तजन छत्रकुमार बजिमयले बताउनुभयो । आफ्नै जिल्लामा कोटीहोम दिव्य रथको दर्शन गर्न पाउदा  दिक्तेलनगरबासीका साथैै अन्य स्थानीयहरु खुसी भएका छन् ।
 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes