श्रावण १३, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकास्थित ऐतिहासिक तथा धार्मिकस्थल मझुवागढी–कालिका देविस्थानलाई ‘फूलै फूलको पहाड’ बनाउने अभियानलाई निरन्तरता दिइएको छ । सोही अभियान अन्तर्गत आज पनि दिक्तेल हाटडाँडा देखि देविस्थान-मझुवागढी जाने सिँढी दाया वायाँ ३/३ मिटर दूरिमा बिभिन्न प्रजातिका फूलका बिरुवाहरु रोपिएका छन् ।
ठूलो उर्जा र उत्साहका साथ ‘फूलै फूलको पहाड’ बनाउने अभियान अन्तर्गत आज गुलाब, बेली, चमेली, सयपत्री, लालुपातेलगायतका विभिन्न प्रजातिका १५ हजार फूलका बिरुवाहरु रोपिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि प्रशिद्ध धार्मिक स्थल कालिका भगवती देविस्थान हुदै ऐतिहासिक थलो मझुवागढी पुगिन्छ । तिर्थालु भक्तजनहरुका साथै अन्य व्यक्तिहरु कालिका भगवती मन्दिर तथा मझुवागढी पैदल जानका लागि बनाइएको सिँढीको आसपास खाली भूभागमा फूलै फूल रोपेर सो क्षेत्र सदावहार आकर्षक गन्तव्यस्थलका रुपमा प्रवर्द्धन गर्ने परिकल्पना अनुसार सो क्षेत्रमा फूलहरुका बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिइदै आएको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराइ बताउनुहुन्छ ।
‘
‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक तथा ऐतिहासिक ठाउँमा स्वभाविक रुपमा मानिसहरु आकर्षित हुनेगर्छन् । यहाँ तीनवटै चिज एकै ठाउँमा भएको कारण यो क्षेत्र भविष्यमा पर्यटकहरुको आकर्षक गन्तव्यस्थल हुने कुरामा हामी विश्वस्त छौँ ।’ नगर प्रमुख भट्टरार्ईको दावी छ ।
यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन रहेको छ । यस क्षेत्रलार्ई फूलै फूलको बगैंचाका रुपमा प्रवद्र्धन गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्ने र नगरपालिकालाइ समेत फार्ईदा हुने नगरप्रमुखको बुझार्ई रहेको छ ।
मझुवागढीको थुम्कोबाट टाढा टाढा सम्म दृष्यावलोकन गर्न सकिने, वरिपरि हरियाली जंगल, प्रशिद्ध कालिका देविस्थान र विभिन्न धार्मिक गुफाहरुको दर्शन अवलोकन गर्दैे अपार आध्यात्मिक आनन्दको अनुभव पाइने, विध्यार्थीहरुका लागि अध्ययन भ्रमणका लागि समेत उपयुक्त परिवेशका कारण तुलनात्मक रुपमा पहिले भन्दा वढी नै आजकाल मानिसहरु यहाँ घुम्न पुग्ने गरेका छन् । फूलका हजारौ विरुवाहरु रोपेर त्यसको कडाइका साथ संरक्षण गर्दै यो क्षेत्रलाई थप शौन्दर्यकरण गराएर पर्यटकहरुको आकर्षक गन्तव्यस्थल बनाउने महत्वाकांक्षी परियोजनामा नगरपालिका अगाडि बढिरहेको छ ।
आज भएको वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई,उपप्रमुख विसन राई, नि. प्रजिअ पवित्रप्रकाश शाह, सशस्त्र प्रहरी वल हलेसी गुल्म दिक्तेल खोटाङका प्रमुख प्रनाउ कृष्ण बम, वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिर, वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं. ३ वाम्राङका वडाध्यक्ष महेन्द्र रार्ई, वडा नं. ९ निर्मलिडाँडाका वडाध्यक्ष दिनेश कठायात, वडा नं. १२ जाल्पाका वडाध्यक्ष दानबहादुर रार्ई, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन प्रसाद आचार्य तथा सचिव विनोद खड्का, सुभम फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई, दिक्तेल सामाजिक गुठीका अध्यक्ष राजन शैजु, वडा नं. ५ लफ्याङका वडा सदस्य गोविन्द कटुवाल, देविस्थान सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष प्रेम कटुवाल, नेत्रज्योति सघंका अध्यक्ष र्ईन्द्र कसजु, हाटडाँडा टोलविकास समिति लगायत संघ÷ संस्था , समाजसेवी , बुद्धिजिवी एवं सम्पुर्ण नगरपालिकाका कर्मचारीहरु समेत करिब २५० जनाको उपस्थित रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २६ / देशव्यापी रूपमा Gen-Z समूहले सञ्चालन...
हलेसीन्युजडेस्क, खोटाङ/ भदौ २४ / सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २२ / खोटाङ जिल्लामा पहिलो पटक जिल्लास्तरीय...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र २० / काठमाण्डुस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १९/ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान