मंसिर १०, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
नेपालको प्रशिद्ध सांगीतिक प्लेटफर्म भ्वाइस अफ नेपालको तेश्रो राउण्ड नकआउटका लागि खोटाङे चेलि प्रवृत्ती राई छानिनुभएको छ । दिप्रूङचुइचुम्मा गाउँपालिका वडा नं.४ बतासे निवासी प्रवृति राई पहिलो चरण व्लाइन्ड राउण्ड हुदै शनिवार भएको व्याटल राउण्डबाट पनि प्रतिस्पर्धि मुक्तिनाथ दाहाललाई उछिन्दै नकआउटका लागि छानिनुभएको हो ।
दिक्तेलस्थित साइनो कला केन्द्रमा लामो समयसम्म साँगीतिक अभ्यास गरेर काठमाण्डौँ छिरेपछि थप सांगीतिक यात्रामा अगाढि बढिरहनु भएकी प्रवृत्तिका ‘उहिले म सोच्थे, कान्छा’ जस्ता केही साँगीतिक एलवम समेत वजारमा आइसकेका छन् ।
भ्वाइस आफ नेपालको व्लाइन्ड राउण्ड पछि प्रवृत्तिको लागि कोच उदय सोताङले आगामी भ्वाइसको साँगीतिक प्रतिस्पर्धाका लागि प्रशिक्षण दिइरहनुभएको छ । प्रवृत्तिको टिमसँगै कोच उदयसँग अन्य सात टोलिले पनि भ्वाइसको आगामी प्रतिस्पर्धाका लागि प्रशिक्षण लिइरहनुभएको छ ।
अत्यन्त लजालु स्वभावकी प्रवत्तिका लागि प्रतिस्पर्धि जोडी मुक्तिनाथसँग प्रशिद्ध गीत ‘इशाराले बोलाउनु पर्दैन’ भन्ने गीत छानिएको थियो । यो गीत प्रशिद्ध फ्ल्मि ‘अन्याय’मा रत्न शमशेर थापा, इश्वर वल्लभ र प्रदिप रिमालले लेख्नुभएको हो । जसलाई रन्जित गजमेरले संगितवद्ध गर्नुभएको थियो भने भुपेन्द्र सिं र दिपा झाले गाउनुभएको थियो ।
कोच राजेश, कोच प्रमोद र कोच मिलन नेवारको समेत समर्थन पाउनुभएकी खोटाङे चेलि प्रवृत्ति राईलाई आफ्नो कोच उदय सोताङले समेत छानेपछि अब आगामी राउण्ड नकआउटका लागि उहाँले कडा रियाज गर्नुपर्नेहुन्छ ।
हलेसी एफएम, खोटाङका तर्फबाट आगामी प्रतिस्पर्धाका लागि समेत उहाँलाई हार्दिक शुभकामना ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान