सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र २५, २०८०, Khotang

Image

दुधकोशी जलाशययुक्त जलविध्युत आयोजना परामर्श बैठक सम्पन्न

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा दुधकोशी जलशाययुक्त जलविध्युत आयोजना परामर्श बैठक सम्पन्न भएको छ । दुधकोशी जलविध्युत आयोजना तथा हलेसीतुवाचुङ नगरपालिकाको आयोजनामा स्थानीय होलेसुङ रिसोर्टमा शनिवार ओखलढुङ्गा र खोटाङका प्रतिनिधि सभा तथा प्रदेश सभाका साँसदहरु, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखहरु, आयोजना प्रभावित क्षेत्रका पालिका प्रमुख/उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहहरु, एशियाली विकास बैँकका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको उपस्थितिमा दुधकोशी जलाययुक्त जलविध्युत  आयोजना परामर्श बैठक सम्पन्न भएको हो ।

                                                                                          

छलफलका क्रममा ६३५ मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविध्युत आयोजना माथिल्लो सगरमाथा अन्तर्गत तीन जिल्लाका जनता र सिंगो मुलुकका लागि लाभ दिने आयोजना भएकोले यसको कार्यान्वयनमा सबैले चासो दिनुपर्ने र सरकारलाई घच्घच्याउनु पर्नेमा सबैको जोड थियो ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यो आयोजनालाई सफल बनाउन छिटो भन्दा छिटो मुआवजाको काम सम्पन्न गर्नुपर्ने बताउदै यसलाई बिगार्ने काममा पनि कोही लागेको हुनसक्ने हुँदा त्यस्ता तत्वलाई पहिचान गर्दैै कामलाई अगाडि बढाउन सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘काठमाडौं पुग्नेवितिकै प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीसँग हामी ३ जिल्लाका माननीयहरू मुआव्जाको लागि भेटेर अगाडि बढाउन पहल गर्ने छौँ । आजबाट दुधकोशी आयोजनाको आइसव्रेक भएको शन्देस दिनसक्नुपर्छ ।’

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविध्युत आयोजनाको कामलाई अगाडि बढाउन मुआवजा दिने सम्बन्धमा केही जटिलताका कारण हालसम्म काम अगाडि बढ्न विलम्व भएको बताइन्छ ।

लामीडाँडाको रभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विध्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ । मुख्य विध्युतगृहबाट ६०० र ड्याममै बनाइने विध्युतगृहबाट ३५ मेगावाट जलविध्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेकोे छ । भ्याटसहित करिब २.२ विलियन यूएस डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जल पर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ ।

जलविध्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ बर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ बर्ग मिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ बर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बुका १४ धुरी गरी कुल १ हजार १५० घर धुरी डुवानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिबेदनमा देखिएको छ । पूर्ण प्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बुका २ घर पूर्णरुपमा डुवानमा पर्ने नेपाल विध्युत प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिबेदनमा भनिएको छ ।  

यो आयोजनाको स्थलगत निरिक्षण गर्न पूर्व राष्ट्रपति विध्यादेवि भण्डारी, पूर्व उर्जामन्त्रि तथा वर्तमान अर्थमन्त्रि वर्षमान पुन लगायत दुधकोशी जलाशययुक्त क्षेत्रमा आइसक्नुभएको छ ।
 

खोटाङमा आज पनि डढेलोको कारण वस्तिका दुई घर जलेर नष्ट...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी घर भई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रदेश सरकार, करुणा...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा विध्यालयको समग्र शैक्षिक गुणस्तर...

हलेसीन्युजडेस्क, खोटाङ / सुख्खा मौसम र लामो खडेरीका कारण जताततै डढेलो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेलमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद,...

Horoscopes Icon

All Horoscopes