सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

भाद्र ३०, २०८०, Diktelrupakotmajhuwagadi

Image

कालिका देविस्थान प्रवेशमार्गमा दिवंगतको सम्झनामा निर्मित स्मृतिद्धारको उद्घाटन


हलेसीन्युजडेस्क, खोटाङ/

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ स्थित मझवागढी देविस्थान परिसरमा कलात्मक प्रवेशद्धारको उद्घाटन गरिएको छ । वडा नं. ५ लफ्याङ कटुवालगाउँ निवासी मानबहादुर कटवालकी धर्मपत्नि स्वर्गीय मनमाया कटवाल, वुहारी स्वर्गीय तारा कटवाल र छोरी स्वर्गीय बेदमाया कटवालको स्मृतिमा उहाँहरुको परिवारबाट मझुवाकालिका देविथान तथा बुद्धेश्वर गुफा परिसर प्रवेश गर्ने मार्गमा निर्माण गरिएको प्रवेशद्धारको आज एक धर्मिक अनुष्ठानका वीच नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई तथा विशिष्ट अतिथिहरुले सामुहिक रुपमा उद्घाटन गर्नुभएको हो ।

विक्रम सम्वत २००६ साल फागुन ११ गते जन्म भै विक्रम सम्वत २०४६ जेष्ठ १४ गते दिवंगत हुनुभएकी मनमाया कटवाल र दिवंगत हुनुभएका बुहारी तारा तथा छोरी बेदमायाका सम्झनामा परिवारका सदस्यहरु छोरा बुहारी युवराज /गीता, किर्ती/मन्जु, भिमबहादुर/टंकमाया एवं पोस्तक/ दिलकुमारी कटवाल, छोरीजवाईहरु बेदमाया/नन्दप्रसाद खड्का, वालकुमारी/दिपक खड्का, खड्गकुमारी(रिता)/उमेश दाहाल तथा नाती नातिनी समेतले नगरपालिका तथा वडासँग समन्वय गरेर बुद्धेश्वर गुफा प्रवेश गर्ने ठाउँमा स्वागत प्रवेशद्धारको निर्माण गर्नुभएको हो ।

आज भएको उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिलाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, जिल्ला विकास समितिका पूर्व सभापति विष्णुकुमार राई, सुरक्षा निकायका प्रमुखहरु, वडा नं. ५ का वडा अध्यक्ष दिनेश कुमार घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघका सदस्य राजेन्द्र राई , नगरपालिका सदस्यहरु अन्जना बस्नेत, मिना  कार्की, ५ नं वडासदस्यहरु पहाडजित राई, गोविन्द कटवाल, पूर्ववडासदस्य वालाराज कटवाल, समाजसेवी नरेश कटवाल, सञ्चारकर्मी  लगायत स्थानीय वासीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes