सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

आश्वीन ८, २०८०, Diktelrupakotmajhuwagadi

Image

गाडी पार्कीङका लागि दुवै वसपार्कहरुको अनुगमन

 

हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि निर्माण गरिएका दुवै वसपार्कहरुको अवस्था अध्ययन र अनुगमन गरिएको छ । लामो तथा छोटा दुरिमा यातायात सेवा दिदै आइरहेका वस र जिपहरु वजारमा अव्यवस्थित रुपमा पार्किङ गरिदै आएकोमा त्यसबाट वजार क्षेत्र थप अव्यवस्थित र जोखिमपूर्ण बन्दै गएको जनगुनासोवीच गाडीहरुको स्थायी पार्किङका लागि वजारछेउ निर्माण गरिएका दुवै वसपार्कहरुको अवस्था बुझ्न आज  अनुगमन गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोलमास्थित मध्यपहाडी लोकमार्गकै छेउमा  स्थानीयहरुबाट निःशुल्क प्रदान गरिएको १९ रोपनी जमिनमा पार्किङका लागि तयारी अवस्थामा एउटा वसपार्क छ भने वडा नं. १ आचार्यटोलमा स्थानीयवासीहरुबाट निःशुल्क उपलव्ध १४ रोपनी जमिनमा अर्को वसपार्क निर्माण गरिएको छ । तर हालसम्म ती वसपार्कहरु प्रयोगमा नआइहेको कारण जग्गादाताहरु असन्तुष्ट बन्दै गैरहेका छन् । केहीदिन अगाडी आचार्यटोलका वासिन्दाहरु वसपार्क प्रयोगमा ल्याउन नगरपालिकामा डेलिगेशन आएका थिए ।

गत अशोज २ गते जिल्ला प्रशासनमा सर्वदलीय÷सर्वपक्षीय बैठकबाट दुवै वसपार्कमा गाडीहरु पार्किङ गर्ने निर्णय भएपछि आज वसपार्कको अवस्था बुझ्न नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई समेतको एक टोलिले दुवै वसपार्क र त्यहाँसम्मको सडकको अनुगमन गरेको छ ।

अनुगमन टोलिमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगर उपप्रमुख वीसन राई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाऊ पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रनाऊ कृष्णबहादुर बम, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादीका विनोद आचार्य, वडा नं.१ का वडाध्यक्ष नवराज राई, वडा नं.२ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, वडा नं.३ का वडाध्यक्ष  महेन्द्र राई, वडा नं.१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, वडा नं.१२ जाल्पाका वडाध्यक्ष दानबहादुर राई, शुभम फाउण्डेशनका निर्देशक सूर्यबहादुर राई, यातायात व्यवसायी लगायतको टोलिले वसपार्कको आनुगमन गर्दा आचार्य टोल वसपार्कमा जाने सडकका लागि केही ठाउँ मर्मत गरिनु पर्ने जनाएको छ । सो स्थानहरुमा ढुङ्गाको रोडा विच्छउनु पर्ने भएकोले यसको व्यवस्था गरिहाल्ने नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘तत्काल ती दुवै वसपार्कमा गाडीहरु पार्कीङ गर्ने व्यवस्था हुनेछ । लामो दुरिका गाडीहरु आचार्यटोलमा र जिल्लाभित्र सञ्चालन हुने गाडीहरु सोल्मास्थित वसर्पामा पार्कीङ हुनेछन् ।’
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes