सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १३, २०८०, Khotang

Image

खोटाङमा मानव अधिकार आयोगको स्थापना दिवस मनाइयो

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा मानव अधिकारको अवस्था सामान्य रहेको 

 

हलेसीन्युजडेस्क, खोटाङ /

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा खोटाङले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिकोत्सव तथा २४ औं स्थापना दिवस मनाएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी शाखा खोटाङले आज (जेष्ठ १३ गते) बिहान ८ बजे देखि १० बजे सम्म  शुभकामना आदान प्रदानका साथ आफ्नो कार्यक्षेत्र भित्रका मानव अधिकारको अवस्थामा अन्तरकृया गरेर वार्षिकोत्सव तथा स्थापना दिवस मनार्ईएको हो । 

राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख एवं उपसचिब गीता कुमारी दाहालको अध्यक्षता तथा  संविधान सभा सदस्य एवं पूर्व प्रतिनिधि सभा  सदस्य .बिशाल भट्टरार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आयोगको कोशी प्रदेश शाखाको क्षेत्राधिकार भित्र रहेका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको चालु  आर्थिक वर्षको मानव अधिकार अवस्थामाथि पनि छलफल गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ स्थापना दिवस मनाइरहँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु तीन जिल्लाको मानव अधिकार अवस्था समान्य रहेको मानव अधिकार खोटाङले जनाएको छ । सो अवसरमा मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा तीनै जिल्लाका मानव अधिकारको अवस्था सामान्य रहेको उल्लेख गरिएको छ  । तीनै जिल्लाका स्थानीय तहहरूबाट विशेषतः आर्थिक र सामाजिक अधिकार प्रचलन हुने गरी योजना बनाउने र कार्यान्वयन गर्ने कार्य भईरहेको उपसचिब तथा राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख गीता कुमारी दाहालले बताउनु भएको छ । 

उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको लागि परिचयपत्र, सहयोगी सामग्री तथा निर्वाह भत्ता वितरण कार्य हुँदै आएको, किसानहरूलाई कृषि सामाग्री, किटनाषक औषधि, हाते ट्याक्टर वितरण गरेको, किसान पेन्सन कार्यक्रम घोषणा गर्ने लगायतका कार्यहरू भएको, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु, बिपन्न बर्ग र आदिवासी जनजाति लक्षित कार्यक्रमहरू निर्माण भई कार्यान्वयनमा रहेको, बालिका बचत कार्यक्रमको शुरूवात भएको, वालपोषण प्रवर्द्धन सहित दिवा खाजा र टिफिन क्यारी वितरण भएको, ज्येष्ठ नागरिक सहित लक्षित समुदाय केन्द्रित बजेट विनियोजन हुँदै आएको, छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यले निरन्तरता पार्ईरहेका, न्यायालयहरूमा उजूरीहरूको फर्छ्योट अवस्था सन्तोषजनक रहेको, राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्लाभित्र सुत्केरी गराउन असम्भव भएका महिलाहरूको उद्धार जारी रहेको, जिल्ला प्रहरी कार्यालयका हिरासतको भौतिक संरचना सूधार भएको, महिला, बालबालिका, भेदभाव र छुवाछुत विरुद्धको जनचेतना वृद्धि भइरहेको, पालिकाहरूले आवश्यक ऐन, नियम, कार्यविधि तयार गरी कार्यान्वयनमा आएको, वैदेशिक रोजगारमा गएर फर्किएका नागरिकहरूले स्थानीय तह समेतको सहयोगमा पेशा व्यवसाय शुरूवात गरेको, नेपाल सरकारको मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्य योजना अनुरुप तिनै जिल्लाका केही पालिकाहरुमा स्थानीय तह समन्वय समिति गठन भएको दाहालले उल्लेख गर्नुभयो ।

मानव अधिकारका कतिपय पक्षहरूमा सूधारको खाँचो रहेको पनि उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बर्ष महिला हिंसा विरुद्धका बलात्कार, जबरजस्ती करणी, यौन दुर्व्यवहारका घटनाहरु बढिरहेका छन् । शिक्षण संस्थाहरुमा शिक्षक संस्थापकबाटनै बालबालिकाहरु यौनहिंसामा परेको घटनाहरु समेत आईरहेका छन् । चालु आवको बैशाखसम्म खोटाङमा २, ओखलढुंगामा ७ र सोलुखुम्बुमा २ वटा वालयौन दुरुपयोग विरुद्धका मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयहरुका तथ्यांकमा देखिएको छ । 

खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तीनैवटा जिल्लाहरुमा बिगतका बर्षहरुमा झैं यस बर्ष पनि आत्महत्याको दर बढ्दो क्रममा रहेको प्रहरीको तथ्यांकमा देखिएको छ । यसको न्यूनिकरणका लागि हाल कुनै निकायबाट प्रभावकारी पहल र प्रयास नभएको प्रतिवेदनमा उल्लेख छ । खोटाङमा विभिन्न मितिमा तीन जना महिलाको रहस्यमय तरिकाबाट भएको हत्याको घटना सम्बन्धमा अनुसन्धान जारी रहेपनि दोषी पत्ता लाग्न सकेको छैन । अहिले पनि कतिपय नागरिकहरू नागरिकता प्राप्तिको लागि याचना गरिरहेका तर्फ प्रतिवेदनमा संकेत गरिएको छ । तीनै जिल्लाका कारागारहरुको भौतिक संरचना सुधार हुन नसकेको तर्फ पनि इंगित गरिएको छ । कारागारहरूमा क्षमता भन्दा बढी कैदीबन्दीहरू रहनु पर्ने अवस्था कायमनै रहेको तर्फ सरोकारवालाकोे ध्यानाकर्षण गरिएको छ  ।

कार्यक्रममा  अन्य अतिथिहरु  संविधानसभा सदस्य दुर्गाजयन्ती रार्ई, पूर्व प्रतिनिधि सभा सदस्य कुलप्रसाद फुयल, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ई, उपप्रमुख सुरेश तामाङ, जिल्ला समन्वय समितिका पूर्व प्रमुख बवि चाम्लिङ , पूर्व उपप्रमुख गोमादेवी खत्री, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई,  उपप्रमुख विसन रार्ई, जिल्ला अदालत खोटाङका न्यायाधिस शुभाषबाबु पुरी, प्रमुख जिल्ला अधिकरी सुर्यप्रसाद सेडाई, नेपाली कांग्रेशका महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आर्चाय, नेकपा एमालेका सचिब कुमार आचार्य, नेकपा माओबाद केन्द्रका अध्यक्ष दिपक पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राजकुमार रार्ई, नेकपा  एकिकृत समाजबादीका अध्यक्ष जलशेर रार्ई एवं सम्पूर्ण कार्यालयका प्रमुख कार्मचारी सुरक्षा निकायका प्रमुखहरु उपस्थित रहनु भएको थियो ।


 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा डढेलोका कारण एक वृद्धको ज्यान गएको छ...

हलेसीन्युजडेस्क,खोटाङ / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी...

हलेसीन्युजडेस्क, खोटाङ कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति...

Horoscopes Icon

All Horoscopes