सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २९, २०८०, Khotang

Image

मुस्लिम धर्मावलम्बिहरुद्धारा महान पर्व इद उल फित्र मनाइदै / आज सार्वजनिक विदा


हलेसीन्युजडेस्क, खोटाङ

आज इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद–उल–फित्र सबै इस्लाम धर्मावलम्बीहरुले मनाउदैछन् । आज सो अवरसमा सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । यो महिना दिनसम्म व्रत र प्रार्थना गरि रमजान महिनाको अन्त्यसंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी  (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि मनाउने परम्परा छ । इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (बर्त) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बुधबार साँझ चन्द्रमा देखिएको भए बुधबार नै यो पर्व मनाइने र सोही दिन सार्वजनिक विदा दिनका लागि सिफारिस गर्ने तयारी थियो । तर, बुधबार साँझ मुलुकभर कहि कतै पनि चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि मन्त्रालयलाई सिफारिस गरिएको थियो ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

आज राष्टपति, प्रधानमन्त्रि लगायतबाट इदको अवसरमा शुभकामना व्यक्त भएको छ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes