सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ५, २०८१, खोटाङ

Image

दोर्पा चिउरीडाँडाका किसानहरुलाई बाख्रा पालन सम्बन्धि तालिम दिइयो


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडामा  बाख्रापालन तथा व्यवस्थापना सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । पशुसेवा तालिमकेन्द्र  दुहवी सुनसरीको आयोजना तथा वडा नम्बर ७ दोर्पा चिउरीडाँडाको सहआयोजनामा जेठ १ देखि ५ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।  

तालिममा बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु साथै जोखिम न्यूनिकरणको लागि पशुपंक्षीको वीमा लगायतको विषयमा ५१ जनालार्ई प्रशिक्षण दिइएको वडा नंः ७ का वडाध्यक्ष हरिप्रसाद चौलागार्ईले हलेसी एफएमलार्ई बताउनुभएको छ । उहाँका अनुसार दोर्पाका स्थानीय व्यावसायिक बाख्रापालक कृषकहरुका आवश्यकता र मागको आधारमा बजारको व्यवस्थापन, प्राविधिक स्तरबाट बाख्रापालन सम्बन्धिका योजनाहरुलाई परिणाममुखी बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागी हुनुभएका वडा नं. ७ चिउरिडाडा, आहालेका बाख्रा पालक थानवीर रार्ईको भनाई छ–‘युवाहरूलाई पशुपालन र कृषिमा आकर्षित गर्न र टिकाउन सरकार उदासीन जस्तै छ, यस तर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ ।’ यो तालिमले आफूलार्ई निकै ठुलो सहयोग गरेको उहाँ बताउनुहुन्छ । रार्ईको अहिले ४१ वटा बाख्राहरु रहेको पनि बताउनु भयो । यस्तै तालिममा सहभागी अर्का स्थानीय कृषक पदम हिङमाङ यो तालिमले कृषकहरुलार्ई बाख्रा पालन व्यवसायका सम्बन्धमा थप कुरा सिकाएको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ–‘राज्यले प्रदान गर्ने कृषि ऋण र अनुदान वास्तविक किसानलाई भन्दा सरकारमा रहेका नेताका आसेपासेले कागजी प्रकृया पूरा गरेर खाने गरेको पाइन्छ । यसलाई परिवर्तन नगरी हुन्न ।’ यस्ता कुराहरुबाट आफु असन्तुष्ट रहेको बेला निकै नै लाभदायक तालिम आफ्नै गाउँठाउमा सञ्चालन हुँदा भित्रैदेखि आफू निकै खुशी भएको उहाँले बताउनुभयो । 

प्रशिक्षण तालिमको सहजिकरण बिराटनगरबाट आउनुभएका फडिन्द्र प्रसाद  तिमिल्सिनाले गर्नुभएको थियो ।

योजना अनुगमनको सिलसिलामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई पनि जेष्ठ ४ गते तालिम स्थलमा आएर अवलोकन गर्नुभएको वडाध्यक्ष चौलागाईले बताउनुभयो । उहाँले अवलोकनकै सिलसिलामा कृषकहितका अन्य आधारभूत तालिमहरु आगामी दिन पनि नगरपालिकाका तर्फबाट राखिने प्रतिवद्धता व्यक्त गर्नुभएको जनाइएको छ । 
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सो क्षेत्रको...

हलेसीन्युजडेस्क, खोटाङ / साइनो कला केन्द्र खोटाङले हरेक शुक्रवार साँझमा सांगीतिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

Horoscopes Icon

All Horoscopes