सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ८, २०८०, Khotang

Image

जन्तेढुङ्गा गाउपालिकाले किसानका लागि झिकायो बादर धपाउने यन्त्र


हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बादर आतंक नियन्त्रण गर्नका लागि बादर धपाउने यन्त्र झिकाएकोे छ । किसानहरुले बारीमा लगाएका बालिनाली तथा अन्न पातहरुलार्ई  बाँदरले सखाप बनाएपछि हैरान भएका किसानहरुको मर्कालाई ध्यानमा राखि बादर धपाउन बन्दुकजस्तै आवाजमा पड्किने यन्त्र खरिद गरिएको गाउँपालिका अध्यक्ष अरुणादेवी रार्ईले जानकारी दिनु भएको छ । 

उहाँका अनुसार जन्तेढुङ्गा गाउँपालिकाका किसानहरु हरेक वर्ष वाँदरको ज्यादती बाट आतंकित भएका छन् । खेतवारीमा लगाएका अन्नवाली र घरघुर्यानमा फलेका फलफूल सागपात समेत बाँदरले विनास गरिदिदा  किसानहरुले प्रत्येक वर्ष ठूलो क्षति व्यहोर्दै आएका छन् ।

वर्षेनी किसानहरुले भोग्दै आएको वाँदर आतंक नियन्त्रण गर्न यो वर्ष  गाउँपालिकाले राष्ट्रिय आबिष्कार  केन्द्रबाट ६० वटा बन्दुक खरिद गरेर शुक्रवार गाउँपालिका कार्यालयमा ल्याउँदा किसानहरु खुशी भएको उपाध्यक्ष खेमबहादुर खड्का बताउनुहुन्छ ।

बाँदर धपाउने यन्त्र भोलि शनिवार किसानहरुलार्ई निःशुल्क बितरण गरिने उपाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जन्तेढुङ गाउँपालिका भित्र हाल कायम रहेको ६ वडाहरुमा प्रत्येक वडाका साविक ९/९ वडाहरुलाई सबैले उपयोग गर्ने गरी १/१ वटा बाँदर नियन्त्रण यन्त्र उपलव्ध गराइने छ । 

बन्दुक जस्तो आवाज दिने भए पनि यसलाई बन्दुकको नामबाट नबुझ्न र यसको विशेष नाम राखि नसकिएको हुँदा वादर धपाउने यन्त्र भनेर बुझिदिन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हलेसी एफएमका सुनिल श्रेष्ठलाई भन्नुभयो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes